Wednesday, February 10, 2016

(मिस्ड कल) भाग-६
बिहान ५ बजे मोबाइलमा अलार्म बज्यो, उठ्न मन लागि रहेको थिएन्। हिजो भर्खर जाच सक्केको आजको दिन त आनन्द सङ्ग सुत्न पाएको भए हुन्थ्यो नि सोच्दै थिएँ।
तर ४ महिना पछि भए घर जान कम कौतुहल पनि थीइन।
उठेर फ्रेश भए। हिजो लगाएकै लुगा लगाउन मन लाज्ञ्ो, त्यसो त हिजो राति उनले पठाको टेक्स्ट फेरि एकपटक पढेँ। "यु आर सो ह्याण्डसम गूडनाईट्"
यो गेटअप सुहाउँदो रहेछ।
अनि प्याक गरेको कपडा खाँदिएको ब्याग बोकेर हिँडे, सबै ढोकाहरु लक गरे र घरबेटिसङ्ग घर जान्छु भनेर सुचना दिदै, अनुमति त के भन्नु त्यस्लाइ।
निस्के घर बाट अलि पर शान्तिनगर पुग्दा सम्म चिया खान मन लागिरहेको थियो, तर अहँ होटल बिरलै खुलि सकेको देखिन्थे,।
बल्खु पुग्छु अनि त्यहि बाट टिकट काटेसि आनन्द सङ्ग खाउँला चिया।
नारायणि सुमो काउन्टरमा पुगेँ, हेटौडा कै आशिश दाइ थिए काउन्टरमा ६ नम्बर सिटको टिकट काटेँ। भडा पनि दोब्बर भैसकेको थियो चढ्दो चाडबाडको कारणले भाडा बढेको होल भनि ठानेको गाडि हेटौडा बाट आउदा खालि अनि यताबाट भिड हुने भएको ले रहेछ दोहोरो भाडा एउटै सङ्ग असुलेको। केइ छैन। पैसा तिरेँ, अनि नजिकैको ढावामा चिया खाएँ। सच्चै यस्तो मज आयो ढावाको चिया पिउदा, होटलको अनि घरको चियामा कहिल्यै यो स्वाद भेट्टाउन सकिन मैले। सारै मिठो थियो चिया। गाडि हिड्यो। १० जना यात्रु राखेर। मैले ऐले सम्म उनलाई कल गरेको थिन। फर्पिङ्ग, दक्षिणकाली, हुदै सिस्नेरि पुग्ने बेलामा फोन गर्न मन लाज्ञ्ो । कुरा भयो एकछिन्
उनले भन्दै थीइन मेरो पनि दर्शन छ भन्नु ममि ड्याडिलाई।
अनि मैले भने,"के भन्नु? तपाईँको बुहारीले दर्शन भनेकि छे। भन्नु। "
उअ
नि हाँसिन अनि यावत कुरा भए। कुलेखानिमा खाना खान गाडि रोक्यो तर घरमै पाकिरहेको थियो मेरो लागि खान त्यस्कारण सेल-तरकारि खाएँ। अनि ६ः३० म चढेको गाडि ठ्याक्कै १० बजेको थियो हेटौंडा आईपुगदा। म हेटौडामा उत्रे पछि भाइलाइ बोलाए। बाइक लिएर आइपुज्ञ्ो भाइ मलाई लिन लाइ।
घर पुग्न लाग्दा एउटा म्यासेज पठाएँ "म घर पुगेँ।"
दशै लाग्दै थियो, बिहान केटाहरुसङ्ग मर्निङ्गवाक र बेलुका केटाहरु सङ्ग भेट्घाट र चट्पटे खाइन्थ्यो तर प्रत्यक क्षण मिस गर्थेँ उनलाई।
हेटौडा नै पढ्ने केटाहरुले सोध्थे पनि कति वटा गर्ल्फ्रेन बनाइस त।
छ्या छैन बनाको एउटा पनि भने।
