ACCIDENT !!!
एउटाको गल्तिले अर्कोले दुख पनि पाउंछ, र दुख मात्रै पाउँदैन कि कहिले कहि ज्यान पनि गुमाउन सक्छ।
कति खेर ५ः३० होला र निस्किउँला भैराथ्यो अफिस बाट। अझ अगाडि नै निस्कन मन थियो, काम पनि सबै सक्किसकेको थियो तर पनि, ५ः३० नभै निस्कने अनुमति न कसैले दिएको थियो र न केहि ननिस्कि नहुने काम थ्यो।
एकदम नर्मल वे मा हामी अघि बढ्दै थ्यौं, ठ्याक्कै थ्रि ब्रदर्स आयल स्टोर्स अगाडि पुगेको मात्र के थियौं बिचको लेनको अर्को साईडमा एक्सिडेन्ट पर्यो। हत्तनपत्त उता जान खोज्दा पनि १,२ मिनेट लाज्ञ्ो। डुक बाईक जुन तिन्कुनेबाट बानेश्वर जाँदै थियो , र स्कुटि जुन बानेश्वर बाट मिनभवन तर्फ जाँदै थियो एकाअपसमा ठोकिएका रहेछन। बाईक त ऊठाईसकेका थिए, तर पनि चोटलागेका बाईक चालक र सवार हरु त्यसै थिए। एक जना दिदि र दाई रहेछन स्कुटिमा, दिदिको दाया घुँडामा गहिरै घाऊ भएको रहेछ, रगत पनि आईरहेको थियो। अनि उहाँ रोइरहनु भएको थियो, अस्पताल जाउँ भन्दै।
उहाँ सङ्गै हुनु भएको दाईको अनुहारमा अलिअलि दर्खराएको थियो, नदेखिने केहि चोट थियो भने, त्यो थहा पाइन्। दिदिलाई लिएर अर्को लेन मा गएर ट्याक्सि रोकि चढाए र उनि सङै रहेका दाइ पनि चढे, यता डुकबाइक चालक दाइ यसै थिए, मैले एकातर्फ बाट उनलाई काध दिएर उनलाई उठाएं, र अर्को तर्फबाट कसैलाई उठाउनु भनें, एकजना दाईले उता बाट उठाए उनलाई। दाईले चप्पल खोज्नु भयो उता दाईलाई उहालाई राम्रो सङ्ग समात्नु भनेर उहाँको स्कुटिमा अल्झिएको चप्पल उठाएर ल्याएँ। उहा चप्पल लगाउन खोज्दै हून्थ्यो। मैले भने "दाई तपाईंले चप्पल लगाउन सक्ने स्थितिमा हुनुन्न", र कारण थियो, उहाँको दायाँ खुट्टाको साईलि औलाँ भाँचिएर हड्डि बाहिर निस्किरहेको थियो र छाला कै भरमा औला खुट्टामा रहेको थियो। दुई तर्फबाट सपोर्ट गरेर उहाँलाई अर्को लेन सम्म लैजाँदा उहांले हल्का खुट्टा टेकिरहनु भएको थियो। त्यसैले होला उहाँ खुट्टाबाट रगत अत्याअधिक बग्न थाल्यो।
गोजिमा भएको रुमाल झिकेँ, उहाको घाऊ नजिकै लगेर थाम्न खोजे तर सकिन, दाई घाउमा यो रुमाल ले समात्नुस्, रगत थामिन्छ भने। उहाँले त्यसै गर्नु भयो।
उहा अस्पताल जान नि मानिराख्नु भएको थिएन्। दाई ले बाईक साईड लगाएर आउछ अनि जान्छु भन्दै हुनुहुन्थ्यो। यत्तिकैमा एक जना ट्राफिक दाई आए र भने, अस्पताल हिड भाइ, उहाले दाई आएपछि जाने प्रतिक्रिया दिए पछि लाइसेन्स र ब्लुबुक को कुरा निकालेर र झिक भने, सानै स्वरमा भएनि मैले पनि भने पहिला अस्पताल गएपछि मागे भैहाल्यो नि, उहा दाईले चै भन्दै हुनुन्थ्यो, तपाईलाइ चाहिने कागजपत्र सबै छन म सङ्ग।
अघि अर्को तिर बाट उठाउने दाई हुनुन्थेन यो पालि अर्कै दाईले उहाँलाई बोक्नु भो देब्रे साईड बाट र मैले दाईने साईड बाट। अगाडिको फार्मेसिमा दाई हुनुन्छ यहिं देखाऊँ भन्दै हुनुन्थ्यो, र मैले नि भने तपाईको यहा हुदैन दाई अस्पताल नै जानु पर्छ। र मेडिकलका दाईले पनि भने,"अस्पताल नै जानु ठिक हुन्छ" ।
हामी अघि बढ्यौं, दाईले भन्दै हुनुन्थ्यो कम्मरमा लास्ट पेन भैराछ। अर्को साईडमा अर्कै दाईले बोक्न थाले अस्पताल नजिकैको बस स्टप नजिकै बाट। बिस्तरै हामिले उहाँलाई अस्पताल भित्र लज्ञ्ौँ। भित्र त्यि दिदि र दाई पनि रहेछन्। हेल्मेट लगाई रहनु भएको थियो बेडमा राखेर हेल्मेट खोलिदिएँ। प्रहरी रजिस्टर लिएर सोधपुछ गर्न थाले। पहिला फ्रस्ट एडमा ध्यान दिएर अनि सोधपुछ गर्न थालेको भए राम्रो हुन्थ्यो।
त्यि दाइलाई जान्छु भने र अर्को साईडमा बोक्ने दाई भित्रै हुनुहुन्थ्यो, म भने निस्के, धन्यबाद बोकेर। बाहिर निस्किदाँ एस्सो हेरेको इमर्जन्सिको गेट देखि अस्पताल्को मुल गेट सम्मै रगत चुहिएको रहेछ। अनि लाज्ञ्ो त्यो ट्याक्सि भित्र लगेनछ ति दिदि त्यहि बाट हिडेर वा कसैले बोकेर लगेको हुनुपर्छ ।
हिजो स्कुलमा रुमाल सधैं साथमा राख्नु पर्छ भनेर सिकाउने गुरुहरुले, के अर्थ त्यसो भन्नु भएको थियो थहा भएन। तर मुख छोप्न र हात र नाक पुछ्न राखिएको रुमालले, जब कसैको रगत पुस्छ त्यो रुमालको सबै भन्दा ठुलो उपयोगिता हुदो रहेछ। यो सहित मेरो रुमालले कसैको आइरहेको रगत थामेको दोस्रो पटक थियो।
#यात्री

No comments:
Post a Comment