न त कसैको कर थियो,
न त कुनै रहर थियो।
कल्पनामै डुबेर सजाएको,
सपनाको सानो शहर थियो।
बिपनि बिन्दास आफ्नै तालको,
सपनि चैँ टुट्ला कि मनमा थोरै डर थियो।
प्रेम मै नफसे नि, पागल प्रेमि,
बैरगिको झैँ हर प्रहर थियो।
मिठास छुट्टै थियो सपनामा रम्नुको,
बिपनिमा त हर तरफ जहर थियो।
।
न त कसैको आश थियो,
न त कोहि खास थियो,
एकै छिन भिडमा रोमलिएनि,
एकान्त कै बास थियो।
खुशि सङ्गाल्न खोजे पनि,
जिन्दगि दुखै दुखको रास थियो।
प्रश्न हजरौँ उब्जिरहन्थे तैपनि,
सुन्यता र मौनता केबल पाश थियो
ईक्षा पुगे धन्य छौ भगवान,
नत्र जीवन सत्यानाश थियो।
दुनियालाई दुख देखायो, खुसि हुन्छ ब्यर्थै,
त्यसैले मनैले रोए नि चेहराले हाँस दियो।
#यात्री
No comments:
Post a Comment