तर हर समय म जति दुखि भएर घर पुगे पनि, मेरा तनाब दुख सारा छिनभर मै बिर्साइदिने मेरो परिवारको सबै भन्दा सानो सदस्य हरदम मेरो प्रतिक्षामा रहन्छ। गेट खोल्दा आउने आवाजले नै चिन्छ ऊ। झ्यालको नेट पर्दा भन्दा भित्र पट्टि पलङ्गमा बसेर हेर्छ र जसै भर्याङ्ग चढेर ढोका तर्फ आउछुँ, उ भित्र बाट ढोकामा हान्न थाल्छ सायद भन्दै हो, कति टाइम लगाको ढोका खोल्न?, म ढोका खोलेर भित्र छिर्ने, बित्तिकै उ उफ्रिन्छ, जुत्ता खोलुञ्जेल पनि, उस्लाई कुर्न गारो हुन्छ। जुत्ता खोलेर भित्र छिर्न नपाउदै उस्लाइ बोक्छु। मुखमा चाट्न खोज्छ, उसले मलाइ आइ मिस्सड यु भनेको झै लाग्छ। केहि समय सम्म यता उता चल्छ अनि आखामा नियालेर हेर्छ र म नि उसै गर्छु, लाग्छ, उ बोल्न सक्ने भैदिएको भए, भन्ने थियो। आजको सारा दिन कसरि बितायो उस्ले? सायद भन्ने थियो कि उसलाइ कस्ले जिस्क्यायो झ्यालबाट सायाद भन्ने थियो, मलाइ आज के ल्याइदिनु भो? सायद यो पनि भन्ने थियो आज मलाइ पिसाबले लास्टै च्यापो त्यहि भएर बाथरुमको ढोका मै खुट्टा उचालेर दिए मैले त।
अनि फेरि जब देख्छु दिउस भोक लाग्ला अनि खान्छ भनेर राखि दिएको बिस्कुट देख्छु, जस्तो बिहान छोडेको हुन्छु उस्तै हुन्छ। उसलाइ खानलाई पनि आफु अगाडि नै हुनु पर्ने थोरै अचम्म लाग्छ, र धेरै माया जाग्छ। उस्लाइ बिस्कुट खाउ भन्छु अनि खेल्छ बिस्कुटलाइ यता फाल्दै उता फाल्दै अनि लदिबुडि खेल्दै, उ फेरि बिस्कुट खान थाल्छ। अनि एकैछिन बाहिर निस्कनु पर्यो भने पनि उ बाटो हेरिरहन्छ, कुरि रहन्छ, आए पछि फेरि उस्को खुशिको सिमा रहन्न। जहा बस्छु आजभोलि काखमै बस्नु पर्छ, मैले कैलेकाहि घुर्क्याउछु राख्दिन भनेर उ आफै चढ्छ। यसो त उ पनि घुर्कि देखाउछ कैले काहि जब उस्ले भनेको कुरा पुग्दैन, लामो सुस्केरा हाल्छ , अनि स्वास फेर्दा नि आवज निकाल्छ, बुझे हुन्छ उस्ले केहि भन्न खोज्दै छ। घरि उफ्रिन्छ त घरि नजिकै आएर मुखमा हेरि रहन्छ तर प्राय चै, उस्को टाउकोले मेरो हात उठाउछ र लामो सुस्केरा हाल्छ। सु ग्रनु परे, खाना नपुगे, अनि चकलेटहरु उस्ले देखिराछ र उस्ले पाएन भने। आजभोलि उस्का सारा भाब हरु बुझ्ने भको छु जस्तो लाग्छ र उ पनि सायद बुझ्द छ सारा मेरा भावना मैले उ सङ्ग बाढेका मेरा सम्पुर्ण दुख-सुखका पलहरु, र उ मेरो सारा मर्म एकनास सुनि रहन्छ मानौँ, सबै बुझिराछ र भन्दैछ, "म छु नि साथमा के टेन्सन लिराको?" अनि फेरि उस्लाइ अङ्गाल्छु, सारा दुख बिलिन हुन्छ पल भरमै, अनि आनन्द आउछ।