बिहान बेलुका फोन नगर्ने र टेक्स्ट मात्रै छोड्ने सम्झ्औता वयो दुबै पट्टि बाट। घरमा हुदा मोबाइल जहा जसरि जुन अवस्था मा मत्रै पनि हुन सक्थ्यो त्यसैले। औपचारिक हेल्लो हाई के छ? भन्दा बढि लेखिएन तर जब म्यासेजको रिप्लाई चाडै आउथ्यो अनि पक्क भईन्थ्यो कि, उनि कहि बहिर वा फुर्सदिलो छिन अनि आफ्नो अनुकुल भए फोन गर्यो नत्र मनका कुरा लेख्दै म्यासेज गर्यो। दसैं सकियो, अब रमझम पनि सकियो दिन्भरि के गरेर बस्ने तनाब हुन थलेको थियो टि,भि कति हेर्नु, कति सुत्नु, अब बाबालाई भनेर मोबाइल किन्नु पर्यो भने। बाबाले किनिदिनु भो मैले भनेकै मोबाइल नोकिया एक्स्-२ ,
क्वेट्रि किप्याड अनि नेट पनि चल्ने तब सम्म मलाई फेसबुकको बारेमा समान्य जान्करि थियो तर न आईडि थियो न बनाउन आउथ्यो। एकजना सथिलाइ लेर गएर फेस्बुक आइडि बनाएँ अनि चलाएँ, अनि उनलाइ सुनाएँ।
उनको पहिल्यै रहेछ फेसबुक आइडि, भन्दै थिईन मेरो मोबाइल सानो देखेको भएर मलाई नराम्रो नलागोस वा आफुलाई गिर्नु नपरोस भनेर उनले मलाई नभनेकि रे। खुसि लाज्ञ्ो। अत्याधिक ओहो मेरो कति ख्याल राख्छिन उनले। अनि प्रत्यक दिन जानि नजानि फेस्बुकमा उनि सङ्ग एड भैयो।
कुरा हरु हुन थाले। उनि बाहेक मेरा फ्रेन लिस्टमा अरु केहि मानिसहरु थे जस्लाइ म चिन्दा नि चिन्दिन थे।
अब हाम्रो फोन मा भन्दा पनि फेसबुकमा बढि कुरा हुन थलेको थियो। बिस्तारै दिन बित्दै गए।
तिहारमा देउसिभैलो खेलेको समेत फोटो पठाउन थालियो। उनि एक्लै टोलाएर बस्दा का अनि एकान्तमा गुनगुनाउदाका पल हरु समेत उनि रेचोर्द गरेर राख्थिन अनि, घरि घरि एनसेलको सिम किन भन्थिन। मैले किने एउटा एनसेलको सिम अनि फोटो र रेकर्ड गरिएका आवाज र भनु उनका स्वरमा सजिएका सुन्दर गितहरु पठाउथिन अनि म दङ्ग पर्दै सुन्थेँ।
म काठ्माण्डौ आएँ। दिन्चर्या पहिला जस्तै थियो, या अलि बढि फरक भएको थियो म आजभोलि पहिले भन्दा उनको मायाको बढि नै मात चढ्न थलेको थियो। मानौ उनि एउटा नशाहुन अनि म हर्पल हर्क्ष्ण उनिमै डुबेर बस्न चहान्थें।
फेसबुकमा च्याट हुन्थ्यो दैनिक्, अनि हर दिन अनलाइन आउनु अगाडि मिस्डकल हानिन्थ्यो। मिस्डकल आयो कि बुझ्थेँ अनलाइन बोलाइन भनेर र उनि पनि त्यसै बुझ्थिन्।
बिस्तारै उनि सङ्ग भेट्ने मन हुन्थ्यो सधै जासो देख्न मन लाग्थ्यो तर, उनको तस्बिर हेरेर नै चित्त बुझाउनु पर्थ्यो उनि भेट्न मान्दिन थिन्।
एक किसिम ले भेट्न नमान्नु लाइ पनि राम्रो रुपले हेर्न थालेको थे मैले किन कि यो बाट उनको स्वभाब अझै भर्पर्दो लाग्न थालेको थियो। मैले फोन म बोल्दा बोल्दै ऐया! भने भने आशु झारुल जस्तो स्वर पार्दै सोध्थिन्,"के भो मेरो कालेलाइ", मेरा सारा दुख पिडा भाग्दा रहेछन्। लुक्दा रहेछन्। जस्तो लाग्दै थियो। अनि यति सम्म नजिक भयौ कि, म जुनसुकै कुराले चित्त दुखे पनि रुने एउटा साथ पाएको थिएँ। उनसङ्ग फोनमा कुरा गर्दै रोई दिन्थें अनि कति पल्ट उनि पनि उस्तै गर्थि।
केटा भएर रुने रे? जस्तै लाग्दै होला? तर रुइन्छ जब आफुले धेरै आश राख्दा केहि आश चक्नाचुर हुन पुग्छन्।
