Sunday, July 21, 2019
टाउनहल प्ल्याटफर्म २, समय साझको ७ बजेर ५ भएको थियो, म बरवुडको लागि ट्रेन कुर्दै थिएं, अझै ४ मिनेट कुर्नु थियो ट्रेनको निम्ति।
मोबाइलमा इयरफोन सधै नै जोडिराखेको हुन्छ र त्यो इयरफोन कानमा।
मन्द आवाजमा गुञ्जिंदै थियो, आशिकि २ को हम तेरे बिन अब जि नहि सक्ते, उफ्फ्फ्फ क्या ल्याङ्ग हुन्छ नि, यस्तो रोम्यान्टिक गीत बज्दा कल्पनामै भए पनि डुलिदिने मान्छे नि कोहि हुंदैन्। असाईन्मेन्टको प्रेसर थपिएर होला, डुङ्गडुङ्ग फुल भोल्युममा बजाएं, एउटा पिलरमा अडेस लाग्दै, आखा बन्द गरेर जबरजस्ति झुम्दै थिंए। ट्रेन आउनै आट्दाको त्यो चिसो हावाले फेरि झसङ्ग बनायो । आखा खोले लग्भग अन्तिम डब्बा थ्यो ट्रेनको ।
ट्रेन रोकिसक्नु भन्दा अगाडि नै नजर लगाएं कता चै खालि छ? "आज त अचम्मै भयो" कति खालि हौ ट्रेन पनि, म सोचि सक्दा नसक्दा म ढोकै अगाडि भए पनि उत्रिने मान्छेहरुलाई बाटो छोड्दिदै थिंए हुरुरु मान्छेहरु छिरिसकेका थिए। म पनि बिस्तारै उक्लिएं। अन्तिम डब्बाको पछाडिबाट भर्याङ्ग उक्लिए अगाडि सम्मै हेरें लग्भग सबै प्याक नै थिए, "आ यहिं बस्छु" भनेर लास्ट कै सिटमा बसें। मैले ख्याल नगरि कनै बसें।एक युवति थिईन कुना पट्टि म वास्तै नगरि बसें छेउ तिर। ब्याग खोलेर त्यि युवति र मेरो बिचको सिटमा राखें। यत्तिकै मा उनले साईडबाट अगाडि झुक्दा फुकेर अनुहार छपक्कै छोपिएका केश हातले समेट्दै कानमा लगेर राख्दै पुलुक्क मलाई हेरिन्। "म खै किन अत्तालिएं? " मलाई मनमनै लाज्ञ्ो म बेक्कार यहा बसेछु कारण थियो उनि नेपाली नै थिईन। अस्ट्रेलिया आको भर्खर केहि महिना कट्दै थियो म मा आत्मबिश्वास पटक्कै पलाएको थिएन। साईडको सिट मा अरु जुन सुकै देशको नागरिक भए पनि नेपाली चै नपरे हुन्थ्यो जस्तो लाग्थ्यो र लाग्छ।
उ आफ्नै तालमा फोन चलाउदै ब्यस्त थि। म उ तिर फर्कने नि सामर्थ्य थिएन। सायद रातिको कामले थाकेको शरिर अनि त्यहि थकित शरिर र डार्क सर्कल परेका आखा जो कलेज मै मुस्किलले २ घन्टा बिस्राम लिन पाएका थिए।
अगि बिचमा एउटा कुन गित बज्यो पत्तो नि पाईन तर त्यस लगतै पछि, दिल क्यु ए मेरा स्वर करे, बज्दै थियो। हल्का ब्याग तर्फ टाउको अड्याएर लोलाएका आखालाई फेरि बिस्राम दिने सोच्दै थिए, फेरि हैन अलार्म नराखि चै हुन्न फेरि भुस भैयो भने त सब चौपट हुन्छ। उम्म चौपट नै हुन्छ नि फेरि बल्ल आको दुई महिना पछि अरुको चाकरी गरि गरि पाएको एउटा क्लिनिङ्ग्को काम। त्यहि पनि जान पाईएन वा भ्याईएन अझ भनम जान ढिला भो भने मुखमा माड कसरी लगाउने?
