Tuesday, January 19, 2016



मिस्सड कल भाग​-१
ट्रिङ्गट्रिङ्ग ट्रिङ्गट्रिङ्ग घन्टि बज्दै थियो मोबाइलमा,अगाडि छरिएका किताबहरु को बिचमा कता परेछ मोबाइल? खोज्दै थिएँ। अकाऊन्ट किताबको तल परेको रहेछ​, बल्ल भेटेँ। मैले मोबाइल भेट्टाउने समय सम्म कल कटि सकेको थियो, स्क्रिनमा देखियो १"मिस्सड कल"।
कौतुहल्ताको सिमा रहेन कारण थियो, अननोन नम्बर​। भर्खर मोबाइल बोक्न थालेको २ महिना हुदै थियो। एस​,एल्,सि, सक्केसि मोबाइल बोक्न थालियो र अनुमति पाइयो जसै एस एल सि, एउटा अनुमति पत्र थियो मोबाइल बोक्ने। अनि आफ्ना स्कुलका साथिहरु सङ्ग मिस कल आदान प्रदान गर्नु "तेरो याद आयो"वा "आइ मिस यु" भन्नु जत्तिकै लाग्न थालेको थियो। र उठाइन्न थियो सितिमिति २-४ घन्टि नबजुञ्जेल ऊठाइ हाले गालि खाइने पक्का थियो, पैसा नभाको बेला फोन उठाइदियो भनेर​। अनि अपर्झट केहि परे निकै समय पछि उठाइन्थ्यो।
सोच्दै थिएँ यो मेरै स्कुलका साथिहरुले नचिनेको नम्बरबाट जिस्क्याएको हुनु पर्छ​। अनि म पनि के कम छुस्स मिस्ड्कल दिए मैले नि,उता बाट नि फेरि मिस्ड्कल। अनि दोहोरियो प्रक्रिया ८-१० पटक सम्म​। अब धैर्यताको अनि कौतुहलताले झन सतायो। पहिले ब्यालेन्स चेक गरे ३०रुपे १२ पैसा, आवाज सुन्छु को रैछ चिनेसि, काट्दिहाल्छु भन्ने लाज्ञ्ो॥ फोन ग​एको आवाज आयो, फुल घन्टि बज्यो तर उठेन​, उठ्या जस्तो लाज्ञ्ा थ्यो अन्त्यमा उनि नेपाल टिलिकमकि दिदि भन्दै थीइन्,"माफ गर्नु होला, तपाईंले सम्पर्क गर्न खोज्नु भ​एको नम्बर उठेन​" । झन उकुस्मुकुस भ​एर आयो, फेरि मिस्ड्कल आयो त्यहि नम्बर​, हरे शिब अब भने आफैलाई अत्ति रिस उठ्यो। फोन गरे लगातार दोस्रो पटक पनि फोन उठेन र तेस्रो पल्ट चाहि ऊठ्यो सुरिलो स्वरमा गुञ्जियो आवाज "हेलो",उफ्फ झन गारो भो आवाज नि चिनिएन​, अब बोल्नु कि नबोल्नु झन तनाब हुन थाल्यो, फोन रिसिभ भैसकेसि बोले जे त पर्ला भनेर​, "हेलो" प्रतिउत्तर मेरो पनि। तर सायद उताबाट केटि आवाज आएकोले नि हुन सक्छ मैले यताबाट प्रतिउत्तर दिनुको रहस्य​,आखिर मानव स्वभाव नै त हो। मैले सोधेँ केहि सहास बटुल्दै, हो सहास बटुल्नु पर्थ्यो आखिर म बहिर्मुखि नभै अन्तर्मुखि जो थिए।
म​; को बोल्नु भो?
उनि; म,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, अकमक्क परिन एक्छिन अनि भनिन "ज्योत्सना दाहाल​"। अनि तिमि?
अचम्म लाज्ञ्ो, अक्मकाएर भनेको नाम पक्कै पनि झुटो हुनु पर्छ​, अनि उति नै खेर अर्को अचम्म लाग्ने कारण थियो "तिमि" शब्दको उच्चारण मानौ सधै देखिरहेको चिनिरहेको मान्छे जस्तै तर पनि एउटा कुर छर्लङ्ग भैसकेको थियो, उनि मेरो कक्षाको साथि थीईनन, न ११ का साथिहरु कसैलाइ नम्बर दिएको थिए।
मैले हत्पत उत्तर दिए,"म सुमन", पुनः जोडे "तपाइले मलाई चिन्नु हुन्छ र​?"
प्रतिउत्तर आयो,"चिन्दिन​", "अनि सरि मैले साथिको नम्बर भनेर कल गरेको अन्तै ग​एछ​"।
मैले भने केहि फरक पर्दैन कहिले काहि यस्तो हुन्छ अनि मैले पनि साथिले जिस्क्याइराको होल भनेर मिस्ड्कल दिराको हो।
उनि हासिन्, मसिनो स्वरमा।
कति मजा आयो त्यो हासो सुनेर​, फेरि अचम्म लाज्ञ्ो आफैलाइ क्लासमा जोक भन्दा त कोहि हास्दैन थे, जाबो यति कुरामा नि हास्यो कोहि। म पनि हासिदिएँ, उन्लाइ असहज फिल नहोस भनेर​।"
मैले फेरि भने,"अब हामि पनि साथि हुन सक्छौँ नि ।
उनले मेरो मित्रताको प्रस्ताब सहजै स्विकार गरिन​। २-४ कुरा आफ्ना परिचयमा पर्ने भनिदै थियो पालैपालो, त्यतिकै मा उन्ले भनिन "ममि आउनु भो बाई"
मैले बाइ भन्न नपाउदै फोन काटियो, असहज लाज्ञ्ो। अनि झन बिभिन्न नानाथरिका प्रश्नहरु जाग्न थाले मनमा, तर आश थियो, उनले फोन गर्नेछिन भनेर अनि म कुरि रहे उनको फोनको प्रतिक्षामा।
#यात्री
#प्रस्तुत गरिएको कथा केहि श्रिङ्खला लामो रहनेछ र सम्पुर्ण घट्ना काल्पनिक हुन कसैलाई आघात पर्न ग​एमा क्षमा प्रार्थि छु र यस कथालाइ जिबन्त रुप दिने भर्पुर प्रयास गरेको छु। प्रतिक्रियाको अपेक्षा सहित्। धन्यबाद्

5 comments:

  1. getting better with every new story..eager to read next part soon :) best of luck

    ReplyDelete
    Replies
    1. Thank you so much nitesh, :) will be posting soon :)

      Delete
  2. Hmmm .. can't wait to read the next episode ... :)

    ReplyDelete
  3. Hmmm .. can't wait to read the next episode ... :)

    ReplyDelete
  4. Thank you so much Kalpana next part on its way :)

    ReplyDelete