४ः३५ जति भएको रहेछ। झल्यास्स ब्युझिएँ एक अनौठो र निक्कै फरक सपना बाट।
म एक ठुलो कम्पनिमा कार्यरत रैछु अझै भनुँ ठुलै पद सम्हालेर बसेको। आफ्नो अफिसको सिसाबाट बाहिर सबै छर्लङ्ग देखिने, र बाहिरबाट पनि भित्रका केहि द्रिश्यहरु देखिन्थे, तर पुरै पारदर्शि भने थिएन। म एक पदका निम्ति कर्मचारि छान्ने प्रक्रियामा रहेछु। बाहिर निकै लामो लाईन थियो। लाईनको बिचतिर एक जना उमेर सानी केटि उभ्भिरहेकि थि, मानौ मलाई उसले त्यो शिसाबाट भित्र सजिलै देखि र हात हल्लाई, दुबै हात, टाउको भन्दा माथि उठाएर दाँया हात बाँया कुमसम्म र बाँया हात दाँया कुम सम्मै पुग्ने गरेर। मैले वास्ता गरिन र मलाई फुर्सद पनि रहेनछ।
केहि समय पछि उनि मेरो ढोका सामुन्ने आईन, मलाई अचम्म लाज्ञ्ो किनकि उनका आँखा आँशुले टिल्बिल टिल्बिल थिए, बर्षायाममा भरिएको बाँध जस्तै।
मैले उनलाई सोधें, "के भयो?"
उनले भनिन,"केहि भको छैन।" (आँखाका डिलबाट दुई थोपा आँशु चिंऊडो सम्म आएर तप्प भुँईमा खसे।)
अनि किन रोएको त?" मेरो प्रतिप्रश्न थियो।
यस्सै। (आँखाका आशु पुछदै तपाईँ लोटस एकेडेमि पढ्नु भको है?)
हजुर हो, तर कसरि थहा पायौ?" मैले सोधेँ
"म पनि त्यहि स्कूल पढेकि हुँ।" उनले भनिन
ए हो र। मेरो सधारण प्रतिक्रिया
उनले आफ्नो नाम के भनिन सम्झन सकिन,
तर उनले आफ्नो नाम भन्ने बित्तिकै याद आयो आफु एस एल सि दिने बेलामा उनि यु,के,जि, मा पढ्दै थीइन सायद, अनि हामी कक्षाका साथिहरु उनको #cuteness को खुब तारिफ गर्थ्यौं।
हामी हाम्रो कक्षाको साथिहरु केटाकेटि सबैजना उनि सङ्ग खुब खेल्थ्यौँ जिस्किन्थ्यौँ।
"धत लाटि तिमी नि कहिं लाईन बस्नु पर्थ्यो त आफ्नो दाईको अफिसमा आउन?"
,
निद्रा टुट्यो। अचम्म लाज्ञ्ो यो सपनाको अर्थ के हो? न उनलाई मैले अघिपछि देखेको थें, न चिनेको नै।
#यात्री
#सपनाकोकुरा

No comments:
Post a Comment