यदि बिस्वाश थिएन भने मैले तिमीलाई स्वतन्त्र आजाद उड्ने प्रेरणा दिने थिईन होला,
यति बिस्वाश गर्दै गर्दा तिमीले मेरो बिस्वाशको मान राखिदिन नसक्नु पक्कै तिम्रो कम्जोरी हो!!!
टाउनहल प्ल्याटफर्म २, समय साझको ७ बजेर ५ भएको थियो, म बरवुडको लागि ट्रेन कुर्दै थिएं, अझै ४ मिनेट कुर्नु थियो ट्रेनको निम्ति।
मोबाइलमा इयरफोन सधै नै जोडिराखेको हुन्छ र त्यो इयरफोन कानमा।
ट्रेन रोकिसक्नु भन्दा अगाडि नै नजर लगाएं कता चै खालि छ? "आज त अचम्मै भयो" कति खालि हौ ट्रेन पनि, म सोचि सक्दा नसक्दा म ढोकै अगाडि भए पनि उत्रिने मान्छेहरुलाई बाटो छोड्दिदै थिंए हुरुरु मान्छेहरु छिरिसकेका थिए। म पनि बिस्तारै उक्लिएं। अन्तिम डब्बाको पछाडिबाट भर्याङ्ग उक्लिए अगाडि सम्मै हेरें लग्भग सबै प्याक नै थिए, "आ यहिं बस्छु" भनेर लास्ट कै सिटमा बसें। मैले ख्याल नगरि कनै बसें।एक युवति थिईन कुना पट्टि म वास्तै नगरि बसें छेउ तिर। ब्याग खोलेर त्यि युवति र मेरो बिचको सिटमा राखें। यत्तिकै मा उनले साईडबाट अगाडि झुक्दा फुकेर अनुहार छपक्कै छोपिएका केश हातले समेट्दै कानमा लगेर राख्दै पुलुक्क मलाई हेरिन्। "म खै किन अत्तालिएं? " मलाई मनमनै लाज्ञ्ो म बेक्कार यहा बसेछु कारण थियो उनि नेपाली नै थिईन। अस्ट्रेलिया आको भर्खर केहि महिना कट्दै थियो म मा आत्मबिश्वास पटक्कै पलाएको थिएन। साईडको सिट मा अरु जुन सुकै देशको नागरिक भए पनि नेपाली चै नपरे हुन्थ्यो जस्तो लाग्थ्यो र लाग्छ।
उ आफ्नै तालमा फोन चलाउदै ब्यस्त थि। म उ तिर फर्कने नि सामर्थ्य थिएन। सायद रातिको कामले थाकेको शरिर अनि त्यहि थकित शरिर र डार्क सर्कल परेका आखा जो कलेज मै मुस्किलले २ घन्टा बिस्राम लिन पाएका थिए।
अगि बिचमा एउटा कुन गित बज्यो पत्तो नि पाईन तर त्यस लगतै पछि, दिल क्यु ए मेरा स्वर करे, बज्दै थियो। हल्का ब्याग तर्फ टाउको अड्याएर लोलाएका आखालाई फेरि बिस्राम दिने सोच्दै थिए, फेरि हैन अलार्म नराखि चै हुन्न फेरि भुस भैयो भने त सब चौपट हुन्छ। उम्म चौपट नै हुन्छ नि फेरि बल्ल आको दुई महिना पछि अरुको चाकरी गरि गरि पाएको एउटा क्लिनिङ्ग्को काम। त्यहि पनि जान पाईएन वा भ्याईएन अझ भनम जान ढिला भो भने मुखमा माड कसरी लगाउने?
