Monday, April 1, 2019

शुन्य शुन्य एक्लो एक्लो, एक यात्री म​ भिडमा रोमलिएको। के छ खबर सोध्लान केहि, म रुंदा दुखि होलान केहि! लाई दुख कै मलम मनको घाउमा उजाडिएको रङ्गमन्च कसरि सजाउ म ?



शुन्य शुन्य एक्लो एक्लो, एक यात्री म​ भिडमा रोमलिएको।




रङ्गिन गुंरास छोडेर आछु, आजभोली म परदेशी भाछु, न हिमाल हासेको देख्न पाछु, न नैआमाको काखमा बस्न पाछु




शुन्य शुन्य एक्लो एक्लो, एक यात्री म​ भिडमा रोमलिएको। नदि बनेर यि आशुका भेल​, मिसिन आइपुगयो समुन्द्रमा हेर​! जल्छ अझै त्यो प्रक्रिति, म पराई प्रक्रितिमा रमाएको देख्दा, म आफैं रुन्छु भित्र​, लाई जो मेरो हैन उसले अङ्गाल्दा
मेरा कल्पनाका ट्रेन​,
कालो मुस्लो उडाउंदै,
छुकछुक छुकछुक आवाज
निकाल्दै
बिस्तारै दौडिन्थे।
ठ्याकै मैले नेपाल भारत सिमामा देखेको 
रक्सौलका ट्रेन जस्तै
खाने, पिउने,
सुस्ताउने, पढ्ने,
युटुब हेर्दै रमाउने,
साथीभाई सङ्ग बात मार्ने,
एक थलो बनेको छ​
मेरो कल्पनाको भन्दा
निकै भिन्न यो ट्रेन​।
समय र ट्रेन
आजभोली मलाई उस्तै लाग्छन्
एकाअपसमा मित लगाएका
मित्ज्यु जस्तै,
किन​?
दुबै पर्खंदैनन कसैका नीम्ति
कति भाग्दौड गर्दा पनि,
फुत्किसकेपछि समात्न असम्भव​।
त्यति मत्रै कहाँ हो र​?
पहिले लाग्थ्यो,
समयले धेरै कुरा सिकाउछ​,
जबजब म यात्री,
ट्रेनबाट यात्रा गर्छु,
समयले जत्ति कै कुराहरु
मलाई ट्रेनले पनि सिकाउदै अघि बढाउंछ,
तर जिन्न्दगी भन्दा ठ्याक्कै बिपरित​
अन्तिम गन्तब्य मा पुगेपछि,
पुन उल्टो हिंड्न मात्रै हैन्,
उस्तै दुरुस्तै गरि कुद्न सक्ने!