सायद कति पटक उनकै कुरामा गुनासो गर्दै पनि रोएँ होला,
तर उनि मेरि आमाले फकाको जसै गरि फकाउथिन माफ माग्थिन र त्यस्तो गल्ति कहिल्यै नदोहोर्याउने बाचा गर्थिन र उनको गुनासो सुन्दा उसै गर्नि बानि परिसकेको थ्यो मलाई पनि। दोस्रो भेट गर्ने रहर थियो त्यो पनि पुरा हुने भयो चाडै, माघको महिना उनको साथिको दिदिको बिहे रहेछ, कहि कतै पानिपोखरि तिर, यस पल्ट मैले उनलाइ सामाखुशि चोकमा हैन रानिबारी अगाडि कुर्ने पक्का भयो। उनिलाइ यस पटक धेरै बेर कुर्नु परेन।
म रानिबारी भर्याङ्ग अगाडि चढ्ने ठ्याक्कै अगाडिको क्याफेमा चिया खाएं। चिया खाइसक्दा नसक्दा उन्ले मिस्डकल दीइन मेरै अगाडि तिर आएर।
म एक्छिन ट्वा परेँ, उनि सारी चोलोमा थीइन्। आकशे निलो रङ्गको सारि अनि निलै चोलि, बाहिर बाट निलो रङ्गको पछ्यौरा जस्तो।
उनि यति राम्रि देखिएकि थिईन कि म सङ्ग उनको सुन्दर्ताको बर्णन गर्ने कुनै शब्द नै छैन। स्वर्गका अप्सरा फिका लाग्छन भनु भने स्वर्ग कस्तो हुन्छ थहा नै छैन, र फिल्मि डाइलग खासै रुचाउदिन फोस्रो स्वाङ्ग देखाएर इम्प्रेस गर्न खोजे जस्तो।
उनिहरुलाई पनि चिया पिउन भने र फेरि तिन कप चिया मगाएँ साहुजि सङग।
चिया आयो खादै थिएँ आधा कप भैसकेको थियो
उनको उहि साथिलाइ बिभिन्न बहाना बनाउदै, उता पट्टि टेबल मा रखेको पर्स तान्न लगाइन म उतै हेरेको मौका पारि उनले चिया को कप साटिछिन उनको अनि मेरो।
एक्छिन त पत्तै पाइन मैले। भन्दै थिए मेरो चिय त निकै घटि सकेको थियो। उनको आखामा आखा जुधाएर हेर्न मन लाज्ञ्ो र हेरेँ पनि उनि फेरि आफ्ना आखिभौ हल्लौदै आखा सन्काउन थालें। सायद यो माया बढाउने नया फोर्मुला होला उनको तर म पनि निकै हर्शित थिएँ।
हामि पुनः टाउनप्लानिङ्ग कै बाटो हुदै हिड्दै थियौ बाटो मै अल्झिदैं उनिहरुले ल्याएको क्यामेराका फोटाहरु हेर्दै। अनि मेरो मोबाइल बाट उनको र मेरो फोटो पनि खिचि दिन भ्याई उनको साथिले। फेरि त्यहि बाटो हुदै, पासङ्गलहामु कलेज बाट अगडि हुदै गोङगबु निस्कने एउटा गेटबाट निस्कियौ अनि भर्याङ्ग जस्तो क्-हुड्किलो थियो त्यहि बस्यौ। फोटो हेर्दै अनि गफ मार्दै। यस पटक पनि उस्तै गरि म पछि पछि उनिहरु अघि अघि,
म गाडि चढे र उनिहरुलाइ बाइ गर्न खोज्दै थिएँ। क्यामेराको सङ्केत गरे, ल फसाद क्यामेर त्यहि छुटेछ। बस बाट उत्रे कुद्दै कुद्दै गएँ, धन्न यो बाटो कोहि हिडेको रहेनछ। म कुद्दै एउटा बुढालऐ उछिनेर गएको थिएँ, बुढाले क्यामेरा लिदै लामो सुस्केरा हालेको देखेर भने, भाज्ञ राम्रै रहेछ।
अनि फेरि कुददै उनिहरु भएको ठाउमा पुगेँ ।उनिलाई क्यामेरा दिएँ अनि बुढाले भनेको कुरा सुनाएँ। उनि खुशि भैन र उन्को साथि पनि खुशि नै देखिन्थिन।