७ः२७ मा बरवुड स्टेसन पुगिन्छ सो २५ को अलार्म राख्दा ठिकै हुन्छ होला। मन मनै सोच्दै थिए। त्यतिकै मा निदाएछु ।
"एक्सक्युज मि!!! "
कानमा ठिक्कियो म ब्युझिएं। हस्याङ्ग्फस्याङ्ग गर्दै ,
"ओह्ह आई एम सरि" भन्दै आफु उठेर उनलाई बाटो छोडिदिएं। उनि तल उत्रिए पछि मैले झ्यालबाट एस्सो हेरेको फ्लेमिङ्ग्टन पुगिसकेको रहेछु।
दिक्क लाज्ञ्ो न उत्रिनु न के गर्नु म केहि सोच्नै सकिन्। लिडकम बाट क्याम्सिको ट्रेन हेरें, धन्न दुइ मिनेट वैटिङ्ग टाईम रहेछ।
लिडकम बाट ट्रेन चेञ्ज गरिसके पछि त्यि युवतिको सुन्दर मुहारको झल्को आयो। "एक्सक्युज मी" त्यो शब्दोउच्चारण गर्दाका उनका मुहारमा देखिएको एक किसिमको घबराहटको झल्को पो आउन थाल्यो। आदा घन्टा ट्राभेल टाईम भएर यता चै अलार्म राखेरै ढल्किन खोजे, युट्युबबाट बज्दै गरेको हिन्दि रोम्यान्टिक नम्बर गल्लिया तेरि गलिया मा पुगेको थियो। यहा मलाई उनको मुहार मत्रै आईरहेको थियो खै कस्तो अचम्म के र किन यस्तो भैरखेको थियो मैले बुझ्न सकिरहेको थिईन, सायद कहि कतै ग्लानिले? केले ? अस्मान्डु ग्रुप खोले फेसबुक र प्रत्येक पोस्टमा आउने लाई र रियाक्ट हेर्न थालें न त्यहि मुहार कहि कतै देखि हालिन्छ कि? भन्ने एउटा झिनो आशामा
Sunday, July 7, 2019
कुनै दिन गैर आवसिय नेपालीहरुलाई दोहोरो नागरिकता दिनु पर्छ वा दिनु हुंदैन भन्ने बिषयमा बादबिबाद गरेर Nepal's Top 7 Debators जितेको थिएं!
एक बर्ष अगाडि देखि को अस्ट्रेलिया बसाई को दौरानमा गैर आवासिय नेपाली को बारेमा पनि धेरै कुरा हरु जान्ने मौका मिलि राखेकै थियो।
तात्दै गरेको
चुनावि माहोल हेरेरै यस्लाई नेपालको एडु फेयरको सङ्ज्ञा दिउ कि नेपाल कै चुनावको, रनभुल्ल पर्ने स्थिति थियो। गेट भन्दा पर पर बाटै देख्न सकिन्थ्यो चुनावि प्रचार प्रसार र त्यसमा प्रयोग भएका समाग्रि हरु, झट्ट हेर्दा, एस एल सि सकिएपछि भ्रिकुटि मण्डपमा लागेको एडु फेयर जस्तै। भुईमा फालिएका पम्प्लेट्स, फ्लाएर, कलेक्सन गरेर रु २ कै रेटले बेचेको भएनि रु ८०० त मजाले कमाईन्थ्यो।

नेपाल को चुनावको झल्को चै यसर्थमा पनि लाग्यो कि, बिभिन्न उम्मेद्वारका पक्ष बाट ति उम्मेद्वारको नाम सम्म पनि नसुनेका पनि ति ब्यक्तिको नाम ठुल्ठुलो स्वरमा हुडिङ्ग गर्दै भोटरहरुलाई फ्लाएर बांड्दै थिए। सायद बिरलै उम्मेद्वार र टिम थिए होला जस्ले volunteers लाई ८-१० घन्टा सम्म भोल्युन्टियरिङ्ग गर्दा चिया र नास्ता समयमा उपलब्ध गराए।
