Sunday, July 21, 2019


टाउनहल प्ल्याटफर्म २, समय साझको ७ बजेर ५ भ​एको थियो, म बरवुडको लागि ट्रेन कुर्दै थिएं, अझै ४ मिनेट कुर्नु थियो ट्रेनको निम्ति।
मोबाइलमा इयरफोन सधै नै जोडिराखेको हुन्छ र त्यो इयरफोन कानमा।
मन्द आवाजमा गुञ्जिंदै थियो, आशिकि २ को हम तेरे बिन अब जि नहि सक्ते, उफ्फ्फ्फ क्या ल्याङ्ग हुन्छ नि, यस्तो रोम्यान्टिक गीत बज्दा कल्पनामै भ​ए पनि डुलिदिने मान्छे नि कोहि हुंदैन्। असाईन्मेन्टको प्रेसर थपिएर होला, डुङ्गडुङ्ग फुल भोल्युममा बजाएं, एउटा पिलरमा अडेस लाग्दै, आखा बन्द गरेर जबरजस्ति झुम्दै थिंए। ट्रेन आउनै आट्दाको त्यो चिसो हावाले फेरि झसङ्ग बनायो । आखा खोले लग्भग अन्तिम डब्बा थ्यो ट्रेनको ।
ट्रेन रोकिसक्नु भन्दा अगाडि नै नजर लगाएं कता चै खालि छ​? "आज त अचम्मै भयो" कति खालि हौ ट्रेन पनि, म सोचि सक्दा नसक्दा म ढोकै अगाडि भ​ए पनि उत्रिने मान्छेहरुलाई बाटो छोड्दिदै थिंए हुरुरु मान्छेहरु छिरिसकेका थिए। म पनि बिस्तारै उक्लिएं। अन्तिम डब्बाको पछाडिबाट भर्याङ्ग उक्लिए अगाडि सम्मै हेरें लग्भग सबै प्याक नै थिए, "आ यहिं बस्छु" भनेर लास्ट कै सिटमा बसें। मैले ख्याल नगरि कनै बसें।एक युवति थिईन कुना पट्टि म वास्तै नगरि बसें छेउ तिर​। ब्याग खोलेर त्यि युवति र मेरो बिचको सिटमा राखें। यत्तिकै मा उनले साईडबाट अगाडि झुक्दा फुकेर अनुहार छपक्कै छोपिएका केश हातले समेट्दै कानमा लगेर राख्दै पुलुक्क मलाई हेरिन्। "म खै किन अत्तालिएं? " मलाई मनमनै लाज्ञ्ो म बेक्कार यहा बसेछु कारण थियो उनि नेपाली नै थिईन​। अस्ट्रेलिया आको भर्खर केहि महिना कट्दै थियो म मा आत्मबिश्वास पटक्कै पलाएको थिएन। साईडको सिट मा अरु जुन सुकै देशको नागरिक भ​ए पनि नेपाली चै नपरे हुन्थ्यो जस्तो लाग्थ्यो र लाग्छ​।
उ आफ्नै तालमा फोन चलाउदै ब्यस्त थि। म उ तिर फर्कने नि सामर्थ्य थिएन​। सायद रातिको कामले थाकेको शरिर अनि त्यहि थकित शरिर र डार्क सर्कल परेका आखा जो कलेज मै मुस्किलले २ घन्टा बिस्राम लिन पाएका थिए।
अगि बिचमा एउटा कुन गित बज्यो पत्तो नि पाईन तर त्यस लगतै पछि, दिल क्यु ए मेरा स्वर करे, बज्दै थियो। हल्का ब्याग तर्फ टाउको अड्याएर लोलाएका आखालाई फेरि बिस्राम दिने सोच्दै थिए, फेरि हैन अलार्म नराखि चै हुन्न फेरि भुस भैयो भने त सब चौपट हुन्छ। उम्म चौपट नै हुन्छ नि फेरि बल्ल आको दुई महिना पछि अरुको चाकरी गरि गरि पाएको एउटा क्लिनिङ्ग्को काम​। त्यहि पनि जान पाईएन वा भ्याईएन अझ भनम जान ढिला भो भने मुखमा माड कसरी लगाउने?

७ः२७ मा बरवुड स्टेसन पुगिन्छ सो २५ को अलार्म राख्दा ठिकै हुन्छ होला। मन मनै सोच्दै थिए। त्यतिकै मा निदाएछु ।
"एक्सक्युज मि!!! "
कानमा ठिक्कियो म ब्युझिएं। हस्याङ्ग्फस्याङ्ग गर्दै ,
"ओह्ह आई एम सरि" भन्दै आफु उठेर उनलाई बाटो छोडिदिएं। उनि तल उत्रिए पछि मैले झ्यालबाट एस्सो हेरेको फ्लेमिङ्ग्टन पुगिसकेको रहेछु।
दिक्क लाज्ञ्ो न उत्रिनु न के गर्नु म केहि सोच्नै सकिन्। लिडकम बाट क्याम्सिको ट्रेन हेरें, धन्न दुइ मिनेट वैटिङ्ग टाईम रहेछ​।
लिडकम बाट ट्रेन चेञ्ज गरिसके पछि त्यि युवतिको सुन्दर मुहारको झल्को आयो। "एक्सक्युज मी" त्यो शब्दोउच्चारण गर्दाका उनका मुहारमा देखिएको एक किसिमको घबराहटको झल्को पो आउन थाल्यो। आदा घन्टा ट्राभेल टाईम भ​एर यता चै अलार्म राखेरै ढल्किन खोजे, युट्युबबाट बज्दै गरेको हिन्दि रोम्यान्टिक नम्बर गल्लिया तेरि गलिया मा पुगेको थियो। यहा मलाई उनको मुहार मत्रै आईरहेको थियो खै कस्तो अचम्म के र किन यस्तो भैरखेको थियो मैले बुझ्न सकिरहेको थिईन​, सायद कहि कतै ग्लानिले? केले ? अस्मान्डु ग्रुप खोले फेसबुक र प्रत्येक पोस्टमा आउने लाई र रियाक्ट हेर्न थालें न त्यहि मुहार कहि कतै देखि हालिन्छ कि? भन्ने एउटा झिनो आशामा

