Monday, March 26, 2018

२०५४-५५ सालको गर्मि याम​
एउटा ४-५ बर्षे बालक
झ्यालबाट चिहाउँछ
बन्द कोठा,
शनिबारको दिन​​
मध्यान्नको १२ः३०
एउटा सानो टेबल
त्यस माथि एउटा सादा टि,भि,
नेपाल टेलिभिजन​
पप गीतको कार्यक्रम​
भगवान "साझ पख" गीत देओस
भन्दै गरिएको एक प्रार्थना!!!
#यात्री

Monday, March 12, 2018

बाबाको सपना


आजको बिमान दुर्घटनामा स्वर्गारण हुनुभ​एका सम्पुर्णप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्न चहान्छु। आजको कालो दिनलाई एउटा कबिता मार्फत प्रस्तुत गरेको छु।


बाबा मैले कैयन पटक भनेको थिएँ,
परिवारको कमाई खाने
त्यो गैरिखेत बेचेर
म पढ्दिन​।
अनि तिमीले भनेको थियौ,
छोरा, तिमीले ठुलो मान्छे बन्नु छ​।
जसरी मैले मेरो जेठो छोरो सर्पको टोकाई बाट गुमाउनु पर्यो,
त्यसरि अरु बाबाले अर्को छोरो गुमाउनु नपरोस
हाम्रो गाउबाट २ दिनको दुरीमा रहेको अर्को गाउ छ​
जहा जिबनजल नपाएर बर्षेनि १००औँले
म्रीत्यु सङ्गको लडाईमा पराजित हुनु पर्छ
तिमीले त्यो ठाँउ सम्म पुगेर
उनिहरुको तर्फबाट रक्षक बनेर
लडाई लडिदिनु पर्ने छ​।
तिमीले तमाम आशाबिहिनहरुको
आस्थाको धरहरा बनेर ठडिनु छ​।
छोरा तिमी डाक्टर बन्नु पर्छ​,
मेरा आंखा रसाएका थिए बाबा
तिम्रा कुरा सुनेर​,
म तिम्रा सपनालाई यथार्थमा बदल्न​
ग​एको थिएँ।
म तिम्रा मुहारमा मुस्कान ल्याउन ग​एको थिएं।
म सुनौलो बिहानिको आशाको किरण बन्न ग​एको थिएं।
म मेरो लक्ष्यमा पुग्ने अन्तिम खुड्किलो पार गरेर​
फिर्दै गर्दा अकस्मात भाबिले रचेको षड्यन्त्र मा परें !!!
#यात्री

Saturday, March 10, 2018


एउटै मन उस्तै रगत  भ​एको भिन्न जात देखेको छु
यो भुमीमा मैले सम्भावनाहरुको खात देखेको छु।
कामलाई लगाम दिएर कुर्सिका पछि दौडिन्छन यहा
मेरो देश चलाउनेहरुमा कुर्सिमोहको मात देखेको छु,
छाउमा राउ छिरेर दिदिको अस्मिता लुटिरहदाका दर्शक
नुनचुक लिएर भेट्न आउने अनौठो साथ देखेको छु।
धनिले फालेको गरिबले फोहोरको डङ्गुरबाट उठाएको
किरा पर्नै आटेको कुहिनै सकेको  भात देखेको छु।
मलाई पुर्णेको जुन बनि उदाउनु छ एकदिन ,
किनकि मैले औशिको का,,,,,लो रात देखेको छु
 #यात्री