७ः२७ मा बरवुड स्टेसन पुगिन्छ सो २५ को अलार्म राख्दा ठिकै हुन्छ होला। मन मनै सोच्दै थिए। त्यतिकै मा निदाएछु ।
"एक्सक्युज मि!!! "
कानमा ठिक्कियो म ब्युझिएं। हस्याङ्ग्फस्याङ्ग गर्दै ,
"ओह्ह आई एम सरि" भन्दै आफु उठेर उनलाई बाटो छोडिदिएं। उनि तल उत्रिए पछि मैले झ्यालबाट एस्सो हेरेको फ्लेमिङ्ग्टन पुगिसकेको रहेछु।
दिक्क लाज्ञ्ो न उत्रिनु न के गर्नु म केहि सोच्नै सकिन्। लिडकम बाट क्याम्सिको ट्रेन हेरें, धन्न दुइ मिनेट वैटिङ्ग टाईम रहेछ।
लिडकम बाट ट्रेन चेञ्ज गरिसके पछि त्यि युवतिको सुन्दर मुहारको झल्को आयो। "एक्सक्युज मी" त्यो शब्दोउच्चारण गर्दाका उनका मुहारमा देखिएको एक किसिमको घबराहटको झल्को पो आउन थाल्यो। आदा घन्टा ट्राभेल टाईम भएर यता चै अलार्म राखेरै ढल्किन खोजे, युट्युबबाट बज्दै गरेको हिन्दि रोम्यान्टिक नम्बर गल्लिया तेरि गलिया मा पुगेको थियो। यहा मलाई उनको मुहार मत्रै आईरहेको थियो खै कस्तो अचम्म के र किन यस्तो भैरखेको थियो मैले बुझ्न सकिरहेको थिईन, सायद कहि कतै ग्लानिले? केले ? अस्मान्डु ग्रुप खोले फेसबुक र प्रत्येक पोस्टमा आउने लाई र रियाक्ट हेर्न थालें न त्यहि मुहार कहि कतै देखि हालिन्छ कि? भन्ने एउटा झिनो आशामा ।
घर पुगें, कोहि पनि रहेनछ घरमा, फ्रिज खोलें, खासै खाईहाल्ने केहि देखिन। लुगा चेञ्ज गरे, एउटा स्वाउ बोके र निस्किएं कामका निम्ति। बाटोमा के एफ सि पर्थ्यो, सोचे एउटा जिञ्जर बक्स लिन्छु। लिएर ट्रेनमा खांदै गए। काम, फेरि दुइ दिन लगातार काम थियो खासै धेरै सोचाई आएन। पर्सिपल्ट अर्थात सुक्रबार मेरो बिदा थियो।
कहि कतै देखि हालिन्छ कि भन्ने आशयमा थिएं। कलेज थिएन, काम थिएन, तर पनि टाउनहल गएं। डुल्दै थिएं। घडि हेरें लग्भग उस्तै टाईम भएको रहेछ। ७-११ को $१ को कफि हातमा गाढा निलो लिभाइसको प्यान्ट, नया ज्याकेट अनि रिबकको जुत्ता, आज उनलाई कहि कतै देखियो भने अस्ति भेटेको मान्छे हो र? भन्ने होस भन्ने सम्म सोचेर हिंडेर्को थें। तर यसको कुनै अर्थै थिएन, प्रत्येक दिन हजारौं नया अपरिचित अनुहार देखिन्छ र कसलाई कुन अनुहार सङ्ग नै मत्लब हुन्छ र? कि त म जस्तै पागल हुनु पर्यो। आफैले आफैलाई पागल भन्दा पनि मुसुक्क मुस्कुराईरहेको थिएं।