बिस्तारै चुनाव सकियो। भिडभाड घट्दै गयो। अनि देखिंदै गयो त्यहाको फोहोरको डुङ्गुर। केहि थान बिन मात्रै राखिदिएको भए नि स्वबिबेक भएका धेरै मान्छेहरुले ति बिन मै फाल्थे होला। तर अपसोच त्यसो केहि प्रबन्ध थिएन। ति फोहोर देख्दा नि हामी आफैं लज्जासपद महसुस गर्ने स्थितिमा थियौं। भि एफ एम का पक्षबाट हामीले ति सबै फोहोर ब्यबस्थापन गर्ने अठोट लियौं। हामी मध्ये केहि अझै आफुमा आत्मबिस्वास थिएन कि त्यो सबै हामीले सफा गरि सक्नेछौ भनेर। म्याक्स दाई, सुरज दाई, महेस ब्रो, बद्रि दाई , कन्चन दि हामीले एक्जिट देखि इन्ट्रि पोइन्ट सम्म पुरै सफा गर्यौं।
एन्ट्रि बाट भित्र पस्ने क्रममा उम्मेद्वारहरुलाई नै हौसला प्रदान गर्दै अलिकति भए नि रेस्पोन्सिब्ल फिल गराउन खोज्दै गर्दा केहि सिप लागेन। दिएका बिन ब्याग हरु बारमा लेर गएर छोडिए। कति महानुभावहरुलाई बसिरहेकै बेन्चबाट उठि दिनुस त्यहा भएको फोहोर उठाएर सहयोग गरिदिनुह्होस भन्दा नि साह्रै ज्यान भारि गरेर उठिदिन्नु भयो। बिना ग्लोव्स, चुनाव भवन बाहिरको सम्पुर्ण फोहोर हरु। लन्च बक्स देखि बच्चाको डाईपर सम्म सोरियो। टुटेका फोम ग्लास, अन्नि पानिको आहालमा डुबिरहेको कागज, न्याप्किन सबै सबै नै डिटेलमा सफा गरियो॥।

जे भए पनि आफ्नो कार्य बाट सन्तुष्ट भएर फर्कियौं। आज बिहान एकाएक सुरज दाईको भिडियो हेर्दै गर्दा चै अवश्य पनि लाग्यो स्वबिबेक हराएका समर्थक र उम्मेद्वारिका क्रम मा रित्तिएका मदिराका बोतलहरु यत्रतत्र छरिएका रहेछन कति फोडिएका रहेछन्। अझै कोहि कसैले एन आर एन ए लाइ गैर जिम्मेवार ठहर गर्दै केहि ग्रुप्मा गरेको पोस्ट देख्दा साह्रै नमज्जा लाज्ञो। तर फेरि भि एफ एम का हाम्रा दाजुहरुले पुनः सबै उस्तै पार्नु भएछ।
हामी को हौं? हाम्रो परिचय हामी आफैंले दिनु पर्छ। हाम्रो परिचय हाम्रो कामले दिनुपर्छ!!!
#जयभिएफएम
#जयभिएफएम
Monday, April 1, 2019
शुन्य शुन्य एक्लो एक्लो,
एक यात्री म
भिडमा रोमलिएको।
के छ खबर सोध्लान केहि,
म रुंदा दुखि होलान केहि!
लाई दुख कै मलम मनको घाउमा
उजाडिएको रङ्गमन्च कसरि सजाउ म ?