#पुन्टे
मैले पुन्टेलाई बर्णन गर्दै यी केहि थान शब्दहरु लेखेको पनि आज ५ बर्ष भैसकेछ्। यो दौरानमा धेरै कुरा भए।
२०७४ साल फाल्गुनको पहिलो हप्ता मेरा भाईहरुको ब्रतबन्ध थियो, त्यसै समयमा घर गएपछि मैले पुन्टेलाइ घरमै छोडेर आएं। हुन त त्यस्स्पस्चात काठमाण्डौ बसाई खासै लामो रहेन, लग्भग एक बर्ष ३ महिना जति भयो। पुन्टे मैले जुत्ता लगाउन खोज्ने बित्तिकै सम्हालि नसक्नु हुन्थ्यो, सनो ज्यान १२ केजि को तौललाई पनि जस्तो सुकै मै हु भन्नेको काख बाट पनि फुस्केर म भएको ठाउमा पुगि हाल्थ्यो। ब्याग खोसुला जसरि टोक्थ्यो र रुन थाल्थ्यो। त्यसदिन पनि गाह्रो भयो ।
हामी बसिरहेको घर पनि शुन्य लाग्न थाल्यो, घरबेटि अङ्कल अन्टिले पनि सोधिरहनु हुन्थ्यो र बिना उ घर निकै सुन्सान भएको छ भनि नै रहनु हुन्थ्यो।
मङ्ग्सिरको महिना थियो होला, पुन्टे निकै बिरामी छ, खै के भएर हो पुन्टेको ढाड भन्दा तलको भाग चल्दैन भनेर खबर आयो । कहिले काहि जुका पर्दा नि निकै अररो हुन्थ्यो बेला बेलामा औषधि खुवाउंदा बच्चालाई काखमा रखेर औषधि खुवाउन भन्दा गाह्रो पर्थ्यो। लग्भग हप्ता दिन पछि भाईलाई काममा बिदा मिलाएर पुन्टेलाई लिएर काठमाण्डौ आउन भने। पुन्टेको हालत निकै नाजुक थियो। न केहि खान्थ्यो, न पनि पिउथ्यो, पेट ढाडिएर फुल्दै आइरहेको हुन्थ्यो। बाहिर लिएर गएर सु गर्न राखि दियो, त्यो पनि गर्दैन थियो। म कलेज निस्कनु अगाडि भुइभरि अलिपुराना ब्ल्यान्केट बिच्छ्याएर जान्थे, तै पनि सु गरेहाले पनि ब्ल्यान्केट धुम्ला, तर कार्पेटमा परे धुन मिल्दैन भनेर। एक्दिन्, बाहिर गल्लिमा गएर पिसाब गरेर, अगाडिको दुई खुट्टा मात्रै चल्छ, ज्यानमा शक्ति छैन तर पनि त्यह लुगामा नगरेर गल्लिसम्म पुगेर गरेछ। धेरै दिन देखि नगरेको भएर होला धेरै नै गरेको थियो र निकै गनाई रहेको थियो । तर पनि खुशि थिए। बिबेक भएको र हेपाहा प्रव्रितिको छैन पुन्टे। भुपि भान्दाईको भेटनरी शप मा लगें, त्यो निको हुने सम्भावना निकै न्युन रहेको भन्नु भयो र दाई भन्दा अझै सिनियर डाक्टर को नम्बर दिनु भयो, उहा आएर पनि चेक-अप गरिसके पछि र इञेक्सनहरुको प्रतिक्रिया हेरेको केहि दिन पछि। अब पुन्टेको पछिल्लो भाग चल्ने सम्भावना निकै न्युन छ भन्नु भयो । भाई घर जांदा पुन्टेलाई पनि घर पठाएं। मन थिएन, तर यो समय आफू बसिरहेको घर पनि छोड्नु पर्ने भएको थियो। तर पुन्टेलाई घर पठाउनु सबै भन्दा उत्तम निर्णय ठहरियो। पहिले पहिले खासै वास्ता ब्यास्ता लग्दैन थियो ड्याडिलाई। रामसरको सल्लाह अनुसार मानिसको नसा सम्बधि औसधि डोज अड्कलेर दिन थाल्नु भएछ, जाडो महिना दिउसको घाममा राखेर तेल लगाइ दिने, मालिस गरिदिने गर्न थाल्नु भएछ र क्रमिक सुधार आउन थाल्यो १५-२० दिन पस्चात।