क्याम्सि जान हिंडेको मान्छे म, उहि समय उहि प्ल्याटफर्ममा फेरि बर्वुडको निम्ति ट्रेन कुर्दै थिएं। उहि त हो, एउटा झिनो भन्दा पनि झिनो आशा बोकेर कि अस्तिको त्यो सुन्दर मुहार कहिं कतै देखि पो हाल्छु कि भनेर। ट्रेन आयो , चढें पनि, त्यस दिन ट्रेन अझै भिड थियो, तर पनि खालि खाली खल्लो खल्लो लाग्दै थियो।
फेरि आफैलाई भन्द्दै थिएं, ह्या कत्ति न पुर्व जन्ममा बिछोडिएको प्रेमिका जस्तो, म किन यस्तो भएको। फेरि एकपटक हेरेरै मन पर्नु त्यो त सिर्फ आकर्शण हो ।
आज बेलुका घरमा बसेको सथिहरु र घरको दाईभौजु एडि ज किचेन जाने भन्नु भएको थियो खै के लहलहैमा लागेर म यसै यतिञ्जेलसम्म पनि बाहिर छु। फेरि सोच घर गएर चिरिच्याटट बनि राख्नु पर्दैन क्यारे, कसैको बिहे ब्रतबन्ध , बिहे पार्टिमा जान लागेको हैन क्यारे।
म लिडकम्ब कै बाटो भएर घर जाने भएं। आखिर घरबाट सबै एडिज किचेन नै आउदै छन क्यारे।
ट्रेन चेञ्ज गरें। क्याम्सि पुगें। हामी सबैले भेट्ने भनेको टाईम भन्दा आधा घण्टा जति चाँडै भएछु, त्यहि भएर म क्याम्सि पार्कमा गएं, एउटा साईडको बेन्च खालि रहेछ त्यहि बसेर हेरिरहे ससाना नातिनातिनाहरु खेलाईरहनु भएका बा आमा, केहि दाई दिदिहरु पनि हुनुन्थ्यो। एकजना बा हुनुन्थ्यो अन्दाजी ७१ बर्षको उहां आफ्नो नातिलाई खेलाउदै हुनुन्थ्यो।
बाः बाबु यहाँ आउ, ह्यां हेर त म सङ्ग के छ्? " भन्दै नातिको पछि पछि कुद्दै हुनुहुन्थ्यो।
नाति चैं एउटा४-५ बर्षको नानीले चलाएको साईकललाई पिछा गर्दै थियो।
मन प्रफुल्लित भयो। ओठमा मुस्कान त छ दै छ, मनमा पनि प्रशस्त खुसि अटेसमटेस भयो। रमाईलो लाज्ञ्ो।
म भने चुप्चाप सङ्गले आफ्नो मोईबाइल चलाएको झै अभिनय गरि नै रहें।
यसै बिच एकजना बुबाले भन्नु भयो, थापा जी पर्सि नेपाल जादै हुनुहुंदो रहेछ, भोलि हामी बिदाई कार्यक्रम राखौलां।
समय रमाईलो चलिरहेको थियो। मलाई लाग्दै थियो, म बेक्कार सिटि गएर समय खेर गयो, यदि त्यो टाईम यता आएर बसेको भए कम्तिमा आमाबुबाको झल्को त मेटिनि रहेछ। यतिकै मा फोन आयो उठाईन । कल रबिनको थियो । मलाई यहाको माहोल बिगार्नु थिएन, त्यो भएर नि फोन नउठाएको हु। फेरि फोन आएपछि सुटुक्क निस्के, भोली पनि आउनुपर्ला टाईम मिल्यो भने। आफैलाई भन्दै थिएं।
केटाहरु घरबाट निस्किन लागेका रहेछन। त्यहि भएर फोन गरेको अरे, म त पहिल्यै रेडि थिएं। ३ मिनेट मै कुदेर पुग्थें। केटाहरुलाई भने, म यहि अगाडि छु, तिमीहरु आउदै गर। बिस्तारै हिंडे, एडिज किचेन तिर। अघि पार्क जानु अघिको म र पार्कबाट फर्किदाको म मा मैले धेरै अन्तर भेटिरहेको थिएं। एउटा किसिमको पोसिटिभिटिले मन तरङ्गित थियो।
