WISH
म जागिर खान्न,
बिदेश नि जान्न
काम गर्छु यस्तो
सब घर मै आउन मान्न,
गाह्रो नहोस मलाई
मेरो दैनिकीलाई धान्न
मौका नदिउँ कसैलाई नि
मलाइ नराम्रो ठान्न
एकैबारको चोला आखिर
मरेर केहि लान्न
गोजीमा होस दाम टन्न
फुर्सद नहोस गन्न
गर्वले छाति फुलोस
अरु सामु आफ्नो नाम भन्न
ए!
मन छ मलाई
म ठूलो ठूलो
ठुलो ठूलो
ठूलो मान्छे बन्न !
#यात्री