शुन्य शुन्य एक्लो एक्लो, एक यात्री म भिडमा रोमलिएको।
रङ्गिन गुंरास छोडेर आछु, आजभोली म परदेशी भाछु, न हिमाल हासेको देख्न पाछु, न नैआमाको काखमा बस्न पाछु
शुन्य शुन्य एक्लो एक्लो, एक यात्री म भिडमा रोमलिएको। नदि बनेर यि आशुका भेल, मिसिन आइपुगयो समुन्द्रमा हेर! जल्छ अझै त्यो प्रक्रिति, म पराई प्रक्रितिमा रमाएको देख्दा, म आफैं रुन्छु भित्र, लाई जो मेरो हैन उसले अङ्गाल्दा

मेरा कल्पनाका ट्रेन,
कालो मुस्लो उडाउंदै,
छुकछुक छुकछुक आवाज
निकाल्दै
बिस्तारै दौडिन्थे।
ठ्याकै मैले नेपाल भारत सिमामा देखेको
कालो मुस्लो उडाउंदै,
छुकछुक छुकछुक आवाज
निकाल्दै
बिस्तारै दौडिन्थे।
ठ्याकै मैले नेपाल भारत सिमामा देखेको
रक्सौलका ट्रेन जस्तै
खाने, पिउने,
सुस्ताउने, पढ्ने,
युटुब हेर्दै रमाउने,
साथीभाई सङ्ग बात मार्ने,
एक थलो बनेको छ
मेरो कल्पनाको भन्दा
निकै भिन्न यो ट्रेन।
सुस्ताउने, पढ्ने,
युटुब हेर्दै रमाउने,
साथीभाई सङ्ग बात मार्ने,
एक थलो बनेको छ
मेरो कल्पनाको भन्दा
निकै भिन्न यो ट्रेन।
समय र ट्रेन
आजभोली मलाई उस्तै लाग्छन्
एकाअपसमा मित लगाएका
मित्ज्यु जस्तै,
किन?
दुबै पर्खंदैनन कसैका नीम्ति
कति भाग्दौड गर्दा पनि,
फुत्किसकेपछि समात्न असम्भव।
त्यति मत्रै कहाँ हो र?
पहिले लाग्थ्यो,
समयले धेरै कुरा सिकाउछ,
जबजब म यात्री,
ट्रेनबाट यात्रा गर्छु,
समयले जत्ति कै कुराहरु
मलाई ट्रेनले पनि सिकाउदै अघि बढाउंछ,
आजभोली मलाई उस्तै लाग्छन्
एकाअपसमा मित लगाएका
मित्ज्यु जस्तै,
किन?
दुबै पर्खंदैनन कसैका नीम्ति
कति भाग्दौड गर्दा पनि,
फुत्किसकेपछि समात्न असम्भव।
त्यति मत्रै कहाँ हो र?
पहिले लाग्थ्यो,
समयले धेरै कुरा सिकाउछ,
जबजब म यात्री,
ट्रेनबाट यात्रा गर्छु,
समयले जत्ति कै कुराहरु
मलाई ट्रेनले पनि सिकाउदै अघि बढाउंछ,
तर जिन्न्दगी भन्दा ठ्याक्कै बिपरित
अन्तिम गन्तब्य मा पुगेपछि,
पुन उल्टो हिंड्न मात्रै हैन्,
उस्तै दुरुस्तै गरि कुद्न सक्ने!
अन्तिम गन्तब्य मा पुगेपछि,
पुन उल्टो हिंड्न मात्रै हैन्,
उस्तै दुरुस्तै गरि कुद्न सक्ने!
Monday, January 21, 2019
मिस्डकल भाग-७
माया त दिनदिनै बढ्दै थियो त्यसैले त! अत्याधिक जलन हुन थालेको थियो उनका प्रतिउत्तर आउनलाई एक्छिन मात्रै ढिलो हुद खेर पनि। आत्तिन्थेँ र सोधि हाल्थेँ "बिजि होर?"