खासै धेरै कन्फिडेन्स भएको मान्छे हैन म तर पनि छिरें। रिसेप्सनमा कुरा गरें ५ जनाको लागि बुकिङ्ग गरे। घरबाट दाई भाउजु अनि साथीहरु यसरी रेस्टुरेन्ट आएको पहिलो पटक थियो। एक्छिनमा आईपुगे हाम्रा ज्ञ्ाङ्ग बाट सबै। बफेट डिनर गर्यौ, मःमः , चाऊमिन, दाल भात तरकारी चिकेन मटन जे जे खाए पनि जति खाए पनि २५$ । खाएर हामी गफ गरिरहेका थियौं। माथीको हलमा कसैको बर्थडे सिलिब्रेट भैरहेको रहेछ। ह्याप्पी बर्थडे टु यु, ह्यापि बर्थडै टु यु, ह्यापी बर्थडे टु डियर सिसम, ह्यापी बर्थडे टु यु। हामी गफगाफ गर्दै थियौं। राजु दाईको कामको साथीहरुनि आउनु भएको ओरहेछन एकैछिन ति दाई दिदिहरुसङ्ग नि गफगाफ भयो, वासरुम जान मनलाज्ञ्ो। ठ्याक्कै धोकाबाट छिर्ने बेलामा खुरुर्र वासरुमबाट निस्केर भर्याङ्ग तर्फ अघि बढ्ने ति मान्छे अरु कोहि नभएर तिन दिन अगाडि ट्रेनमा भेटेको उहि थीइन। ब्ल्याक कलरको वानपिस, कपाल जुरो बानेर एउटा क्राव्न लगाएकि, अनुहार धपक्कै बलेकि उनि, उनि नै थीइन। मुटु ढक्क फुल्यो, थोरै वेचैनि छायो। अघि सम्म घर गैहालौं जस्तो भैरहेको म, एक्छिन बसुम्, अनि उनलाई फेरि एक झलक हेरुम झै लागिरहेको थियो। उनी भलै, स्रिङ्गारले धपक्कै बलेकि थीइन, मेरो मन मस्तिष्कमा भने उनको सुन्दर सादा अनुहार नै बसिरहेको थियो ।
हामी एकैछिनमा निस्कियौं त्यहाबाट। बिहानै काम थियो दाईहरुको, अनि खासै बसिरहनु पर्ने पनि थिएन । मनमा झन धेरै खुल्दुलि बढ्न थाल्यो, तर म खुसी थिए आजको दिनको रमाईलो नि छुट्टै लाग्दै थियो।
फेरि दैनिक दिन्चर्या समान्यमा फर्किदै थियो। त्यो उत्साह थोरै कम हुंदै थियो, काम , काम, कलेज अनि घर यि मा ब्यस्त रहि रहंदा चै खुल्दुलि हुन्थ्यो। प्राय कलेजबाट घर फर्कदां ट्रेन कुर्ने समयमा पनि न देखि हालिन्छ कि त्यो अनुहार भन्ने एउटा सानो आशाले चै कहिल्यै छोडेन। म फुर्सदमा पार्क बढि धाउन थालेको थिए। पार्क जदा छुट्टै उर्जा मिल्थ्यो, पार्क मै गएर केहि थान कबिता नि लेखेको थिए । बा आमाहरुसङ्ग बोलचाल नभए पनि मलाई प्रष्ट चिन्न थालिसक्नु भएको थियो। एक दिन पार्कमै जादा भेटें शान्तिनगर म बसेको घर नजिकै बस्नु भएको अङ्कल। उहांहरु आउनु भएको पनि ५=७ दिन भएको रहेछ। सुरुमा दुइ चार दिन सिटि तिर घुम्नु भएछ। फेरि च्ढेर म्यान्ली तिर नि घुम्नु भएछ।