म सोच्दै थिएँ, उनको साथिको क्यामेरा अनि केहि गरि हराको भए, मलाई त चोर नै भनिठान्थिन कि क्याहो॥॥ अनेक किसिमका कुराहरु खेल्दै थिए। फेरि अगि खिचेका फोटाहरु हेर्दै दङ्ग पर्न थालेँ। घर पुग्ने बित्तिकै उनले फोन गरिन म धुम्बाराहि पनि कटेको थिईन,उनि खुशि थिईन क्यामेरा नहराएकोमा। उनले एउटा कुरा बिन्ति बिसाइन,
"म अब तिमिलाइ तपाई भन्छु अनि मलाई चै त भन्नु पर्छ " ल बा के फसाद हो यो, हेरुम सके भने भने। अनि दिउसका मिठा पल्हरुको कुरा भयो र फेसबुकमा कुरा गर्ने भनिन्। म फोन राखेर फेस्बुकमा अन्लाइन आएँ, गाडिबाट उत्रिएर घर सम्म पुग्दा नि अन्लाइन नै थिएँ, अनि अनुमति मागेर बिदा भएँ, थकाइ लागेको भए पनि खाना पकाउने पालो थियो र उर्जा पनि यसरि थपिएको थियो कि मानौ भर्खर उनलाइ भेटेर आफ्नो मन्को ब्याट्रि फुल चार्ज गरेको छु।
अनि खाना बनाए, फेस्बुक खोलेरै उनि सङ्ग हल्का गफ पनि गर्दै।
लाग्दै थ्यो हामि माया मा अझै अझै दिनानुदिन यसरि कस्सिदै थियौ कि यो मायाको डोरि फुकाउन गारो मात्रै होइन असम्भब नै छ। झन आज दिउसको जुठो चियाले त झन माया यति बढाएको छ कि कुरै नगरुँ।
खाना खाएँ र सुत्ने बेला फेस्बुक खुलेन ब्यालेन्स चेक गरेँ निल भको रहेछ त्यसैले, उहि पुरानो फर्मुला अप्नाएँ साथिको मोबाइल मागेर।
अनि कन्मा हेड्सेट जोडेर सुन्दै थिएँ,
खुशि उमङ्ग छाइ दिदा
मनमा बहार आइदिदा
म तिमिलाइ नै सोचिरहन्छु
म तिमिलाइ नै खोजिरहन्छु।
-नबिन के भट्टराई दाईको स्वर मा सजिएको मिठो गीत उनकै कल्पना मा डुब्दै अनि दिउसका फोटो हेर्दै ,,,, आफ्नै तालमा निदाउने प्रयत्न गर्दै, तर ११ः२५ सम्म निदाएको थीइन म, तर बिस्तारै आखाका परेला बट्टिएर भुस भएछु त्यस पछि।
‪#‎यात्री‬

Tuesday, February 9, 2016

(मिस्ड कल)भाग-५
एक्कसि मोबाइलको घण्टि बज्यो,
कताकता लग्दै थियो सपनामै बजि रहेको छ फोन, निद्राले लठ्ठिएका आखा उघार्न खोजेँ तर अहँ, सकिन, निद्रा कै सुरमा उठाएँ।
हेलो भने"
हेलो उम्म्म के गर्दै छौ भनिन,
झोओक्किएँ अरे यार आधारातमा मान्छे के गर्छ? सुत्दै भन्ने मन थियो कडा स्वरमा, तर भनिन म यस्तै मान्छे, मनमा लागेका कुरा खुलेर आउदैनन एकै पटक समयानुकुल आउछन बोलिका लवज र शब्द।
सुतिराको तिमी के गर्दै?" म त बसिराको थेँ मुभि हेर्दै,"
सोध्न सक्थे कुन मुभि तर सोधिन,
अब चै सुत्न लाको भनिन म निकै कम बोल्दै थिएँ सायद त्यसैले काट्नु नै उचित ठानिन उनले फोन, गुड नाईट भन्दै।
मैले पनि सेम टु यु भने।
फेरि भुस आफ्नै तालमा। भोलि पल्ट नि साबिक जस्तै दिन्चर्या। अनि कलेज बाट फर्केसि उनिसङ्ग १०-१५ मिनेट बात मार्नु समान्य भैसकेको थियो। कल सधै मैले गर्नु परिरहदैन थियो, उनि पनि गर्थिन कहिले काहि। समय सामान्य हुदै थियो, गफ गाफ भएको पनि १ महिना कटि सकेको थियो। अब दशैंको बिदा हुनु अगाडि पहिलो परिक्षा सुरु हुने भयो।