उनि "काम गर्दै छु" भन्थिन। कहिले खाना बनाउदै कहिले के गर्दै, कहिले के गर्दै।
अनि उनले मलाई पनि सोध्थिन अनि बल्ल अनुभुति गर्थे म, यो जलन ब्यर्थको रहेछ, नेटवर्क प्रब्लम पनि अत्याधिक अनि कहिले काहि काम गरि रहेकै बेला, च्याट गरिथ्यो र त कहिले रिप्लाई गर्न लेट कहिले गरेको काम काम नलाग्ने गरि बिग्रिने,
कयौ पल्ट खाना भस्मचुर हुने गरि डढाएँ, अनि एउटा काम गर्न लाग्दा घरि घरि के गर्न लागेको थे नै बुसुक्कै बिर्सिन्थेँ।
यति क्लोज भईसकेको थियो तर ऐले सम्म पनि मैले उनलाई प्रोपोज भने गरेको थिईन,
"साँचो प्रेम गर्न पनि कुनै दिन समय र स्थान चाहिन्छ र ? "जस्तो लाग्थ्यो,
हुनत घुमाउरो पारामा उनलाइ सङ्केत नै नदेको चै पक्कै होईन। उनि टपिक मोड्थिन अर्कै तिर।
ऐले सम्म फेसबुक चलाउन धेरै जानि सकेको थेँ, फोटोहरु नि राख्थेँ कहिले काहि, र हरेक फोटोमा उनको लाईक र कमेन्ट आउने पनि पक्का थियो।
र केहि साथिहरुले पनि कमेन्ट ठोक्ठे, अनि कमेन्ट कमेन्टमै गफ हुन्थ्यो ऐले सम्झिदा नि हासो उठ्छ।,,,,,

यति सम्म बिजि हुन थालियो उनि सङ्ग कि, कलेजमा धरि ब्यागमा मोबाइल हालि हालि च्याट गर्ने। उनि सम्झाएको जस्तो गर्थिन बुद्धु पढ्नु पर्छ नि पढ्ने समयमा त,
अनि म पनि बुझे जसरि "हुन त हो" भनेर प्रतिक्रिया दिन्थे। जब बाई लेख्ने तर्खर गर्थे, उन्का भाबहरु यसरि ओईरो लाग्ने गर्थ्यो कि मानौ, म सदाका लागि जाद छु उनि बाट टाढा। अनि कहिले अन्लाइन नै छोडेर पढिन्थ्यो उनका म्यासेजका ताति हुन्थे, र उनको क्लास हुदा पनि उसतै,, हामि दुबै जनालाइ एकअर्काको कुन बेला कुन बिषय हुन्छ समेत याद भैसकेको थियो॥। उस्तै दिन्चर्या, हुदै थियो। एक्दिन उनले सोधिन भोलिको प्लान के छ?
मैले भने के हुनु र, त्यहि त हो कलेज गयो आयो? अनि तिमि सङ्ग च्याट गर्यो। किन र?
भोलि भ्यालेन्टाईन डे नि त। केहि होला नि कलेजमा प्रोग्राम, आइ मिन कसैलाई प्रोपोज गर्ने होला नि।
झसङ्ग भएँ, काँ कलेजमा कोहि हुनु पर्यो नि, म एकजना स्पेसललाई गर्ने हो, भने।
यावत कुरा हरु भए, त्यस उनि सङ्ग अझै नजिकिन र समिप रहन, साना भन्दा साना कुरा हरु सोध्थेँ, अनि हेक्का पनि। अनि उनि पनि उस्तै।
भोलि पल्ट कलेजबाट आएँ, केटाहरु बाहिर घुम्न गएका रहेछन्। म पनि, बल्ल मौका मिल्यो उनलाई फोन गर्ने जस्तो लाज्ञ्ो॥॥ ढोका बन्द गरेँ, २-४ चोटि लामो सास फेरेँ आफै लाइ सहज बनाएं, अनि उनको नम्बरमा फोन लगाएँ। घन्टि गयो, आज अचम्म भयो एक घन्टिमै फोन उठ्यो।
हेल्लो"
हेल्लो" के छ मिस्टर काले को हाल्खबर?"