समग्रमा म व हामी नया आएर जति घुम्छौ त्यति चै घुमि सक्नु भएछ। धेरै पछि उहालाई देख्दा खुशि लाज्ञ्ो। एक्छिन कुराकानि भयो भलाकुसारी भयो। पहिला उहाहरुको छिमेकि बनेर बस्दाका बेलाका धेरै कुरा भए, यहाका भन्दा। उहाहरु, दिदिको ग्राडुएसनको लागि आउनु भएको रहेछ। बा आमाका लागि आफ्नो सन्तानले इन्टरनेशनल डिग्रि लिएर ग्रडुएट हुनेबेलामा बा आमा त्यस दिक्षान्त समारोहमा सरिक हुन पाउनु कतिको गौरबको कुरा होला।
उहाहरुलाई घरमा खाना खान बोलाउन मनलागिरहेको थियो तर घरमा त्यो सहजताको बातावरण थिएन, बाहिर कतै जाम भन्न नि त्यति सजिलो नहोला। बरु पार्क मै भेट्थें। कहिले कसो।
बिहिबारको दिन थियो, उहाँहरुको अ अत्मियताका कारणले त्यहा उपस्थित हुने धेरै जना बा आमाहरु सङ्ग चिनजान भैसकेकि थियो। कहिले काहि म नि त्यहि हुल मा सामिल भैदिन्थें।
शनिबार को दिन खाना खान बोलाउनु भयो उहांहरुले, कामबाट हतार हतार घर आएर, फ्रेश भए अनि निस्किहालें।
अङ्कलको नम्बर थियो मसङ्ग तर घरको एड्रेस पहिल्यै मसङ्ग थियो, यसर्थ पनि मैले फोन गरिन। म सोझै हिडें त्यो एड्रेसमा, लग्भग १८ मिनेट वाक देखायो, स्टेसनबाट १० मिनेट उता रहेछ। केइ भएन खासै हतारै पनि भएको थिन्। त्यहि भएर पनि हिंडेरै जाम झै लाज्ञ्ो नत्र बसमै जान्थे पनि होला। आनन्दले निस्किए। अचेल गित सेलेक्सन थोरै चेञ्ज भैसकेको थ्यो प्लेलिस्टको। सायद नेपाल आईडल ले गरेर पनि हुन पर्छ। त्यसमै सुनिने धेरै गितहरु मन्पर्थ्यो। हिजो निस्केको एपिसोड त हेने फ्रुसद नि थिएन। एअरफोन लगाएं, न्याभिगेसन पनि अन गरेर हिंडेम। पन्छि फर्केर स्वदेश आउ गेएत गायो अमितले बाटो मै हिड्दा नि रोइदिन मनलागिरहेको थ्यो। गीतको मिठा, शब्द, सङ्गित र स्वर, हरेकलाई राम्रै सङ्ग महशुस गर्न सकेर पनि पनि , चार जनाको पेर्फर्मेन्स सकिसक्दा नसक्दा म घर अगाडि पुगेछु। फेरि एकपटक युनिट नम्बर चेक गरें, कन्फर्म भएपछि डोरबेल बजाएं।
ढोका खुल्यो, म आफ्नै तालमा थिएं। नमस्कार गर्न भनेर जोडेको हात जोडिएकै रह्यो तर ढोका खोल्ने मान्छे मैले कुनै पनि वे मा कल्पनामा समेत सोचेको थीइन। खै के अचम्म भयो। जोडिएको हातलाई सम्मान गर्दै उनले पन हात जोडेर नमस्कार फर्काईन। मुसुक्क मुस्कुराईन पनि म भने मुस्कुराउन बिर्सेको झै भएछु। अङ्कलले भित्रबाट बोलाउनु भयो, ए बाबु, भित्र आउ न!"