समान्य गफ्गाफ अनि सधैं बिहान उठाइदिने जिम्मा पाएकि थीईन उनले, अनि आफ्नो काम पनि सधै पुरा गर्थिन केहि नभनि।
यसै दौरान मैले उनले एक रहस्य पनि खोलेकि थिन, जुन सुन्दा आफैलाइ कत कता नरमाइलो लाग्दै थियो अनि कतकता खुशि पनि,
उनले पहिले मलाइ नाम ढाटेकि रहिछिन्,
उनको असली नाम रहेछ, "सुमिना श्रेष्ठ" । नाम त झन्डै झन्डै मेरै जस्तै रहेछ।
खुसि हुनु को कारण थियो, उनको बिस्वाश योज्ञ भएछु म र उनले यतिका समय सम्म ढाटेको नाम थहा पाए। दुख लाग्दै थियो मैले धेरै सपना सजाउन थलिसकेको थिएँ उनको अनि मेरो तर परिन नेवार्नि।
फेरि सोचे प्रेममा यि सब यावत कुराहरु खासै केहि महत्व राख्दैनन राख्छन त केबल साचो माया अनि एकअर्का प्रतिको बिश्वाश अनि परिवारको उचित निर्देशन्।
परिक्षा को अन्तिम दिन, परिक्षा सक्यो, अब भोलि घर जाने तैयारी, साथि हरु सबै घर गईसकेका थिए। एक्लै थिएँ दिक्क लाज्ञ्ो, अब झन छटपटि हुन लाज्ञ्ो के गर्ने कहा जाने?
अचानक दिमागमा घन्टि बज्यो, मोबाइलको हैन हौ,,,,,,
आज उनलाइ भेट्नु पर्यो। फोन गरेँ उठेन फेरि गरेँ अब उठ्यो जाचका यावत कुरा हरुलाइ छिचोल्दै मैले भने म समाखुसि आउदै छु।
उनले नकार्न खोजिन तर उनलाइ पनि भेट्ने रहर भएकै कारणले होला उन्ले नकार्न सकिनन्। सिनामङ्गल निस्केँ अनि चक्रपथको गाडि चढेँ।
मुटुको ढुक्ढुकि बढ्दै थियो। झ्यालको सिटमा बसेँ, अघि गौशालामा अधिक जाम थियो, सायद सधै यतिकै हुन्थ्यो कि जान्दिन त्यो त, यो रुट हिड्ने बानि छैन मलाइ।
लग्भग १ घन्टा पछि म पुगेँ समाखुशि,
जिन्दगिमा पहिलो पल्ट कोहि केटिलाइ भेट्न जादै थिए पनि, जस्लाइ अहिले सम्म देखेकै थिन।
आफु उनलाइ भेट्न जानु अघि कस्तो देखिएको छु भनेर सोध्न धरि साथि थेनन कोहि, निलो जिन्स हल्का वास अनि हल्का ग्रञ्ज, छाला कलरको छालाकै जुत्ता अनि पिङ्क टि-शर्ट र बाहिर बाट ब्ल्याक शर्ट।
ठ्याक्कै सामाखुशी चोकमा उभ्भिएर फोन लगाएँ, ३० मिनेट जति कुर्नु पर्यो,
लाग्दै थियो जिन्दगिको सबै भन्दा गारो समय कटाउदै छु म,,, प्रत्यक सेकेण्ड जान पनि मिनेट नै कुरेको भान हुन थलेको थियो। आफ्ना उमेरका जो पनि केटि आफ्नो अघिल्तिर बाट गुज्रिन्थें उनिहरुको हातमा मोबाइल हेर्थेँ, अनि त्यहि चोकमा कोहि पनि अडिएनन।
फेरि हेर्दै थिएँ कुर्दै थिएँ। दुइजना आइरहेको चाल पाएँ टाढै बाट लाग्दै थियो उहि हुनु पर्छ।
फोनमा घन्टि दिएँ उनले फोन नौठाई यताउता हेरेसि चै अब पक्का भयो उनि नै हुन, मेरी अपरिचित, अहिले सम्म नदेखेको मेरो सबै भन्दा प्यारो साथी।
