राजनीतिमा प्रचण्ड र के. पी. ओली
हुन त राजनिती र रणनिति म केहि पनि बुझ्न सक्दिन। यद्यपि बुझ्नै नखोजेको भने पक्कै होईन। यहाँ कसैले कसैलाइ बिश्वास गर्न योज्ञ छैनन्।
सबै काँधमा काँध मिलाएर अघि बढ्ने सम्झौता गर्छन्, तर जब कोहि अलिकति मत्रै कम्जोर ठहरिन्छ उसैलाइ तल्तिर दबाउँदै उसैको काँधमा नै चढ्ने प्रब्रिति नेपाली राजनितीमा नदेखिएको पनि कहाँ हो र?
यहाँ कोहि भुस्तिग्रे पाल्छन, कोहि आफ्नै सत्ता ढाल्छन, अनि कोहि मुखले रामराम बगलिमा छुरा हाल्छन। र बनाईरहेका छन नेपाली राज्निति अस्तब्यस्त।
नेपालको बिकाशको बाधक ठहरिएको राजनैतिक अस्थिरता, चौतर्फि समस्याको प्रमुख जड मानिन्छ। ब्यबसायिक लगानि देखि, बिदेशि कम्पनिका ठुल्ठुला प्रोजेक्ट सम्म पनि निकै प्रतिकुल असर खेपिरहेको देख्न सकिन्छ।
जुन जोगी आएनि कानै चिरेको भनिए जस्तै, बिगत २६ बर्षमा भएको २२ सरकारको परिवर्तनले राजनैतिक अस्थिरताको राम्रो ब्याख्या गर्छ।
के.पी. ओलीले चौतर्फि वाह्वाहि बटुल्दै गर्दा र अर्को तर्फ प्रचण्डले आलोचना खेपिरहनु पर्दा पनि अहिले सत्ता उनकै पक्षमा गएको छ।
न मेरो ठम्याई नै हो उनि नराम्रा मान्छे हुन भन्ने, यद्यपि द्वन्द काल मा भएका कयौं मानविय तथा भौतिक क्षतिको लेखाजोखा त अवस्य पनि जिम्मेवार नागरिकले राखेकै छन्।
के,पी ओलिले आज सायद मैले केहि बुझ्न सक्ने भैसके पछि पहिला यस्ता नेता हुन जो म्रित्यु अगावै यति धेरै प्रशंसा बटुल्न सफल भए। मुलुकलाई भुकम्पले तहसनहस बनाईसकेपछि र छ महिने अघोशित नाकाबन्दिको मार खेपि रहँदा उनले शिर नझुकाउने भनेर गरेको अठोट पक्कै पनि नेपालीको पक्षको निर्णय हो। उखान टुक्का र हाँस्यब्यङ्यले पनि उनलाई नेपाली माझ परिचित बनाउन मद्दत गर्यो।
उनका भाषणहरु मध्य घरघरमा ज्ञ्ासको पाईप र हावाबाट निकाल्ने भनिएको बिजुली नेपाली जनता माझ निकै हिट खाए साथै प्रसस्त आलोचना समेत बटुले।
सायद निकै गाह्रो हुँदो हो राजनिति गर्न। भन्छन नि बोल्न जति गाह्रो हुन्छ त्यो भन्दा कयौँ गुना गह्रो हुन्छ बोलेका कुराहरु ब्यबहारमा उतार्न।
केपी ओलीले बोलेका कुराहरु सुन्दा निकै स्पर्शि सुनिन्छ तै पनि, ति कुराहरुलाई उनले उतार्न सक्थे वा सक्दैन थे भनेर अझै कम्तिमा एक बर्ष सम्म पनि सत्ता मै साझेदार भुमिका खेलेर बाहिर आएको र प्रतिपक्षमा रहेको पार्टिले धैर्यता भएको भए जनताको नजरमा सबै कुरा छर्लङ्ग हुन्थ्यो। सायद कुर्सिको मोह नै त्यस्तै हुँदो हो, टाढा बस्नै नसक्ने।
गाँऊमा दशैँको बेलामा हालेको पिङ्ग जस्तो सबैले आफ्नो पालो कुरेर बस्ने।
आर्थिक ब्ृद्धि दर र नेपाललाई साँच्चै प्रगतिपथमा अघि बढाउनको निम्ति केपी ओलीको सोचहरु आधारशिला बन्न सक्छन्। यी यावत कुराहरुले नै जनमानसको नजरमा माओबादि पहिले भन्दा थोरै तल अवश्य गिरेको छ। तर माओबादिले केहि गर्नै सक्दैन भन्ने चैं अवश्य हैन्।
नेपाली जनता पहिले भन्दा राजनितिक गतिबिधिहरु प्रति निकै सजक भैसकेका छन। ऐलेको राज्नितिक माहोलले भने पक्कै पनि एउटा अर्को प्रश्न चिन्न खडा गरेको छ। के साँच्चै केपी ओलीले आफ्ना बोलीलाई ब्यबहारमा ढाल्न सक्थे? र हो हल्लाका पछाडि लाग्नेहरुमा उनका नाम नेपालको सबै भन्दा काबिल मानिसको रुपमा छापिसकेका छ्न।
जो सरकारमा आओस, राजनितिक स्थिरता छाओस, सारा नेपालीको जनभावना समेट्न सक्ने सक्षम र सबल नेताले देश हाँकुन। बिकाशले गति लिन सकोस र नेपाल र नेपालीको स्वाभिमान सधैं उच्च हुने कार्य गर्न सकुन नेपाल हाँक्न होड्बाजि गर्ने चालकहरुले।
#जयनेपाल
#यात्री

No comments:
Post a Comment