तर हर समय म जति दुखि भएर घर पुगे पनि, मेरा तनाब दुख सारा छिनभर मै बिर्साइदिने मेरो परिवारको सबै भन्दा सानो सदस्य हरदम मेरो प्रतिक्षामा रहन्छ। गेट खोल्दा आउने आवाजले नै चिन्छ ऊ। झ्यालको नेट पर्दा भन्दा भित्र पट्टि पलङ्गमा बसेर हेर्छ र जसै भर्याङ्ग चढेर ढोका तर्फ आउछुँ, उ भित्र बाट ढोकामा हान्न थाल्छ सायद भन्दै हो, कति टाइम लगाको ढोका खोल्न?, म ढोका खोलेर भित्र छिर्ने, बित्तिकै उ उफ्रिन्छ, जुत्ता खोलुञ्जेल पनि, उस्लाई कुर्न गारो हुन्छ। जुत्ता खोलेर भित्र छिर्न नपाउदै उस्लाइ बोक्छु। मुखमा चाट्न खोज्छ, उसले मलाइ आइ मिस्सड यु भनेको झै लाग्छ। केहि समय सम्म यता उता चल्छ अनि आखामा नियालेर हेर्छ र म नि उसै गर्छु, लाग्छ, उ बोल्न सक्ने भैदिएको भए, भन्ने थियो। आजको सारा दिन कसरि बितायो उस्ले? सायद भन्ने थियो कि उसलाइ कस्ले जिस्क्यायो झ्यालबाट सायाद भन्ने थियो, मलाइ आज के ल्याइदिनु भो? सायद यो पनि भन्ने थियो आज मलाइ पिसाबले लास्टै च्यापो त्यहि भएर बाथरुमको ढोका मै खुट्टा उचालेर दिए मैले त।
अनि फेरि जब देख्छु दिउस भोक लाग्ला अनि खान्छ भनेर राखि दिएको बिस्कुट देख्छु, जस्तो बिहान छोडेको हुन्छु उस्तै हुन्छ। उसलाइ खानलाई पनि आफु अगाडि नै हुनु पर्ने थोरै अचम्म लाग्छ, र धेरै माया जाग्छ। उस्लाइ बिस्कुट खाउ भन्छु अनि खेल्छ बिस्कुटलाइ यता फाल्दै उता फाल्दै अनि लदिबुडि खेल्दै, उ फेरि बिस्कुट खान थाल्छ। अनि एकैछिन बाहिर निस्कनु पर्यो भने पनि उ बाटो हेरिरहन्छ, कुरि रहन्छ, आए पछि फेरि उस्को खुशिको सिमा रहन्न। जहा बस्छु आजभोलि काखमै बस्नु पर्छ, मैले कैलेकाहि घुर्क्याउछु राख्दिन भनेर उ आफै चढ्छ। यसो त उ पनि घुर्कि देखाउछ कैले काहि जब उस्ले भनेको कुरा पुग्दैन, लामो सुस्केरा हाल्छ , अनि स्वास फेर्दा नि आवज निकाल्छ, बुझे हुन्छ उस्ले केहि भन्न खोज्दै छ। घरि उफ्रिन्छ त घरि नजिकै आएर मुखमा हेरि रहन्छ तर प्राय चै, उस्को टाउकोले मेरो हात उठाउछ र लामो सुस्केरा हाल्छ। सु ग्रनु परे, खाना नपुगे, अनि चकलेटहरु उस्ले देखिराछ र उस्ले पाएन भने। आजभोलि उस्का सारा भाब हरु बुझ्ने भको छु जस्तो लाग्छ र उ पनि सायद बुझ्द छ सारा मेरा भावना मैले उ सङ्ग बाढेका मेरा सम्पुर्ण दुख-सुखका पलहरु, र उ मेरो सारा मर्म एकनास सुनि रहन्छ मानौँ, सबै बुझिराछ र भन्दैछ, "म छु नि साथमा के टेन्सन लिराको?" अनि फेरि उस्लाइ अङ्गाल्छु, सारा दुख बिलिन हुन्छ पल भरमै, अनि आनन्द आउछ।