ति दुइजना मध्य पनि जो गेस गरेको उनि नै रहिछन उनि। दङ्ग पर्दै हात अघि बढाएँ हेण्डशेकका निम्ति।
म नि मुर्ख, केटि सङ्ग हाई हेल्लो भन्न पर्ने हात बढाको देखेर उनिलाइ नि अप्ठ्यारो लागेछ।
रोड काटेर पारी जाँऊ भनिन्, पारी गैयो, अब कता जाने कुरा उठ्न थाल्यो?, म अनबिज्ञ त्यो एरियाको लागि, उनले भनिन रानिबारी जाँउ। मैले नि हुन्छ भने र हमि ३ जना हिड्यौं, मोबाइल मा म्यासेज पठाउदै भनिन बाटो वारिपारी भएर हिडौँ है? घर अनि घरवरिपरिका कसैले देख्यो भने मलाइ मार्छन्।
म सो हि अनुरुप बाटोको वारिवारि नै हिडे उनिहरुको पछि पछि। मन मनै लाग्दै थियो उनि साचै मैले सोचेको भन्द धेरै राम्रि थीइन। गहुगोरो वर्ण, लामो केश दुब्लि दुब्लि उचाइ म भन्दा केहि इन्च कम। कता कता बाट छिर्यौँ पत्तो छैन, हामि अघि बढि रह्य्औ एक्छिन पछि रानिबारी पुज्ञ्ौँ। गेट बाट भित्र छिर्यौ, रु१० को टिकट काटेँ, उनिहरु मानेनन तर नि क केटिलाइ तिराउनु।
अलि अलि ज्ङ्गल जस्तो अनि बिचबाट बाटो, दङ्ग पर्दै थिए, हैन का हिडेको हामी भने जिस्केर।
उनले डुल्न नि बुद्धु भनिन । म हासेँ।
अलिकति अगाडि बढे पछि उनको साथि ले भनिन तिमिहरु तलतिर बस म यहि बस्छु।
मलाई रम्रो लागेन। त्यो केको इङ्गित थियो त्यो पनि त्यति खेर बुझिन, हामि अगाडि जाम न भने अनि अगाडि गयौँ। उनको आखा साचै यति माया लुकेको थियो म उनको आखामा डुब्न चाहिरहेको थिएँ उनले आखिभौँ तलमाथि गर्दै आखा सन्काइन मैले नि त्यसै गरे, उनको साथि चै मन्दिरमा जान्छु है भनेर गैइन।
हामि बिच धेरै बात्चित भए। उनि मेरा हरेक कुरामा हासो भेट्थिन, मेरा हर शब्दमा उनको मुस्कान पाउथे अनि उनका प्रत्यक शब्दमा म उनको माया भेट्थें, उनले जिस्केर होस बेवास्था गरे हिसाबले म निस्चल माया अलाबा केहि भेट्दिन थेँ।
उनको साथि चै एउटै गोत्र पर्ने रहिछिन । मलाई भिनाजु भनौ कि दाइ रे ल भो फसाद्।
अनि उनको अनुहारमा हेरेको लाजले अनुहार पुरै रगतै चुहिएला जस्तो रातो भएको थियो। मैले, म जान्दिन यस्तो कुरा भनेर पन्छाएँ।
१ घन्टा जति पछि हामि त्यहा बाट फर्किने क्रममा रानिबारी चोकमा उनिहरुले सधै आउदा जादा चट्पटे खाने ठाउमा चट्पटेखाने आग्रह गरे र खायौ पनि।
हामि टाउनप्लानिङ्ग हुदै निस्क्यौँ पासाङ्ग ल्हामु कलेज अनि गोङ्गबु चोक।
मन नलाग्दा नलाग्दै पनि छुटिनै पर्यो, तर त्यहा सङ्गै हिदिएन, उनिहरु अघि अघि थिए। म गाडि नचढुञ्जेल सम्म उनिहरु साईडमा बसेर हेरिरहे, र गाडि म चढेसि बाई गरे अनि गए।
म चङ्गा सरि हावामा उड्दै थियो। अझ लट्टामा सयौ माइल लामो धागो छ अनि कुनै रोक्तोक छैन धागो छाड्न।
गौशाला छेउछाउ पुगेको थिएँ। काले, बुद्धु,
एउटा कुरा भन्छु नरिसाउ ल?
