"दाई ५ वटा रोटि प्याक गर्दिनु है"!!!
रोटि मत्रै ? प्रश्न गरे, ढावाका दाईले,। एकैछिन सोचेर अँ, रोटि मत्रै भने। घडि हेरेँ ७ः५५ भएको रहेछ।
भाउन्न हुदै थियो, अघि देखेको त्यो द्रिश्यले। त्यति साह्रो खासै केहि थिएन होला, अरुका लागि जस्ले, त्यो र त्यस्ता घटना कैयन्, पटक देखेका छन्, तर मलाई नरमाईलो लागि रहेको थियो। मुटु भारी भईरहेको थियो।
र यो स्वभाविक प्रतिक्रिया हो, हामी सबैले देखाउने।
घटना थियो एक अन्दाजि ६० बर्षिय मानिस, स्ट्यान्डर्ड चार्टर्ड बैंक नजिकै रहेको पोल(खम्बा) को फेदमा फालिएको फोहोरको झोला ओल्टाईपल्टाई गर्दै केहि खोज्दै थिए, अनि बिस्तारै त्यस झोला बाट केहि झिकेर मुख सम्म पुर्याउँदै गरेको त्यो क्षण निकै नरमाइलो र तनावपुर्ण लाज्ञ्ो।
र त हेल्लो नेपाल को बिल्डिङ्ग सङ्गै टाँसिएको ढावामा छिरेँ र रोटि प्याक गर्न लगाएँ।
म भित्र छिरेर मेनु कार्ड हेर्न थालेँ, आलु मटर नि प्याक गर्न भने, तर सक्केको हुनाले फेरि, दाल फ्राई प्याक गर्न लगाएँ। र बाहिर पट्टी नै बसेँ, त्यहि मानिस्, मिनभवन तिर अघि बढ्दै थिए। निलो कालो छिर्केमिर्के सर्ट, खुट्टामा जुत्ता र कपडाको पाईन्ट लगाएका थिए उनि पछाडि एउटा #ब्याग पनि भिरेका थिए। र हेर्दा खासै दयनिय अवस्थाका देखिँदैन थिए उनि। र त म एकैछिन रनभुल्लमा परेँ अघि देखेको सायद उनि हैनन भनेर।
खोइ के सुर चढ्यो र के सोचेँ? फेरि ३ वटा रोटि छुट्टै प्याक गर्न लगाएँ।
पैसा तिरेँ, र निस्केँ अघि पछि मिनभवन क्याम्पस जाने बाटो बाट छिर्थेँ तर आज सिभिल अस्पताल हुँदै हिँड्दै थिएँ तर त्यस मानिसलाइ नदेखेकोले कता कता खिन्न पनि लाग्दै थियो। पाईला लामो गरेर चालेँ नापी बिभाग अगाडि पुगे पछि ति मानिसलाई, बोलाउनै अप्ठेरो लाज्ञ्ो, म भन्दा पछडिका मनिसलाई आफु भन्दा अगडि जान दिएँ अर्थात आफ्नो हिँडाईको गति घटाएँ। ति मानिसलाई कुममा हल्का सङ्गले हातले बोलाएँ।
" तपाईँलाई भोक लागेको छ?" मेरो प्रश्न,
"छ" भने उनले र मैले हातमा रहेको एउटा झोला मध्ये एउटा जस्मा दाल फ्राई र ३ पिस रोटि थियो, उनको हातमा दिँदै भनेँ, "तपाईंको लागि खाना"। निकै हर्षित थिए उनि र उनि भन्दा दोब्बर थिएँ म। कारण थियो, आत्मसन्तुष्टि। जुन अरुलाई सहयोग गर्दा मिल्छ।
सोधेँ कहाँ बस्नु हुन्छ? सुरुमा त! कोटेश्वर भने अनि थपि हाले, "कोटेश्वर नया पुल बन्दै छ नि त्यहि मुनि बस्छु।"
अनि तपाईको नाम? उनले भने, श्याम डङ्गोल।
घर को प्रश्नमा उन्ले भने, हेटौँडा,
म आफुले जानेको ठाउ भएर सोधे हेटौँडा कहाँ ? उन्ले भने चौकिटोल मा।
उनि घर छोडेर हिँडेका रहेछन्, कामको खोजिमा।
परिवार छोडेर हिँड्नुको रहस्य सायद काम मत्रै हैन।
परिवारको बारेमा सोध्ने मन र ईक्षा हुँदाहुँदै, बिदा माग्दै हिँड्नु पर्यो।
ह्वस त म यो बाटो बाट भित्र जानु पर्छ। ल राम्रो सङ्ग जानु, आफ्नो ख्याल राख्नु।
उनको अनुहार त प्रष्ट देख्न सकिन, तर नमस्ते गर्दै थिए। म पनि नमस्कार गर्दै आफ्नु घर तर्फ लागेँ।
#आत्मसन्तुष्टि आफ्नो खुशिमा भन्दा पनि आफुले गरेका असल कार्य र सहयोगि कदममा भेटिन्छ।
#Help the needy, You will get the greatest happiness. :)
#यात्री
#NOTE
झोला थमाऊँदै फोटो लिनु, मेरो आदर्शले दिएन र दिँदैन।
#dhanyabaad
No comments:
Post a Comment