#पुन्टे
मैले पुन्टेलाई बर्णन गर्दै यी केहि थान शब्दहरु लेखेको पनि आज ५ बर्ष भैसकेछ्। यो दौरानमा धेरै कुरा भए।
२०७४ साल फाल्गुनको पहिलो हप्ता मेरा भाईहरुको ब्रतबन्ध थियो, त्यसै समयमा घर गएपछि मैले पुन्टेलाइ घरमै छोडेर आएं। हुन त त्यस्स्पस्चात काठमाण्डौ बसाई खासै लामो रहेन, लग्भग एक बर्ष ३ महिना जति भयो। पुन्टे मैले जुत्ता लगाउन खोज्ने बित्तिकै सम्हालि नसक्नु हुन्थ्यो, सनो ज्यान १२ केजि को तौललाई पनि जस्तो सुकै मै हु भन्नेको काख बाट पनि फुस्केर म भएको ठाउमा पुगि हाल्थ्यो। ब्याग खोसुला जसरि टोक्थ्यो र रुन थाल्थ्यो। त्यसदिन पनि गाह्रो भयो ।
हामी बसिरहेको घर पनि शुन्य लाग्न थाल्यो, घरबेटि अङ्कल अन्टिले पनि सोधिरहनु हुन्थ्यो र बिना उ घर निकै सुन्सान भएको छ भनि नै रहनु हुन्थ्यो।
मङ्ग्सिरको महिना थियो होला, पुन्टे निकै बिरामी छ, खै के भएर हो पुन्टेको ढाड भन्दा तलको भाग चल्दैन भनेर खबर आयो । कहिले काहि जुका पर्दा नि निकै अररो हुन्थ्यो बेला बेलामा औषधि खुवाउंदा बच्चालाई काखमा रखेर औषधि खुवाउन भन्दा गाह्रो पर्थ्यो। लग्भग हप्ता दिन पछि भाईलाई काममा बिदा मिलाएर पुन्टेलाई लिएर काठमाण्डौ आउन भने। पुन्टेको हालत निकै नाजुक थियो। न केहि खान्थ्यो, न पनि पिउथ्यो, पेट ढाडिएर फुल्दै आइरहेको हुन्थ्यो। बाहिर लिएर गएर सु गर्न राखि दियो, त्यो पनि गर्दैन थियो। म कलेज निस्कनु अगाडि भुइभरि अलिपुराना ब्ल्यान्केट बिच्छ्याएर जान्थे, तै पनि सु गरेहाले पनि ब्ल्यान्केट धुम्ला, तर कार्पेटमा परे धुन मिल्दैन भनेर। एक्दिन्, बाहिर गल्लिमा गएर पिसाब गरेर, अगाडिको दुई खुट्टा मात्रै चल्छ, ज्यानमा शक्ति छैन तर पनि त्यह लुगामा नगरेर गल्लिसम्म पुगेर गरेछ। धेरै दिन देखि नगरेको भएर होला धेरै नै गरेको थियो र निकै गनाई रहेको थियो । तर पनि खुशि थिए। बिबेक भएको र हेपाहा प्रव्रितिको छैन पुन्टे। भुपि भान्दाईको भेटनरी शप मा लगें, त्यो निको हुने सम्भावना निकै न्युन रहेको भन्नु भयो र दाई भन्दा अझै सिनियर डाक्टर को नम्बर दिनु भयो, उहा आएर पनि चेक-अप गरिसके पछि र इञेक्सनहरुको प्रतिक्रिया हेरेको केहि दिन पछि। अब पुन्टेको पछिल्लो भाग चल्ने सम्भावना निकै न्युन छ भन्नु भयो । भाई घर जांदा पुन्टेलाई पनि घर पठाएं। मन थिएन, तर यो समय आफू बसिरहेको घर पनि छोड्नु पर्ने भएको थियो। तर पुन्टेलाई घर पठाउनु सबै भन्दा उत्तम निर्णय ठहरियो। पहिले पहिले खासै वास्ता ब्यास्ता लग्दैन थियो ड्याडिलाई। रामसरको सल्लाह अनुसार मानिसको नसा सम्बधि औसधि डोज अड्कलेर दिन थाल्नु भएछ, जाडो महिना दिउसको घाममा राखेर तेल लगाइ दिने, मालिस गरिदिने गर्न थाल्नु भएछ र क्रमिक सुधार आउन थाल्यो १५-२० दिन पस्चात।