आइ लभ यु एज माई बेष्ट फ्रेन।
म झन उत्साहित थिएँ, यति खुशि यति हर्शित थिए कि मेरो खुशि को सिमा नै थिएन। र पुछारमा झुण्डिएको एज माई बेष्ट फ्रेन ले चै कताकता कस्तो कस्तो लाज्ञ्ो तर खुशि नै थिए। बेस्ट फ्रेन नि बन्न पाए। उनको जसलाइ भेट्ने मेरो महिन्औको सपना पुरा भएको थियो।
आज एक्लै भए नि मजा सङग खाना बनऐयो खाइयो। निकै भएको थियो उनले फोन नगरेको आज १ घन्टा भन्दा बढि गफ भयो उनि सङ्ग झन भेटेको दिन। अर्को दिन घर जानु थियो त्यसैले आज समय मै सबै काम सक्कएर बिहान फ्रेश भएर निस्कने हिसाबले अनि चाढै सुते पनि उनको याद मन भरि सङ्गाल्दै
‪#‎यात्री‬

Tuesday, February 2, 2016

मिस्ड​-कल (भाग ४)
म्यासेजमा आएको शब्द निकै प्यारो लागिरहेको थियो, त्यति मात्र कहा हो र,,,, मलाइ त उनि सङ्ग कतिखेर बात मार्न पाउँला जस्तो भैसकेको थियो। खुशि उमङ्ग छाइरहेको थियो। बिशाल ले खाजा बनाएर बोलायो, बिहान खाको थाल माझेको छैनस्?
म झसङ्ग भए, उनलाइ कल गर्ने धुनमा थाल माझेनछु, न त फोन नै लाज्ञ्ो। तर केहि छैन ऐले माजि हाल्छु नि, भनेर आफुले खाको थाल
माझेँ अनि। चाउचाउ पकाको रहेछ "वाईवाई" ३ वटा थालमा बराबर भाग लगाइयो। अनि खाइसके पछि, म निस्किएँ तरकारी किन्ने बहानामा। तरकारि किन्ने पसल जाने बाटो एउटा तर म अर्कै बाटो जाँदै थिएँ अनि राम्रो सङ्ग हेक्क पनि थियो, तर पनि म हिडे। घर बाट करिब ५० मिटर जति अघि गएपछि मोबाइल झिकेँ
उनलाई कल गर्न खोजेँ डाएल्ड नम्बरबाट। तोइट म पनि कस्तो हुस्सु अघि भर्खर नम्बर डिलिट गरेको ऐले फेरि त्यहि लिस्टमा नम्बर खोज्दै छु,। उनको नम्बर कण्ठ भैसकेको थियो र त डाएल गरेँ, ९८४५४९****, घन्टि गयो निकै लामो समय सम्म रेस्पोन्स आएन लग्भग कल काटिने बेला भैसकेको थियो, आवाज आयो "हेल्लो"
लामो सास फेरे, लाग्दै थियो कि बल्ल मजा आयो। लाग्दै थियो हिजो पछि बल्ल आज सुनेको त्यो आवज पनि मानौ, निकै लामो समय पछि निकै लामो प्रतिक्षा पछि उन्को आवज सुन्न पाएको छु।
आफैँमा एउटा उर्जा थपिएको महसुस भयो।
म बोलेनछु सायद उनकै ख्याल्मा डुब्दै थिएँ र उता बाट फेरि आवाज आयो, हेल्लो,
"ओइ बुध्दु" म झन रनभुल्ल मा परेँ, अन्कनाउदै "हजुर्" बाहेक अरु शब्द मेरा मुखबाट निस्केनन । उनि हाँसिन ,"म ऐले पानिपुरि खाँदै छु एकै छिनमा कल गर है"। भनेर राख्ने अनुमति मागिन।
म के जान्दथेँ र के नै भन्न सक्थेँ र? तर उस्को त्यो अनुमति नभै एउटा सुचना थियो र मैले फोन राखेँ। उनले बाई भनिन, मैले भनिन मुड अफ त थिएन तर पनि उनलऐइ घुर्कि देखाएको झैँ गर्नु थियो । ट्राई गर्नु थियो मेरो घुर्किले उस्लाई फरक पार्छ कि नाई?
