कथा(मिस्ड कल)भाग-३
उस्को मोबाइल त फिर्ता गरेँ, तर कता कता लाग्दै थियो, मोबाइल आफै राखुँ, अनि म्यासेज आदान्प्रदान गरीरहूँ सारा रात।
फेरि अर्को मनले सोचेँ म पनि तोईट के भको हुँला?, काम धाम नभाको जस्तो नानाथरि कुरा खेलाएर बसेको। यत्तिकै । उनकै बारेमा सोच्दै थिएँ, सब चैट बनाउन खोजेँ, अब सुत्नु पर्छ मनमा लाग्दै थियो।
ठुलो कोठा, हामि बस्ने अनि दक्षिण कुनामा
ठ्याक्कै झ्यालको आडमा पर्न गरेर मेरो बेड पुर्ब पस्चिम फर्केको अनि उत्तर कुनामा बिशालको उत्तर दक्षिण फर्केको।
गर्मि उस्तै अनि लाम्खुट्टे नि आजभोलि अलि बढ्न थालेका थिए सायद कारण हुनु पर्छ घर अगाडिको करेसा बारि भरि भएका झाडि। मैले चैँ सधै झुल टाँगेर सुत्थेँ, र झ्याल हल्क खोल्थेँ गर्मि मा अलिअलि चिसो हावा खान। हुन त भन्लान मान्छेहरु, काठ्माण्डौ आको दुइ महिनामै गर्मि बढि हुने त्यो माथि तराईको मान्छेलाइ भनेर। तर पोहोरको गर्मि पछि (एक बर्ष पछि) यसपालिको गर्मि त हो अनि काठ्माण्डौमै भैयो र अब रहने भैयो धेरै बर्ष सायद बिदेश गईएन भने सधैको लागि भासिने यस दल्दल। पोहोर को बिर्सेर यस पालिको ठुलो लाग्नु पनि नौलो हैन मानब स्वभाव उस्तै त हो।
झुल लगाएर सुत्यो निद्रा नि आनन्दको उता बिशाल झुल हाल्दैन अल्छि भन्न नि मन छैन झोक चल्यो भने टन्न सबै काम गर्छ र मन छैन भने आफ्नो पकाउने पालोमा पनि गायब भैदिन्छ, तर हामि त्यति धेरै गुनासो गर्दैनौ, बानि थाहा भएर।
बत्ति निभाएर सुतेँ, बिशाल आज चाँडै भुस भयो, सायद बिहान चाडै कलेज जानु पर्ने भएर नि होल तर अघिपछि भने राति अबेर सम्म असाइन्मेन्ट गर्दै हुन्थ्यो अनि प्र्याक्टिकलहरु।
ढल्के पछि सर्रर दिउस पढेको कहानि याद गरेँ भन्न सक्ने भए, दुरुस्तै नभए पनि। अरुले पढेका हुदैनन अलिअलि बिगार्दा सरले मिलाइदि हाल्नु हुन्छ भन्ने पक्का थियो।
त्यति कै मा कति खेर निदाएछु पत्तै भएन।
भोलि बिहान सदा झैँ भयो, ८ः०० उठियो, नुहाइधुहाइ गरे पछि चिया खान मन लाज्ञ्ो तर कहा सदै दुध हुनु चिया खान, प्रशादको दाइले खाना बनाउदै हुनुहुन्थ्यो,(पालै उहाकै थियो) बिशाल कलेज गैसकेको थियो अनि प्रशाद चैँ रेडि हुदै थियो कलेज जान। ८ः३० सम्म खाना नि पाक्यो अनि दुइजनाले खाए। म त ११ बजे कलेज पुग्नु पर्ने मान्छे के ९ नबजि खाना खानु जस्तो लाज्ञ्ो। एक त खाना रुच्दैन त्यो माथि खाना खाको नखाको उसतै हुन्थ्यो अनि कलेज मा चाडै भोक लाग्थ्यो त्यसैले १०ः१५ म खान खायो आनन्द भनेर खाइन। बरु तल उत्रे अनि टक्ले दाइको पसलमा गएँ, ब्यालेन्स ट्रान्स्फर गर्न। ४०को ३८ गर्दिन्थ्यो अन्त ५ रुपे कटाएर ३५ भन्दा आउदैन थ्यो। ब्यालेनस हाले पछि पसलबाटै उनको नम्बर थिच्दै आएँ, तर अफ थियो। झन जति