अन्योलता
के गर्छस त अब #ब्याच्लर्स पनि सक्किन लाज्ञ्ो केहि सोचेको होलास नि? बुबाको प्रश्न थियो।
मलिन स्वरमा मैले भने, खै के गर्ने गर्ने? "
मैले यति भनि रहँदा बुबाको मुहार मलिन भैसकेको थियो। ऐले सम्म कुनै योजना नबनाएको देखेर।
मैले हतपत उहाँको त्यो मलिनता दुर गर्ने उद्देश्यका साथ फेरि थपें, लोकसेवा आयोग भिड्छु।
अनुहारमा अलिकति उज्यालोपना त देखियो तर अझै पनि पुरै दिलदेखि नै खुशि चैं हुनुहुन्न थियो यो पनि आंकलन गर्न सकिन्थ्यो।
बास्तबमा अन्योलताको भुमरीमा झनझन भित्र भित्र भासिंदै थिएं। ब्याच्लर्स पछि कोर्स चेञ्ज गर्ने कि भन्ने अर्को बिशाल निर्णयको योजना रच्दै थिएं म। यसै पनि नेपाल बिकासोन्मुख राष्ट्रहरुको पनि पुछार तिर देखिने राष्ट्र पक्कै पनि मास्टर्समा रुरल डेभेलप्मेन्ट, क्राईसिस म्यानेजमेन्ट केहि पढ्नु पर्छ कि भन्ने मानसिकता बनाईरहेको थिए। फेरि अर्को तिर फाईन्यान्स मेजर बनाएर बि बि ए गरिसके पछि एम बि ए नै गर्नु पो पर्छ कि भन्ने अर्को अन्योल्ता। अनि त्यो भन्दा ठुलो अन्योलता यहिं पढ्ने कि बाहिर अप्लाई गर्ने??
यि कुराहरु बुबा समक्ष राखिरहँदा बुबाको केहि बिचार बारे प्रष्ट हुनुन्छ भन्ने देखिन्थ्यो। उहाँले भन्नु भयो। के पढ्ने भन्ने कुरा तैले सोच्ने बिचार गर्ने कुरा हो।
तर कहाँ पढ्ने भन्ने बारे चै स्पष्ट रहनु फोरेन कन्ट्रि टार्गेट गर्नु पर्छ।
म स्तब्द !!!! राज्नितिक अस्थिरता मात्रै हैन न्यापालिका नै बिभिन्न प्रकरणमा मुछाइन्छ वा मुछिन्छ अनि यहाँ बसेर के गर्ने? न कामको इज्जत छ? दैनिक ज्याला मज्दुरि गरेर १००० कमाउँछन मानिस, तर कोट पाईन्ट लगाएर अफिस जानेले मुस्किलले १५००० कमाउँछ मासिक। भबिष्य सोच्नेबेला भैसक्यो, अझै बच्चा रहिएन। कमाएर आफु बाच्न त मुस्किलले पुग्ने कमाईले भबिष्यको जग उठाउने त परको कुरा नक्सा कोर्न पनि मुस्किल छ अनि बाहिर जानु पर्छ पनि किन नभन्नु होस त बुबाले।
#यात्री