कथा(मिस्ड कल)भाग-२
म प्रतिक्षामा थिएँ, उनको फोनको। उनिलाइ पनि कतिखेर कलब्याक गरुँ झैँ लाज्ञ्ो होला कि लागेन होला या आ रङ नम्बर जस्तो लागेर पो रिप्लाई नगरेकि हुन कि? । ममिले थहा पाएर फोन खोसेर राख्दिनु भो कि? नानाथरिका सोचाइ हरु आउन थाले।
मोबाइल अनलक गर्दै, फेरि लक गर्दै, गरिरहेको थिएँ। मन कताकता डुल्दै थियो, एक्कासि आँखा भित्तामा झुन्ड्याइएको भित्ते घडिमा गयो, ल फसाद,सबा५ भैसकेको रहेछ, पढेको छैन भोलि सरको गाली नमजा सङ्ग खाइने भयो। फेरि खाना बनाउने पालो आफ्नो, तरकारि किन्न नि जानु थियो।
पहिला किचनमा गएर हेर्नु पर्यो, तर्कारी के ल्यऔनु पर्ने रहेछ भनेर किचन तिर लागे अघिपछि वल्लो कोठा पल्लो कोठा गर्दा कहिल्यै मोबाइल बोक्दिन थेँ आज खुसुक्क गोजिमा हाले। आलु र गोल्भेँडा मात्रै रहेछ, ल ठिक छ हरियो तरकारि हेरेर ल्याउँला।
भाडामा के रैछ छोपेर राखेको भनेर हेर्या त,दिउस चिया पकाएर बाकि लग्भग आधा प्याकेट दुध रैछ। तर भाँडा जति सबै जुठो केटाहरु सङ्ग बसेसि एस्तै हो, न उनिहरु गर्छन न आफुलाइ नै गर्न मन लाग्छ। सुरु सुरुका एक्दुइ हप्ता त केटाहरुले गरेनि नगरेनि आफै जागर चलाएर भाडा माज्ने, कोठा सफा गर्ने सबै गरियो जोशमा ऐले त,"मैले मात्रै ठेक्का लेको छु र ?" जस्तो लाग्छ अनि कोठा नि १ हप्तामा एक पल्ट सफा गरिन्छ त्यो नि पालो सिस्ट्म लगाएर।
बाकि रहेको दुध हाले अनि अड्कलेर ३ कप ठिक्क हुने गरि चिया बसालेँ, तिन जनालाइ अर्को साथि सानिमाकोमा गएको थियो। तिन वटा कप माझेँ अनि चिया भाग लगाए।
साथिहरु अर्को कोठामा बसिरहेका थिए। मैले चिया लेर गाको देखेर सब अचम्ममा परे, प्राय यसरी मैले चिया नास्ता खाजा बनाउदिन थेँ। चिया खाने आफ्नो इक्षा अनि चिया बनाए पछि घुर्क्याएँ केटाहरुलाइ ल, मैले चिया बनाए अनि को जानि हो तर्कारि लेराउने, अरु कुरो जान्दिन। केटाहरु नि तिन जना सङ्गै पढेका साथिहरु थियौँ र एक जना साथिको, नाताले दाइ पर्ने। त्यसैले केहि भन्न होर्न घुर्क्याउन नि मजा आउथ्यो।
चिया को कप राखिएको थाल टेबल माथि राखेँ अनि झ्याल तिर गएर पर्दा खोलेँ, अनि झ्याल पनि, प्रशादले गालि गर्यो के गर्छ यो? जम्मै लाम्खुट्टे भित्र छिर्छ र, किन झ्याल खोलेको?, अनि फेरि जोड्यो, आफ्नो कोठामा झ्याल लगाइ हालेको छ अरुको मा के मत्लब है।
अघिपछि सानो कुरामा पनि मुख फर्काइ हाल्नु पर्ने वा कसैले केहि भन्दा सहन नसक्ने आज मौन थिए, अनि फेरि भने, ल ल मुला बन्द गर्दिन्छु भने किनकि आज रिसाइ हाल्ने मुड्मा थिन। झ्याल बन्द गर्दै थिएँ, फोनको घन्टि बज्यो। केटाहरुलाइ को जाने हो तरकारि लिन, जाओ अनि चाडो गरेर ल्याइद्याओ, भने र घरबाट फोन आयो भ्नि आफ्नो कोठा तिर लागे चियाको कप बोक्दै।
नभन्दै फोन घरबाटै आएको रहेछ, कुरा भो एक्छिन। के छ कस्तो छ? खाना समयमा खाइन्छ कि खाइदैन? तातो पकाएर खानु , यस्तै यस्तै अनि पुछार तिर जोडिन्थ्यो पढाइ कस्तो हुदैछ?