ठिकठाक अनि कालीको के छ नि?"
मेरो त रमाईलो छ, उनले भनिन।
आज म एउटा गीत गाउँछु सुन है।"
वाह आज मेरो कालेले गीत गाउने"
सुनाउन सुनाउन प्लिज।
सदै उनका सुमधुर आवाजमा सुन्थेँ, आज आफ्नो बेसुर, र बेतालमा पनि गाउने प्रयत्नमा लागेको थिएँ म। साच्चै जस्तो भए पनि नहास्नु ल भने र कबुल गर्न लगाएँ सुरुमा। उनले ह्वस भन्दै सहमति जनाईन।
"सुनन परी तिमिलाइ
धेरै माया गर्छु म
तर भन्न सकिन
सहारा लिदैछु यो दिनको
नाई भन्ने छैनौ आशा छ मलाई
तिमि बन्छौ र मेरो भ्यालेन्टाइन।
तिमि हुन्छौ र मेरो भ्यालेन्टाईन।"
यो अति नै सुन्दर भ्यालेन्टाइन सङ्ग आफ्ना बेफ्वाँक सुरमा गाउँदै थिएँ, जति जति पछि हुन्थ्यो आवाज खुल्दै आई रहेको थियो।
गीत सब सक्कियो, मेरो मन चङ्गा सरि उड्न थोज्दै थियो तर उति नै खेर, उता बाट डाँको छोडेर रोएको आवाज आयो।
तनाब हुन थाल्यो, के भयो उनलाई सन्चो नभएर रोएकि हुऊन कि, त्यो गीतको भावमा डुबेर रोईन अरे बाबा भावमा डुबेर फेरि रुनु किन? झन खुसि हुनु पर्ने उनि॥॥
के भयो, किन रोको मलिन स्वरमा भने,
उनको प्रतिउत्तर थियो
"आई लभ यु माई बेष्ट फ्रेन।" अनि फोन काटिन।
म छाङ्गा बाट खसे जस्तो भए। आई लभ यु भ अनेसि फेरि किन रोईरहनु? मैले बुझ्न नसकेको कुरो,
रोएको आवाज्, अनि फेरि फोन काटेसि डर लाग्न थाल्यो। उनको मोबाईल निकै बेर सम्म अफ थियो। फेसबुक पनि खोलेकि रहेनछिन।
म प्रत्यक क्ष्ण तड्पिरहेको थिएँ, के गर्दै छिन उनि, कसो गर्दै छिन।
न उनको अर्कै बोई फ्रेन रहेछ कि अनेकौ अनेक प्रश्नको ढिस्को खस्दै थियो मानौ, भर्खर ठुलो बर्षाले पहिरो जादै छ प्रश्नहरुको।
उनले १।२ घन्ट जति पछि फोन अन गरिन, र फ्रेश मुडमा कुरा गरिन बल्ल। आनन्दको आयो।
मैले उन्लाई उक्साई रहेको थिएँ मेरो उत्तर दिन उनि टार्न खोज्दै थीइन, आई लभ यु बट एज माई बेष्ट फ्रेन।
मैले पनि भनिदिए। त्यो तिम्रो ईक्षा स्विकार्ने वा नकार्ने, किन कि प्राप्ति मात्रै माया हैन यो सन्सारमा र यो मैले राम्रो सङ बुझेको छु। छाति माथि हजारौँ किलाहरु एकैसाथ रोप्दै बोलिरहेको थिएँ म सिर्फ उनको कुरा र उनका चहाना हरु अनि भावनाहरु माथि ठेस नलागोस भनेर।
#यात्री
मिस्डकल भाग-८