बिस्तारै फेरि पुन पुन्टे पुरानै फर्ममा आयो। साझ बिहान गाउ एक्लै डुल्न थाल्यो, राति सुत्नु अगाडि चै जहिले पनि अल्छि भएर सुतिरहन्थ्यो, सु गर्न हिंड भन्दा निकै अटेरि भएर बस्थ्यो तर ढोका खोलिसकेपछि जान्थ्यो र आउथ्यो। बिहान चै कहिले ढोका खुल्छ र म बाहिर निस्कन पाउछु भनेर बस्थ्यो अघिल्लो दिन राति सु गर्न नगएको बेला। नत्र त जो जहा जति बजे उठोस बसोस वास्ता नगरि सुति रहन्थ्यो। उहि विकेन्डमा केहि न बित्दो हुंदा हामी नै वासरुम गएर आएर ह्या फेरि सुत्छु अझै १-२ घन्टा भने जसरी। सबै कुरा नर्मल थियो। म बाहिर आएं।
डेढ १,५ बर्ष पछि म घर जांदा उस्को माया उस्तै थियो। त कहा गएको थिस यत्रो समय सम्म? मेरो याद आएन भनेर भने जस्तो एकटक सङ्गले आखामा हेरिरहन्थ्यो। यहांबाट रहर लागेर एउटा बेल्ट लगिदिएको थिएं। र काठ्माण्डौ बाट घर जांदा उसका फेब्रेट पेटबोन ॥ बसाई रमाइलो भयो। तर त्यस दौरान नि, पहिले मलाइ पुन्टेले जति पछ्याउथ्यो, त्यो भन्दा धेरै ममीलाई पछ्याउन थालेछ। ममी ड्युटि सकेर घर पुग्दा उसैगरि खुसि हुन्थ्यो जसरी म कलेज बाट घर फर्किदा हुन्थ्यो। फेरि मेरो बिदा सक्काएर फर्कें।
कहिलेकाहि भिडियो कलमा देखिदा बोलाउथे तर उसले वास्ता नगरेको झै गर्थ्यो। या सुन्दैन थियो मेरो बोलि। एक्दिन मैले ड्याडिलाई अन्लाई देखं र कल गरे फेरि काटि हालें। उता बाट भिडियो कल आयो, के छ खबर भने सब ठिक छ भन्नु भयो सुरुमा त बिस्तारै फेरि भन्नु भयो, पुन्टे बिरामी छ, हिजो बाट एक्कासि के भएको हो, निकै गम्भिर अवस्थामा छ बिहान, डाक्टरलाई बोलाएं , इञ्जेक्सन दिएको छ दुइटा अलि समय पछि फेरि फलोअपको लागि आउछु भनेको छ तर आशा निकै न्युन छ भनि भन्थ्यो। पुन्टे निकै सकसमा थियो, ज्यान अररो पारेर टाउको तन्काई रहेको थियो। यत्तिकैमा ड्याडि फोन कतै राखेर पानी लिन जानु भयो र थोरै पानि खुवाईदिनु भयो। एकैछिनमा आखा रशिलो पार्दै सुक्सुकाउंदै पुन्टे गयो भन्नु भयो र फोन राखिदिनु भयो। र आज १३ दिन बितिसकेछ।
आत्मियता, माया प्रेम र भावना, यति धेरै कुरा सिकाएर गयो पुन्टे स्म्रीतिमा सदा अमर रहनेछ।