फोन राखे पछि, एङ्ग्लिस किताब झिकेर पढ्न थालेँ "द रिअक्करिङ्ग ड्रिम", अनि यस च्याप्टर को समरि भोलि पल्ट क्लासमा भन्नु थियो त्यो पनि अगाडि गएर। पढ्दै थिएँ त्यो नम्बरबाट फेरि मिस्कल आयो,खुशि लाज्ञ्ो ढोकाको चुकुल लगाएँ अनि कल ब्याक गरेँ।
मैले, “हेलो”
उनि “हेलो, अघिन ममि आउनु भथ्यो अनि काटेँ”।
भैहाल्यो नि, भने मैले। उनलाइ धेरै कुरा सोध्न मन लागि रहेको थियो, प्रश्नहरुको भेल मानौँ मेरो मुखमा नअड्डि सबै बाहिर आउन आत्तुर छन तर सम्म्यमित बनाए आफुले आफुलाइ अनि आफ्ना सम्पुर्ण बेगहरुलाइ।
मैले सोधे; "कुन लेभल मा पढ्ने हो नि तपाईं?" मैले तपाईं भनेर सम्बोधन गर्नु नै ठिक सम्झेँ एक त नचिनेको अनि अर्को सानो ठुलो जो भए नि तपाइ शब्द सहजै पचाउन सकिन्थ्यो तर यदि तिमि भनेर पछि ठुलो मान्छे रहिछिन भने आफैलाई झ्याऊ हुन्छ भन्ने लागेकोले।
उनिले भनिन “+२”
“एह हामि त एऊटै लेभल रहेछौँ “ भने अनि,
अब एउटै लेभल भैसकेसि तिमि भन्न सक्थेँ तर कसैलाइ तपाइ भनेर भन्दा भन्दै एक्कसि तिमिमा झर्दा नराम्रो लाग्ला जस्तो पनि लाज्ञ्ो त्यसैले तपाइ नै भने।
फेरि सोधेँ ,” कहाँ पढ्नु हुन्छ?”
उनले भनिन “बि.बि.एम.सि.”
फुल्फर्म धरि थहा थिएन तै पनि एह्ह भनेर टार्दिएँ र सोहि प्रश्न मलाइ दोहोरिदा,
मैले भने "भि,एस,निकेतन"
उन्ले भनिन,”एह्ह भि,एस,मा पो”
लोकेसन, टिचरहरु, अनि मानौ उस्का धेरै साथिहरु नि पढ्छन भि एस निकेतनमा अनि मानौ उ पुरै जान्दथि यो कलेजको बारेमा। अनि पुन सोधे कुन सब्जेक्ट पढ्छौ (फ्याकल्टि शब्द बिर्सेर) उनले सच्च्याएर भनिन फ्याकल्टि त म्यानेज्मेन्ट। मैले नि जोडिदिए म नि म्यानेज्मेन्ट नै पढ्छु.
म चियाको सुरुप्प सुरुप्प पार्दा आवाज आएछ, के खाको नि एक्लै एक्लै?
मलाइ पो अप्ठ्यारो लाज्ञ्ो उन्ले तेसो भन्दा, जुठो छ हुदैन भनेर टार्न खोजेँ. (ल म पनि के खाको भन्ने प्रश्नको उत्तर छोडेछु )उताबाट तेस्तो चाखपुर्ण अबिब्यक्ति आएन मैले नि त्यो कुरा खुलाउनु जरुरि ठानिन। "
ढोका नक गरेको आवाज आयो, र फोन राख्नु पर्ने भयो भनेर फोन राखेँ, अनि ढोका खोलेँ, बिशाल; सनिमाको घर बाट आएछ।
उस्ले सोध्यो," अघिपछि त कहिल्यै ढोका बन्द हुदैन थियो त आज किन ढोका बन्द?"
मैले भने, “आज पढाइमा कन्सर्न्ट्रेट गर्नै सकिन घरबेटिका हल्लाले त्यहि भएर”। ढोका खुल्लै छोडेर भित्रै आयौँ, उ उस्कै बेडमा ढल्क्यो अनि म आफ्नै, उता बाट प्रशाद नि आएछ, “तरकारि ल्याको छु, खाना बना ल चाडो आज लास्टै भोक लागेको छ यार। "
खाजा सङ्गै खाएको २ः३० मा चाउचाउ पकाएर, र ६ः२० मा भोक लाग्नु कुनै नौलो कुरो पनि थिएन, र मलाइ नि बेजोड भोक लागिरहेको थियो।
मोबाइल चार्जमा हाल्नु पहिले सेकुरिटि कोड राखेँ अनि चर्जमा जोडेर खाना बनाउन भान्सामा गए। सानो आवाज पनि, फोन बजेको हो कि जस्तो लाग्न थाल्यो, तर खाना बनाउन थालेसि, जे होस बिर्से जत्तिकै भएर खाना पाक्यो, केटाहरुलाइ बोलाएँ अनि खाना पस्केँ अनि खाइयो, खाना। अब भाडा चै आफुले खाको थाल बाहेक अरु माझ्न नपर्ने थियो। खाइ सक्ने बित्तिकै कोठामा आए, म्यासेज आको रहेछ,
खाना खायौ? के गर्दै?
रेप्लाइ लेखेँ,खाए अनि तिम्ले अब पढ्न लाको एक्छिन। उता बाट रिप्लाइ आयो ल गुड नाइट। यता बाट नि रिप्लाइ पठाउन खोज्छु, मरि काटे गएन, अनि कलडिटेल चेक गरेँ, जम्म जम्मि १२ मिनेट ३ सेकेण्ड कुरा भको रैछ, त्यसैले त ब्यालेन्स सकिएको, ला!! दिउस हालेको ४० रुपे ऐले चट भएछ, भनेर सोचे एकछिन त फेरि एकैछिन मा त्यो भन्दा नि उन्ले पो के सोचिन म्यासेज रिप्लाइ नगरेसि जस्तो लाग्न थाल्यो । हुन त बल्ल एक दिन हुदैछ चिनेको त्यो माथि फोनमा म के यति कुरालाई पनि सिरियसलि लिन थालेको होला?
आ बालै भएन, बिशाल सङ्ग मोबाइल मागे र म्यासेज पठाए उन्लाइ, गुड नऐट स्विट ड्रिम एन ड्न्ट रिप्लाइ इन दिस नम्बर, अन्त्यमा सुमन।" रिप्लाइ आएन अनि निकै बेर पछि म्यासेज अनि डेलिबरि रिपोर्ट डिलिट गरेर फर्काएँ उस्को फोन।
#यात्री
#to_be_continued