उनका भावनाहरुमाथि कुनै किसिमको घात पुर्याउन चहान्नथेँ। आखिर खप्पर न हो जे लेख्या छ भाज्ञ्मा त्यहि त हो पाउने। उनि गरुङ्गो मन लिएर बोलि रहेकि थिईन। म प्रष्ट थिएँ किन कि आज उनको कुरा गर्ने शैलि अलिक फरक थियो साबिक भन्दा।
मैले धेरै हसाँउने प्रयत्न गरेँ उनि हाँसिनन बरु हासेको र खुशि रहेको जस्तो गरिन। म सारै दुखि थिएँ किनकि उनि पनि दुखि जो थिईन। र अर्को कारण भनेको उनले मनभरि बिभिन्न किसिमका कुराहरु खेलाईरहेको थीइन र मैले उनलाइ सोध्ने प्रयाश पनि गरिन। एक त भ्यालेनटाइन डे अनि अर्को उनको खाटा बसेको घाउ कोट्याउन चहान्न थेँ।
उनले भने पनि नभने पनि भन्न नमिल्ने भएरै उनले अहिले सम्म मुख नखोलेकि होलिन यो बिशयमा जस्तै लाग्थ्यो। मैले गरुङ्गो मनले उनसङ्ग कुरा टुङ्ज्ञ्ाए। फोन राख्ने बित्तिकै उकुसमुकुस भएर आयो। ग्वाँ कि ग्वाँ रोऊँ जस्तो, आंशुका दुइ ढिक्का आँखाका छेउ हुँदै सरर गालालाई आफ्नो बाटो बनाउदै चिउँडो सम्म आए र तप्प खसे भुई मै। आशुका ढिक्का भुईमा खसिसकेसि पनि मलाई नै टुलुटुलु हेरिरहेको झै गर्दै थिए, र लाग्दै थियो कि मलाई भन्दैथे। किन हामीलाई आफ्नो आखाबाट झारिस खुरुक्क न त्यहि आखामा राख।
मोबाइल हेरेँ आज भ्यालेन्टाईन डे भएको ले मैले आज वालपेपर नै उनकै तस्बिर राखेको थिएँ।
निलो टोप्स अनि कालो लेगिङ्गस। अगाडि पट्टिको कपाल सर्लक्क देब्रे तिर सोरेर लगेकि अनि पछाडि बानेकि, पिङ्गमा बसेकि उनि। अनि ओठमा अनुपम मुस्कानका साथमा। मैले त्यो तस्बिर हेर्न थालेपछि उत्तिनै खेर मुस्कान छाईहाल्यो।
आखिर उनको तस्बिर पनि बोलुँला झै गर्दै। अनि पिङ्ग हलाई दिन भने झै लाग्दै थियो।
ढोका खोलें अनि बाथरुम गएर टाउको पखालेँ गरुङ्गो भएको टाउको अलि हल्का भयो। बाहिर निस्कन मन लाज्ञ्ो, निस्के अनि एक्छिन डुलेर आएँ। केटाहरु आइसकेको रहेछन। डुल्न गका रे सबै आज काँकाँ कस्तो कस्तो चर्तिकला देख्न पाईदो रहेछ भेनेर। धेरै हसाएँ साथिहेरुले पनि। अनि कता कता चै उनकै याद पनि आई राख्यो यदाकदा।
बेलुका खाना खाइयो। अनि एकै छिन पढेर सुत्ने तर्खर नि गरियो। का सुत्ने तर्खर गर्नु, केटाहरुको अगाडि चाई सुत्ने तर्खर गरे झै गरेँ तर बास्तबिकतामा म बारम्बार उनको नम्बर डाएल गरि रहेको थिएं, मोबाइल ओफ भनिरहेको थियो। फेसबुकमा अनि मोबाइल दुबै मा म्यासेज छोडेँ। निकै बेर पछि फेसबुकमा देखा परिन उनि, अनि हत्तनपत्त मोबाईल्मा डाएल गरेँ ओफ नै थियो। उनलाइ सोधें, उनले भनिन मोबाईलमा चार्ज छैन त्यहि भएर हो, ऐले त ड्याडिको मोबाइलबाट अनलाईन बसेको छु।