बिस्तारै फेरि पुन पुन्टे पुरानै फर्ममा आयो। साझ बिहान गाउ एक्लै डुल्न थाल्यो, राति सुत्नु अगाडि चै जहिले पनि अल्छि भएर सुतिरहन्थ्यो, सु गर्न हिंड भन्दा निकै अटेरि भएर बस्थ्यो तर ढोका खोलिसकेपछि जान्थ्यो र आउथ्यो। बिहान चै कहिले ढोका खुल्छ र म बाहिर निस्कन पाउछु भनेर बस्थ्यो अघिल्लो दिन राति सु गर्न नगएको बेला। नत्र त जो जहा जति बजे उठोस बसोस वास्ता नगरि सुति रहन्थ्यो। उहि विकेन्डमा केहि न बित्दो हुंदा हामी नै वासरुम गएर आएर ह्या फेरि सुत्छु अझै १-२ घन्टा भने जसरी। सबै कुरा नर्मल थियो। म बाहिर आएं।
डेढ १,५ बर्ष पछि म घर जांदा उस्को माया उस्तै थियो। त कहा गएको थिस यत्रो समय सम्म? मेरो याद आएन भनेर भने जस्तो एकटक सङ्गले आखामा हेरिरहन्थ्यो। यहांबाट रहर लागेर एउटा बेल्ट लगिदिएको थिएं। र काठ्माण्डौ बाट घर जांदा उसका फेब्रेट पेटबोन ॥ बसाई रमाइलो भयो। तर त्यस दौरान नि, पहिले मलाइ पुन्टेले जति पछ्याउथ्यो, त्यो भन्दा धेरै ममीलाई पछ्याउन थालेछ। ममी ड्युटि सकेर घर पुग्दा उसैगरि खुसि हुन्थ्यो जसरी म कलेज बाट घर फर्किदा हुन्थ्यो। फेरि मेरो बिदा सक्काएर फर्कें।
कहिलेकाहि भिडियो कलमा देखिदा बोलाउथे तर उसले वास्ता नगरेको झै गर्थ्यो। या सुन्दैन थियो मेरो बोलि। एक्दिन मैले ड्याडिलाई अन्लाई देखं र कल गरे फेरि काटि हालें। उता बाट भिडियो कल आयो, के छ खबर भने सब ठिक छ भन्नु भयो सुरुमा त बिस्तारै फेरि भन्नु भयो, पुन्टे बिरामी छ, हिजो बाट एक्कासि के भएको हो, निकै गम्भिर अवस्थामा छ बिहान, डाक्टरलाई बोलाएं , इञ्जेक्सन दिएको छ दुइटा अलि समय पछि फेरि फलोअपको लागि आउछु भनेको छ तर आशा निकै न्युन छ भनि भन्थ्यो। पुन्टे निकै सकसमा थियो, ज्यान अररो पारेर टाउको तन्काई रहेको थियो। यत्तिकैमा ड्याडि फोन कतै राखेर पानी लिन जानु भयो र थोरै पानि खुवाईदिनु भयो। एकैछिनमा आखा रशिलो पार्दै सुक्सुकाउंदै पुन्टे गयो भन्नु भयो र फोन राखिदिनु भयो। र आज १३ दिन बितिसकेछ।
आत्मियता, माया प्रेम र भावना, यति धेरै कुरा सिकाएर गयो पुन्टे स्म्रीतिमा सदा अमर रहनेछ।