म दुर बाट आउँदै थिएँ।
माया बोकि ल्याऊँदै थिएँ।
अञ्जान कसैसङ्ग ठोकिन पुगेँ।
त्यसैले त!
बिच बाटो मै रोकिन पुगेँ,
न नजर जुधे!
न शब्द फुरे,
अनायसै टोलाईरहेँ,
उनि तिरै मेरा नयन
यसै लोलाईरहे।
छोटो स्पर्श,
मिठो याद बन्यो,
एक झलक मै
कल्पनाको सन्सार बन्यो।
न उनको नाऊँ थहा थियो,
न उनि बस्ने ठाउँ थहा थियो।
तै पनि मस्त थिएँ म,
उनको सारा बिवरण मानौँ थहा थियो।
ध्यान नडगमगाई उनि
आफ्नै बाटो अघि बढ्दै,
उनले भनेका दुई शब्द "कस्तो #स्
कानै भरि गुञ्जिरहे।
गाली पनि ताली सरि,
खोई किन आफैमा रमिरहेँ।
सायद उनले पनि
काला चस्मा लगाएको हुनु पर्छ,
मै जस्तै,
तर उनका चश्मा पारदर्शि,
र मेरा निकम्मा आखा छोप्ने मत्रै।
तर उनि सङ्ग थिएन
छडि मैले बोके जस्तै,
र थिएन समय पर्याप्त,
रोक्न पाईला मैले रोके जस्तै।
तर मिठो याद दिलाएर गईन,
चिरि मुटु सिलाएर गईन्।
#यात्री