आमा
आमा हिजो भर्खर जस्तो लाग्छ
तिमिले हातैले मुछेर
डुलाई डुलाइ बुबु माम खुवाएको,
आमा हिजो जस्तै लाग्छ
म बिरामी भएर
तिमीलाई रुवाएको,
"नभिज" भन्दा भन्दै
म बर्षाको पानिमा रुझ्न जो गएथें
म झोला बोकेर काठमाण्डौ शहर पस्ने गाडि चढ्दै गर्दा,
तिम्रा गहभरि आशुं टिल्बिल टिल्बिल देखेको थें,
र गाडि जब हुईंक्यो,
ति मोति दाना आखाका छेउ बाट
गाला चिउँडो हुदैं,
भुईंमा खसे अरे।
तिमी त्यसबखत अझै धेरै रोएकि थियौ॥
तिमी आफ्ना गाँस साँचेर छोरोलाई पढाउँछौ,
प्रत्येक दिन आफ्ना न्यास्रो पना दुर गर्न
दुरसञ्चारलाई भेटि
चढाउँदै लामो बात मार्छ्यौ।
आमा!
आज हेर त तिम्रो छोरोलाई फेरि
बिदेशको भिसा लागेको छ,
हातमा हरियो पासपोर्ट र गलामा खादा
अनि तिमीले नै उनिदिएको सयपत्रिको मालामा
तिम्रो छोरो अझै ह्याण्ड्सम बनेर गुट्काउने सुट्केश
साईडमा अड्याउँदै छ।
हेर त आमा!
काठमाण्डौ मा यतिका बर्ष बसें,
तिमीबाट दुर,
आजसम्म तिमीलाई केहि उपहार दिन सकिन,
सिवाए तिमीलाई एकसरो मुस्कान
र मनमा आनन्द
जुन म बिदा म घर जाँदा तिमिले पाउँथ्यौ!!
मलाई थहा छ आमा तिम्रा हातगोडा
अब साँझ बिहान कट्कट खान थालेका छन्,
घरि टाउको दुखेर भाउन्न भएर आउँछ,
आखाका ज्योति कमजोर हुन लागे।
त्यसैले त आमा, तिम्रो बुढेस्कालमा तिम्रो सहारा बनेर बस्न,
तिम्रा समिपमा तिमीले खोजेको बुहारी सङ्ग,
तिम्रो मुहारमा मुस्कान थप्न
म यो भिसा लागेको हरियो पासपोर्ट
बोकेर सात समुन्द्र पारि जाँदैछु आमा!
मलाई हाँसेर बिदा दिनु है,
फेरि त्यो गहको आशु लुकाईदिनु ल आमा!
नत्र म कसोरि पो तिमीलाई बुढेस्कालमा सुखले राख्न सकुँला!
#यात्री
No comments:
Post a Comment