यति उनका बात सुनेर दङ्ग परे मनमनै भन्दै थिएँ "उ मेरै मायाले अन्लाईन आएको हुनु पर्छ। १ घन्टा जति कुरा भयो। र ड्याडिको मोबाइल फेरि बैठक कोठामा लगेर चार्जमा जोड्नु छ निदाएँ भने तनाब हुन्छ भन्दै थिईन उनि।
बैठक कोठामा किन भनेको बुढा डराउँदा रहेछन मोबाईल पड्किन्छ भनेर त्यहि भएर अर्को कोठामा चार्ज्मा राखेर सुत्दा रहेछन अनि छोरीलाई पनि आफु सुत्ने कोठामा चार्जमा जोडेर नसुत भन्दा रहेछन्। ठट्यौलि गर्यौं एक्छिन अनि उनि बिदा भैइन फेसबुकबाट तर मन मस्तिस्कबाट अहँ पटक्कै हुन सकिनन्।
"सपना त्यो होईन जुन निदाएको बेला देखिन्छ, सपना त त्यो हो जस्ले निदाउन दिदैन। "- अब्दुल कलाम को यो पङ्तिले मलाई कता कता मेरो जिबनको सपना नै उनि हुन कि भन्ने भान पर्न थालिसकेको थियो किन कि आज भोलि उनकै यादले म लेट नाईट अनिदो बस्न थालेको जो थिएँ। कहिले उनकै बारेमा सोच्दै त कहिले उनि सङ्ग गफगाफ गर्दै मनका सारा बोजहरु बिसाउने चौतारीमा थकाई मार्न सुस्ताए जसरि बसिरहन्थे ॥
तर फरक भने अवस्य थियो, चौतारीमा भारी बिसाएर सुस्ताउँदा, फेरि आफ्नो यात्रा सुरु गर्नु पर्दा पहिले भन्दा भारी झन गरुङ्गो भएको महसुश गर्छन रे मान्छेहरु तर म चैं, झन नया उत्साह नया उमङ्गका साथ उर्जाले भरिन्थेँ जब जब उनिसङ्ग मेरा मनका सारा दुख बिसाउथें, मेरा दुख नष्ट हुन्थे भने मेरा खुशि उनि सङ्ग बाढ्न पाँउदा दोब्बर बढेको जस्तो पनि लाग्थ्यो।
उनि फेसबुकबाट गैसके पछि पनि यदाकदा उनकै प्रोफाइलकै वरिपरि भौतारिरहेँ, सोच्दै थिए, मेरो मन यहि कतै हुनु पर्छ, अनि उनका प्रत्यक तस्बिरमा देखिने मुस्कानमा अल्झिएको पाउँथेँ मेरा सारा हर्ष अनि खुशिहरु। उनको कलेज ड्रेसमा खिचेको फोटो अनि साथिहरुसङग खिचेको ग्रुप फोटो दोहोरिने अग्रेरै हेरे, अझै धित मरेको थिएन्। अब आँखाका परेला बाट्टि सकेका थिए।
मोबाइल भाइब्रेट गर्यो, उनको म्यासेज आएको रहेछ॥॥ "सरि काले, गुड नाईट स्विट ड्रिम्स"
म्।
ऐले पनि हत्पत्त लेखें, गुडनाईट स्विट ड्रिम्स एन्ड लभ यु माई बेष्ट फ्रेन्ड।
अब भने आनन्दको निद्रा निदाउने भैयो भनेर सोच्दै थिए।
निदाएछु॥॥।

Subscribe to:
Posts (Atom)