Sunday, July 7, 2019

कुनै दिन गैर आवसिय नेपालीहरुलाई दोहोरो नागरिकता दिनु पर्छ वा दिनु हुंदैन भन्ने बिषयमा बादबिबाद गरेर Nepal's Top 7 Debators जितेको थिएं!
एक बर्ष अगाडि देखि को अस्ट्रेलिया बसाई को दौरानमा गैर आवासिय नेपाली को बारेमा पनि धेरै कुरा हरु जान्ने मौका मिलि राखेकै थियो।
तात्दै गरेको
चुनावि माहोल हेरेरै यस्लाई नेपालको एडु फेयरको सङ्ज्ञा दिउ कि नेपाल कै चुनावको, रनभुल्ल पर्ने स्थिति थियो। गेट भन्दा पर पर बाटै देख्न सकिन्थ्यो चुनावि प्रचार प्रसार र त्यसमा प्रयोग भ​एका समाग्रि हरु, झट्ट हेर्दा, एस एल सि सकिएपछि भ्रिकुटि मण्डपमा लागेको एडु फेयर जस्तै। भुईमा फालिएका पम्प्लेट्स, फ्लाएर, कलेक्सन गरेर रु २ कै रेटले बेचेको भ​एनि रु ८०० त मजाले कमाईन्थ्यो।
नेपाल को चुनावको झल्को चै यसर्थमा पनि लाग्यो कि, बिभिन्न उम्मेद्वारका पक्ष बाट ति उम्मेद्वारको नाम सम्म पनि नसुनेका पनि ति ब्यक्तिको नाम ठुल्ठुलो स्वरमा हुडिङ्ग गर्दै भोटरहरुलाई फ्लाएर बांड्दै थिए। सायद बिरलै उम्मेद्वार र टिम थिए होला जस्ले volunteers लाई ८-१० घन्टा सम्म भोल्युन्टियरिङ्ग गर्दा चिया र नास्ता समयमा उपलब्ध गराए।
बिस्तारै चुनाव सकियो। भिडभाड घट्दै गयो। अनि देखिंदै गयो त्यहाको फोहोरको डुङ्गुर​। केहि थान बिन मात्रै राखिदिएको भ​ए नि स्वबिबेक भ​एका धेरै मान्छेहरुले ति बिन मै फाल्थे होला। तर अपसोच त्यसो केहि प्रबन्ध थिएन​। ति फोहोर देख्दा नि हामी आफैं लज्जासपद महसुस गर्ने स्थितिमा थियौं। भि एफ एम का पक्षबाट हामीले ति सबै फोहोर ब्यबस्थापन गर्ने अठोट लियौं। हामी मध्ये केहि अझै आफुमा आत्मबिस्वास थिएन कि त्यो सबै हामीले सफा गरि सक्नेछौ भनेर​। म्याक्स दाई, सुरज दाई, महेस ब्रो, बद्रि दाई , कन्चन दि हामीले एक्जिट देखि इन्ट्रि पोइन्ट सम्म पुरै सफा गर्यौं।
एन्ट्रि बाट भित्र पस्ने क्रममा उम्मेद्वारहरुलाई नै हौसला प्रदान गर्दै अलिकति भ​ए नि रेस्पोन्सिब्ल फिल गराउन खोज्दै गर्दा केहि सिप लागेन​। दिएका बिन ब्याग हरु बारमा लेर ग​एर छोडिए। कति महानुभावहरुलाई बसिरहेकै बेन्चबाट उठि दिनुस त्यहा भ​एको फोहोर उठाएर सहयोग गरिदिनुह्होस भन्दा नि साह्रै ज्यान भारि गरेर उठिदिन्नु भयो। बिना ग्लोव्स​, चुनाव भवन बाहिरको सम्पुर्ण फोहोर हरु। लन्च बक्स देखि बच्चाको डाईपर सम्म सोरियो। टुटेका फोम ग्लास​, अन्नि पानिको आहालमा डुबिरहेको कागज, न्याप्किन सबै सबै नै डिटेलमा सफा गरियो॥।
जे भ​ए पनि आफ्नो कार्य बाट सन्तुष्ट भ​एर फर्कियौं। आज बिहान एकाएक सुरज दाईको भिडियो हेर्दै गर्दा चै अवश्य पनि लाग्यो स्वबिबेक हराएका समर्थक र उम्मेद्वारिका क्रम मा रित्तिएका मदिराका बोतलहरु यत्रतत्र छरिएका रहेछन कति फोडिएका रहेछन्। अझै कोहि कसैले एन आर एन ए लाइ गैर जिम्मेवार ठहर गर्दै केहि ग्रुप्मा गरेको पोस्ट देख्दा साह्रै नमज्जा लाज्ञो। तर फेरि भि एफ एम का हाम्रा दाजुहरुले पुनः सबै उस्तै पार्नु भ​एछ​।
हामी को हौं? हाम्रो परिचय हामी आफैंले दिनु पर्छ​। हाम्रो परिचय हाम्रो कामले दिनुपर्छ​!!!
#जयभिएफ​एम