Monday, March 12, 2018


बाबा मैले कैयन पटक भनेको थिएँ,
परिवारको कमाई खाने
त्यो गैरिखेत बेचेर
म पढ्दिन​।
अनि तिमीले भनेको थियौ,
छोरा, तिमीले ठुलो मान्छे बन्नु छ​।
जसरी मैले मेरो जेठो छोरो सर्पको टोकाई बाट गुमाउनु पर्यो,
त्यसरि अरु बाबाले अर्को छोरो गुमाउनु नपरोस
हाम्रो गाउबाट २ दिनको दुरीमा रहेको अर्को गाउ छ​
जहा जिबनजल नपाएर बर्षेनि १००औँले
म्रीत्यु सङ्गको लडाईमा पराजित हुनु पर्छ
तिमीले त्यो ठाँउ सम्म पुगेर
उनिहरुको तर्फबाट रक्षक बनेर
लडाई लडिदिनु पर्ने छ​।
तिमीले तमाम आशाबिहिनहरुको
आस्थाको धरहरा बनेर ठडिनु छ​।
छोरा तिमी डाक्टर बन्नु पर्छ​,
मेरा आंखा रसाएका थिए बाबा
तिम्रा कुरा सुनेर​,
म तिम्रा सपनालाई यथार्थमा बदल्न​
ग​एको थिएँ।
म तिम्रा मुहारमा मुस्कान ल्याउन ग​एको थिएं।
म सुनौलो बिहानिको आशाको किरण बन्न ग​एको थिएं।
म मेरो लक्ष्यमा पुग्ने अन्तिम खुड्किलो पार गरेर​
फिर्दै गर्दा अकस्मात भाबिले रचेको षड्यन्त्र मा परें !!!
#यात्री

No comments:

Post a Comment