Friday, July 22, 2016

खुला आकाश छत बनाई,
म बसिरहेँ,
घामपानी केहि नभनि,
घाम जति चर्किन्थ्यो,
उति नै मन चट्टान सरि अडिक बन्थ्यो,
र पानी जति पर्थ्यो,
आखाबाट केहि बर्षिन्थ्यो।
फोहोरमा मिल्क्याईएका,
हिलोमा लत्पतिएका,
ती बासि सडेका खाएरै बसें,
आफ्नो दुख पिडा आफैसङ्ग
लुकाएरै बसें।
तर​
न मैले कसै सामु हात फैलाएँ,
दुख​ः भ​ए नि आफै सङ्ग रमाएं,
न मलाई कसैको केहि डर थ्यो,
न त केहि गर्नै पर्ने नै कर थ्यो,
कसैले केहि दिन्थे
भने हासेरै समाईदिन्थें।
तर यो शिर झुकाईन​,
दुनियाले स्वाभिमानि शिर
अरुकै भन्लान्,
तर हे मानव रुपि मुर्ति हो,
भन तिमी
म भन्दा स्वाभिमानि
 अरु कहाँ भेट्यौ???
#यात्री

No comments:

Post a Comment