पाकेटमारको कुटाइ
४ बर्ष कटेर आज देखि ५ बर्षमा प्रवेश गरेछ, यो काठ्माण्डौ शहरमा पाकेटमारको कुटाइ खाएको। मिति याद थियो तर पनि मनस्प्टलमा चै आज सम्झना भने रहेनछ।
।सदाझैँ चाबहिलसम्मको गाडि चढेको थिए पुरानो बसपार्क बाट। एक जना कपाल फुलिसकेका ब्यक्ति अगाडि बर्नटको सिटमा बसेका थिए आज। दङ्ग पर्दै भन्दै थिए सङ्गै बसेका २ जना दाइहरुलाई "कति मजा आउछ बसेर गाडिमा यात्रा गर्न। फिस्स हासे ति दाइहरु पनि। कपाल फुलिसकेका अन्दाअजि ५५ बर्षका हुदाहुन ति मानिस , शिरमा कालो भादगाउले टोपि सुट-पाईन्ट, अनि नाकमाथि चस्मा अडाएका हेर्दै, कहि कतै प्रोफेसर जस्ता कता कता लागिरहेको थियो हाम्रो को-अर्डिनेटर सर जस्तै।
जसै गाडि भद्रकालिको मोड काटेर अगाडि बढ्यो, उनले जोडे," एक पटक कलङ्किबाट यहि पुरानो बसपार्क आउदै थिएँ, राति ९ बजे। रात्रि कक्षाका बिध्यार्थिहरु थिए, अनि भिड गाडि साथै जाडो महिना अंकललाई बिचमा राख तातो हुन्छ भने," अनि पचि त पर्स नै गायब बनाइदिये, त्यो पछि बिद्यार्थिको हुल्मुल मा बस्दिन। उनले गफ दिए कि के गरे? राति ९ बजे पनि गाडि चल्छ र ? अनि बिद्यार्थिमाथि त्यस्तो अपमान र सन्कोच द्रिष्टिकोण रहेछ,नरमाइलो लाज्ञ्ो अनि सारा बिद्यार्थि लाइ नै अपमानित बनाउने ति बिध्यार्थि कल्पेर रिस उठ्यो. गल्ति उनको कि ति बिध्यार्थिहरुको?हो कि घटना संयोग थियो भग्वान् जानुन्.....
हो
सम्झन पुगे आज भन्द ठ्याक्कै ४ बर्ष पहिले घटेको त्यो घटना।
म दिउस २ बजे त्रिपुरेश्वर सज्जन गोठ पुग्नु पर्ने थियो, आर्ट अफ लिभिङ्गको कोर्स गर्दै थिए। दिउस १ः१० भएको थियो रोड मा निस्कदा गाडि कुरे तर देखिएन बाग्मति यातायात निकै समय पछि आयो एउटा भिड भएको। रोकेँ र उक्लेँ, ठेलम्ठेल गर्दै थिए, एकदुइ जना खासै ध्यान गएन सोचे भिड छ स्वभाबिक हो। बानेस्वर कटेर बिजुलि बजार वारि तिर पुगेको थियो गाडि। एउटा केटाले ढाल्किढल्कि मैले लगाएको लुज जिन्स पाईन्टको गोजि नियाल्दै थियो। मलाई पक्का लाग्न थालेको थियो यो पाकेट्मार नै थियो भनेर। हुनत त्यस बखतमा एउटा चाइनिज मोबाइलसेट थियो त्यो नि स्विचअफ अनि गोजिमा बिरलै १०० भन्दा बढि रुपैयाँ। तर पनि आफुले पाकेटमार चिनिसके पछि वरिपरिका मानिसहरुले नि चिनुन र सतर्क हूउन भन्ने आशएले मैले बोलेँ।
"ओइ के हेर्या?"
मुक्काको बर्षात हुन लाज्ञ्ो मानौ यो बर्षायाम हो र बर्षदैछन असार श्रावणका आकाश आफ्ना सम्पुर्ण भार यसै धर्तिमा, उसै गरि ५-६ जना ले ढाडतिर मुका हाने। र भन्न थाले किन मुख छाडिस किन ह्यान गरिस ननथरि अपसब्द निकाल्दै, दङ्ग पारेँ वरपरका मनिस ले सायद मैले भनेको सुनेनन र पछि उनिहरुले सुनेको खण्डमा मेरो गल्ति छ भनेर देखाउन तथानाम गालि किन दिईस भन्दै थिए।
बिडम्बना कसैले एक सुँएको केहि बोलेन, आफैँ ,"सरि" भने। ति सबै थापाथलिमा उत्रिए," उत्रिए पस्चात खलासिले भन्दै थियो तिनिहरुको उसै समयको दैनिकि रहेछ ति पाकेटमारहरुको यो रुट अनि गन्तब्य कोटेश्वर देखि थापाथलि सम्म। अनि सहानुभुति देखाउन खोज्दै थे केहि ब्यक्तिहरु जब प्रतिकार गर्नु पर्ने समयमा लाटाले पापा हेर्या जसरि बस्दै थिए अनि म पनि खुरुखुरु झेलिरहेको थिएँ। त्यस पश्चात बल्ल भान हुन पुज्ञ्ो कि यो सहर नै यस्तै, आफ्नै अगाडि कोहि मर्दै छ, मर्न देउ, कोहि पिडामा छट्पटिदैछ छट्पटिन देउ। मुग्द दार्शक बन्न सिकाउदो रहेछ यस शहर मानबता को पर्बाह छैन। तर म अपवाद हुन चहान्थेँ, चहान्छु र हुनेछु।
#यात्री

No comments:
Post a Comment