Monday, February 27, 2017

हामी मध्य धेरै राजनिती भन्ने बित्तिकै ओठ लेब्र्याउछौँ, र केहि कान ठाडो पर्दछौँ। र यो नितान्त आफ्नो ईक्षाको कुरा हो। तर पनि बर्तमान परिवेसमा के हुँदा उचित हुन्थ्यो र के भैराखेको छ​? यसले पक्कै पनि सबैको जिन्दगीमा महत्व राख्छ​। स्वतन्त्रता र पारदर्शिता प्रत्येक ब्यक्तिले खोजिरहेको हुन्छ​। 
अस्ति अर्थात शुक्रबार जब कलेज गेटबाट भित्र छिरेँ, म झुक्किएँ कि जस्त​ओ लाग्दै थियो, तर हैन म कलेज नै पसेको थिएं। यति ठुल्ठुला ब्यानर र पार्टिगत झन्डाहरु कलेज भरि टाँगिएको थियो मानौँ बिबाह घर मा टाङ्गिएका ध्वजापताकाहरु । अनि आस्चर्य पनि लाग्दै थियो २० बर्ष देखि राजनिती र स्व,ब्यु ले नछोएको कलेजलाई फेरि छोएको देखेर​।
कताकता अब पढाई भन्दा बाहिरको स्वतन्त्रता आउने भयो हाम्रो कलेजमा पनि, भनेर खुसि पनि लागि राखेको थियो, किन कि हामीलाई पढ्न, लेख्न र बिषयगत हिसाबले हेर्ने हो भने अरु कलेजले भन्दा धेरै राम्रो सुखसुबिधाका साथ्साथै राम्रो पुर्बाधार निर्माण गरेको छ​। यध्यपि धेरै कुराहरुमा कलेजले सिधै अस्विकार गर्दथ्यो, र हामी बिध्यार्थिको द्रिष्टिकोण बाट हेर्दा हामीलाई अनुचित लाग्थ्यो भने कलेज र सामुदायिक कलेज भ​एकै कारणले समुदायका द्रिष्टिकोण बाट हेर्दा निकै बुद्धिमानि ठहरिन्थ्यो। बि बि ए को बिध्यार्थि म थहा छैन बि बि एस मा के हुन्छ र कस्ता दुख भोग्छन उनिहरु।
सायद यस निर्वाचनले कलेजलाई छुनु र कलेजमा भित्रिनुले कलेजमा बिध्यार्थि स्वतन्त्रता र प्रत्येक कुरामा पक्कै पारदर्शिता भित्रिएला। तर पढ्ने ठाऊँमा राजनिति नछोरोस​, कक्षामा राजनिति नहोस​, यो फलानो पार्टिको र यो फलानो पार्टिको भनेर रिसराग नरहोस​। अनि सम्पुर्ण बिध्यार्थि साथीहरु, यो मेरो साथी हो यसलाई जिताउनु पर्छ भन्दा पनि, उसको निति र भाविरणनिति हेरौँ, र त्यो भन्दा पहिले, उ यो निर्वाचनमा उठ्नु पुर्व​, उसले के त्यस्तो कार्य गरेको छ​, कलेजको निम्ति, कलेजलाई बेला बेलामा सल्लाह सुझाब दिएको छ कि, कलेज प्रमुख्, कोअर्डिनेटर सर हरु सङ्ग आफ्ना केहि राय हरु राखेको छ कि? खैर कलेजले बेवास्ता गरेकै भ​ए पनि यि कुराहरु नियाल्ने हो भने हामी जो निर्वाचनमा आफ्नो अमुल्य भोटहाल्न जादैछौँ, हामीले अवस्य पनि असल नेत्रित्वलाई चुन्न सक्छौँ। कलेजमा आएर छाति फुलाएर म यो पार्टी बाट यसरी उठ्दैछु मलाई भोट चाहियो भनेकै भरमा भोट दियौँ भने हामी भन्दा मुर्ख कोहि हुँदैन्।
हाम्रो निर्णय कथमकदाचित गलत ठहरिन पुज्ञ्ो भने पक्कै पनि हामी त कलेजबाट बाहिरिन्छौँ, हामी आफु त अबको २-४ बर्षमा कहिँ पुग्छौँ र पुगौँला तर यदि असक्षम नेत्रित्वको हातमा पुज्ञ्ो भने पक्कै पनि आज कलेजको रहेको मान मर्यादा र बिकास फेरि केहि बर्ष अगाडिनै नधकेलिएला भन्न सकिन्न​।
अनि निर्वाचनमा जुट्नु भ​एका बिभिन्न पार्टिगत साथीहरुलाई, प्रचारप्रसारमा गरिने भब्य खर्च भन्दा पनि आफ्नो द्रिढता, आत्म बिश्वास र सुद्रिढ निति नियम र खाकाका साथ अघि बढ्नु होला!
पार्टिगत हिसाबले नसोचौँ, नत्र कलेज पनि देशकै हालतमा पुग्नेछ​।
#शुभचिन्तक
#यात्री

