एउटै मन उस्तै रगत भएको भिन्न जात देखेको छु
यो भुमीमा मैले सम्भावनाहरुको खात देखेको छु।
कामलाई लगाम दिएर कुर्सिका पछि दौडिन्छन यहा
मेरो देश चलाउनेहरुमा कुर्सिमोहको मात देखेको छु,
छाउमा राउ छिरेर दिदिको अस्मिता लुटिरहदाका दर्शक
नुनचुक लिएर भेट्न आउने अनौठो साथ देखेको छु।
धनिले फालेको गरिबले फोहोरको डङ्गुरबाट उठाएको
किरा पर्नै आटेको कुहिनै सकेको भात देखेको छु।
मलाई पुर्णेको जुन बनि उदाउनु छ एकदिन ,
किनकि मैले औशिको का,,,,,लो रात देखेको छु
#यात्री
No comments:
Post a Comment