जति अफ भन्थ्यो उति उति थिच्दै थिए उनको नम्बर न अन भैहाल्छ कि भन्ने आशमा। अफ भको मोबाइलमा म्यासेज छोड्न उचित लागेन मलाई, (म अलि बढि सोच्ने मान्छे, सोचेँ कारण जे पनि हुन सक्थ्यो अफ हुनुको) । खाना खाएँ, अनि कलेज ड्रेस लगाएर निस्कनु भन्दा अगाडि सम्म ट्राई गरि राखेँ उन्को नम्बर थिच्न नोकिया १२०८ मोडलको नया मोबाइलबाट। तर अह प्रयाशहरु जारि राखेँ, अनि मोबाइल सिरानि मुनि राखेँ साइलेन्त मोडमा अनि कलेज गएँ, त्यो समरि पनि सोचे भन्दा राम्रो भएछ, क्लासमा खुशि नि लाज्ञ्ो, कलेज फेरि सारै रमाइलो लागि रहेको थियो सुरुको दिन देखि नै, सायद त्य्सैले पनि होला उनलाइ मैले दिउस सिमित समय सम्म मात्रै सम्झेँ। छुट्टि भएर घर पुगेँ र पुग्ने बित्तिकै सिरानि मुनिको मोबाइल हेर्न पुगेँ ल मोबाइल छैन। थाहा पाए, बिशाल्कै काम हुनु पर्छ, मोबाइल मागेँ,
तेरो आज कल आको थियो नि भन्छ, मुटु ढुक्ढुक हुन्थाल्यो,
फेरि थप्दियो केटिको, "के चाहियो निहु मलाइ, कालो भएर आयो अनुहार तै पनि आफ्नो प्राक्रितिक प्रतिक्रियालाइ लुकाउदै सोधेँ को रैछ त? उस्ले भन्यो रङ्ग नम्बर।
बल्ल आनन्दको स्वास फेरे मैले।
उसले भन्यो," स्वर लास्ट दामि थ्यो यार। कस्लाइ खोज्या भन्या मात्रै थेँ, ला सरि रङ्ग नम्बर भनेर काट्दि अनि खोलेर नम्बर हेर्न खोज्या सेकुरिटि राख्य रछस, मिलेन।
मोबाइल लिएँ बिस्तारै हड्बड नदेखियोस मेरो हातहरुमा भनेर। अनि ह्या मजाक नगर डिलिट गर्दिन्छु भनेर भनेँ र लक खोलेँ भाइब्रेशन्मा रहेछ मोबाइल, त्यहि त म सोच्दै थिएँ साइलेन्टमा भको मोबाइलमा कसरि थाहा पायो फोन आको भनेर। उनकै कल रहेछ सायद म बाहेक अरु कसैले उठाए
को भएर हुनु पर्छ उनले रङ्ग नम्बर भनेर कटिदिएको। फेरि नम्बर आफुलाइ याद पनि भैसकेको थ्यो त्यसैले डिलिट गर्दे नम्बर अनि उनको सारा हिस्ट्रि फेरि कतै देख्ने बित्तिकै, ओहो यो त अघि कै रङ्ग नम्बर हो भनेर नथापाओस भनेर।अब कति खेर बाहिर निस्किउँ र उनि सङ कुरा गर्औला जस्तो हुन थाल्यो। मैले म्यासेज पठाएँ "के छ खबर, खाजा खायौ? हेरन बिहान कति कल गरेँ तिम्रो फोन अफ थियो अनि अगि तिम्ले गर्दा साथिले उठाएछ।" सरि।
उनले "उम खाएँ अनि तिम्ले? बुद्धु बिहान कलेज जादा अफ गरेको, कहाँ मोबाइल बोक्न दिन्छ त कलेज मा अनि फर्केर गरेको थे, तिम्रो साथिले उठायो, रङ्ग नम्बर भनिदिए।"
ओहो म केके सोचिराथेँ कलेज जादा मोबाइल लान नदेर आफुले चै नबोक्ने अनि उन्ले छै किन बोकिनन होला भनेर सोचिराको म बुध्दु नै हो, । कस्तो रमाइलो लाज्ञ्ो बुद्धु शब्द मानु लाखौँलाख मायाका रत्न जडिए र सजाइएको शब्द हो सिर्फ मेरै लागि। उनिले राखिदिएको नाम मेरो।
#यात्री
#to_be_continued
No comments:
Post a Comment