Saturday, February 25, 2017

20170225 221422

आमा
आमा हिजो भर्खर जस्तो लाग्छ
तिमिले हातैले मुछेर
डुलाई डुलाइ बुबु माम खुवाएको,
आमा हिजो जस्तै लाग्छ
म बिरामी भ​एर
तिमीलाई रुवाएको,
"नभिज" भन्दा भन्दै
म बर्षाको पानिमा रुझ्न जो ग​एथें
म झोला बोकेर काठमाण्डौ शहर पस्ने गाडि चढ्दै गर्दा,
तिम्रा गहभरि आशुं टिल्बिल टिल्बिल देखेको थें,
र गाडि जब हुईंक्यो,
ति मोति दाना आखाका छेउ बाट
गाला चिउँडो हुदैं,
भुईंमा खसे अरे।
तिमी त्यसबखत अझै धेरै रोएकि थियौ॥
तिमी आफ्ना गाँस साँचेर छोरोलाई पढाउँछौ,
प्रत्येक दिन आफ्ना न्यास्रो पना दुर गर्न
दुरसञ्चारलाई भेटि
चढाउँदै लामो बात मार्छ्यौ।
आमा!
आज हेर त तिम्रो छोरोलाई फेरि
बिदेशको भिसा लागेको छ​,
हातमा हरियो पासपोर्ट र गलामा खादा
अनि तिमीले नै उनिदिएको सयपत्रिको मालामा
तिम्रो छोरो अझै ह्याण्ड्सम बनेर गुट्काउने सुट्केश
साईडमा अड्याउँदै छ।
हेर त आमा!
काठमाण्डौ मा यतिका बर्ष बसें,
तिमीबाट दुर​,
आजसम्म तिमीलाई केहि उपहार दिन सकिन​,
सिवाए तिमीलाई एकसरो मुस्कान
र मनमा आनन्द
जुन म बिदा म घर जाँदा तिमिले पाउँथ्यौ!!
मलाई थहा छ आमा तिम्रा हातगोडा
अब साँझ बिहान कट्कट खान थालेका छन्,
घरि टाउको दुखेर भाउन्न भ​एर आउँछ​,
आखाका ज्योति कमजोर हुन लागे।
त्यसैले त आमा, तिम्रो बुढेस्कालमा तिम्रो सहारा बनेर बस्न​,
तिम्रा समिपमा तिमीले खोजेको बुहारी सङ्ग,
तिम्रो मुहारमा मुस्कान थप्न
म यो भिसा लागेको हरियो पासपोर्ट
बोकेर सात समुन्द्र पारि जाँदैछु आमा!
मलाई हाँसेर बिदा दिनु है,
फेरि त्यो गहको आशु लुकाईदिनु ल आमा!
नत्र म कसोरि पो तिमीलाई बुढेस्कालमा सुखले राख्न सकुँला!


#यात्री

Thursday, February 23, 2017

कयौं रात कोल्टे फेर्दै बिताएको छु,
कयौं दिन चोट हेर्दै बिताएको छु।
कयौं सांझ बिहान यस्तो आए,
 आँशुका शब्द केर्दै बिताएको छु।
#यात्री

Sunday, February 12, 2017

चहियो! चहियो!! चहियो!!!
सारा सन्सार भुलाएर चोखो माया लाउनि चाहियो।
है नि मलाइ माया गर्ने एउटि राम्रि बाउनि चाहियो।
भन्छौ भने प्रिय यदि सबै काम मै गरौला,
तै पनि कहिलेकहि चुलो-चौको,गर्न आउनि चाहियो।
धर्ममा भन्दा कर्ममा बिस्वास राख्छु मैले तर,
हाम्रो निम्ति खुसि मागि मठ्मन्दिर धाउनि चाहियो।
सधै सहि हुन्न होला म तर नि जिद्दि गर्न सक्छु,
मिठो बोलि बोलेर मलाइ मायाले सम्झाउनि चाहियो।
#यात्री
अहिले सम्म नझुकेको शिर अब झुकाउनु हुन्न,
लगाउनु पर्छ तिर, निशाना अब चुकाउनु हुन्न।
,
रामको भक्त भनि रावणको रुप देखाउने भारत।
कुलङ्गार पर्यो छिमेकि, चित्त अब दुखाउनु हुन्न।
,
धैर्यताको खाचों देख्छु नेपालीमा,डिजल पेट्रोल भन्दा,
गल्ती नभई स्वाभामानि शिर अब झुकाउनु हुन्न।
,
दुख-सुखमा आत्मसाथ अनि हातेमालो गर्नु पर्छ,
बिदेसिको निम्ति एकअर्काको साथ अब टुटाउनु हुन्न।
#यात्री

Sunday, February 5, 2017

तोडिएको दिल फेरि जोडिएला त​?
जोडियो भने फेरि साथ नछोडिएला त​?
दोबाटो अल्मलिएको एक बटुवा सरि,
आफ्नो गन्तब्य प्रेमसङ्गै मोडिएला त​?
मायाका खेतबारीमा पलाए लुँडे र सिस्नु,
माया फुलाउने आशमा खेतबारी गोडिएला त​?
मायाका खेतबारी गोड्दा जब गगन बर्षन्छ,
ओत लाग्नै दुबै शरीर एउटै घुम ओडिएला त​?
दुखसुखमा भेटेको साथ अमुल्य हुन्छ साथी,
मुटुले गाँसेको सम्बन्ध यसै चुँडिएला त​??
#यात्री