म पनि हिड्दा हिंड्दै ॐ शान्ति चोक पुगिसकेको रहेछु। अघिपछि कहिल्यै पानिपुरि चट्पटे नखाने मान्छे म आज भने उनलाई सुनाउन र सङ्गै खाएको कल्पना गर्न मात्रै भए पनि खान मन लाज्ञ्ो। त्यसो त कहिल्यै टेस्ट नै नगरेको भने होइन तर अलि अप्ठ्यारो लाग्थ्यो आज चैं बालै भएन खान्छु जस्तो लाज्ञ्ो। मन्मा मनगण्ते कुरा खेलाउदै,
पानिपुरिवाला दाइलाइ, एक प्लेट पानिपुरि भने,
प्लेट दिए दाइले, वरिपरि ४-५ जना थियो पालै पालो पुरिमा चोखा राख्दै पानिमा डुबाउदै दिंदै थिए। केटिहरु ३ जना रहेछन अनि एक जना केटा म बाहेक, लाज अलि कम भयो धन्न केटा नि रहेछ नत्र काग्को हुलमा बकुल्ल हुने रैछु ।
५ वटा भन्दा खानै सकिन, जेन्तेन खान खोजेँ गारो भयो अमिलो फेरि भर्खर खाजा खाको हुनाले। मैले पुज्ञ्ो दाइ मलाइ भनेँ, २५ रुपे प्लेट रहेछ दाइले २० मागे, मैले दिएँ अनि नोगेन्द्र कान्छा चोक हुदै कारेश्वर हुदै तरकारि पसल गएँ। अझै उन्को फोनको अत्तोपत्तो छैन बा। बेलुका को लागि च्याउ किनेँ १।२ केजि अनि फर्केँ, आउदै थिएँ फोन आयो। नम्बर थियो उहि। निकै समय सम्म उठाइन मिस्डकल पो गर्न खोजेको हुन कि भनेर अनि अन्त्यमा फोन ऊठाएँ।
"हेलो" भने
हेलो" उम के गर्दै छौ भनिन
मैले भने "डुल्दै तिमि के गर्दै"
उनले भनिन म त पढ्न लाको,
एह हो कुन किताब? फुस्कियो मेरो मुखबाट।
"बिसिनेस म्याथ" उनले भनिन।
म झसङ्ग भए, ल +२ को अर्थ उनि त १२ मै पो पढ्दि रहिछिन, म चै ११ लऐ नि +२ नै त भन्छ भनेर सोच्दै थिएँ।
उनले केहि सोध्न खोजे जस्तो गर्दै थीइन,
म पनि उनलाइ सहज होस भनि, केहि उनको कुरा सङ्गै बहने प्रयाशमा जिस्क्याउदै सोधे," म्याथ पनि पढिन्छ त त्यो त प्र्याक्टिस पो गर्ने हो त।"
उनलाइ दिन कसरि बित्यो भनेर सोधेँ, सरल उत्तर थियो ,"सेम एज युजुअल्"
लौ गफ गर्ने कुरै भेटिन मैले, उनको बारेमा धेरै कुरा जान्ने ईक्षा हुदाहुदै पनि, आफुलाइ तल पारिपारि धेरै प्रश्न राख्न रुचाउदिन थेँ म। उनि फेरि प्रश्नको सरल उत्तर दिन्थ्यिन अनि जसै उन्को उत्तर टुङ्गिन्थ्यो, जोडिन्थ्यो दुइवटा अरु शब्द (अनि तिमि)
उनसङ्ग केहि बेर कुरा भयो, अनि उनले फोन राख्छु अब पध्नु छ भनिन,
मैले पनि हुन्छ बाइ न टेककेयर भन्न भ्याईहालेँ। उनले फोन राखिन
म पनि खुशि नै थिएँ। निकै बेर कुरा भयो न ब्यालेन्स खर्च भयो। अनि यो ब्यालेन्स ले भोलिलाई पुग्ने भो। खुशि हुदै घर पुगेँ।
सहि मजा सङ्ग खाना बनाए, सारै मिठो भएछ। सबैले खानाको प्रशंशा पनि गर्न भ्याए, घरमा। अनि ठट्यौलि पारामा भन्दै थिए, "अब खाना बनाउने टेन्डर चैं सधैं यसैलाइ दिनु पर्छ। म पनि जिस्किदै भने,, ल्याओ न महिनाको १०००-१००० सबैले म बिहान बेलुकै बनाउछु नि।
कुरा यसै भयो… खाना खाइसकेर पढ्न बसें।
एक्छिन पढेर सुत्ने तर्खर गर्दै थिएँ।
"गुडनाईट स्विट ड्रिम्स्" म्यासेज आयो उता बाट्.
यु टू एन टि सि लेखेँ। अनि सेन्ड गरेँ।
उनि कस्ति होलिन, भनेर अब म कल्पना मा डुब्न थालेँ,
उनका केश कस्ता होलान्, उनको आखा, उनको अनुहार,कस्तो होला?
उनको स्वभाब चैँ चन्चले भएको थाहा थियो।
अनि उनको मुहारको आक्रिति उनको कल्पना गर्दागर्दै कति खेर भुस भएछु पत्तै भएन्।
#यात्री