मिस्ड-कल (भाग ४)
म्यासेजमा आएको शब्द निकै प्यारो लागिरहेको थियो, त्यति मात्र कहा हो र,,,, मलाइ त उनि सङ्ग कतिखेर बात मार्न पाउँला जस्तो भैसकेको थियो। खुशि उमङ्ग छाइरहेको थियो। बिशाल ले खाजा बनाएर बोलायो, बिहान खाको थाल माझेको छैनस्?
म झसङ्ग भए, उनलाइ कल गर्ने धुनमा थाल माझेनछु, न त फोन नै लाज्ञ्ो। तर केहि छैन ऐले माजि हाल्छु नि, भनेर आफुले खाको थाल
माझेँ अनि। चाउचाउ पकाको रहेछ "वाईवाई" ३ वटा थालमा बराबर भाग लगाइयो। अनि खाइसके पछि, म निस्किएँ तरकारी किन्ने बहानामा। तरकारि किन्ने पसल जाने बाटो एउटा तर म अर्कै बाटो जाँदै थिएँ अनि राम्रो सङ्ग हेक्क पनि थियो, तर पनि म हिडे। घर बाट करिब ५० मिटर जति अघि गएपछि मोबाइल झिकेँ
उनलाई कल गर्न खोजेँ डाएल्ड नम्बरबाट। तोइट म पनि कस्तो हुस्सु अघि भर्खर नम्बर डिलिट गरेको ऐले फेरि त्यहि लिस्टमा नम्बर खोज्दै छु,। उनको नम्बर कण्ठ भैसकेको थियो र त डाएल गरेँ, ९८४५४९****, घन्टि गयो निकै लामो समय सम्म रेस्पोन्स आएन लग्भग कल काटिने बेला भैसकेको थियो, आवाज आयो "हेल्लो"
लामो सास फेरे, लाग्दै थियो कि बल्ल मजा आयो। लाग्दै थियो हिजो पछि बल्ल आज सुनेको त्यो आवज पनि मानौ, निकै लामो समय पछि निकै लामो प्रतिक्षा पछि उन्को आवज सुन्न पाएको छु।
आफैँमा एउटा उर्जा थपिएको महसुस भयो।
म बोलेनछु सायद उनकै ख्याल्मा डुब्दै थिएँ र उता बाट फेरि आवाज आयो, हेल्लो,
"ओइ बुध्दु" म झन रनभुल्ल मा परेँ, अन्कनाउदै "हजुर्" बाहेक अरु शब्द मेरा मुखबाट निस्केनन । उनि हाँसिन ,"म ऐले पानिपुरि खाँदै छु एकै छिनमा कल गर है"। भनेर राख्ने अनुमति मागिन।
म के जान्दथेँ र के नै भन्न सक्थेँ र? तर उस्को त्यो अनुमति नभै एउटा सुचना थियो र मैले फोन राखेँ। उनले बाई भनिन, मैले भनिन मुड अफ त थिएन तर पनि उनलऐइ घुर्कि देखाएको झैँ गर्नु थियो । ट्राई गर्नु थियो मेरो घुर्किले उस्लाई फरक पार्छ कि नाई?
म पनि हिड्दा हिंड्दै ॐ शान्ति चोक पुगिसकेको रहेछु। अघिपछि कहिल्यै पानिपुरि चट्पटे नखाने मान्छे म आज भने उनलाई सुनाउन र सङ्गै खाएको कल्पना गर्न मात्रै भए पनि खान मन लाज्ञ्ो। त्यसो त कहिल्यै टेस्ट नै नगरेको भने होइन तर अलि अप्ठ्यारो लाग्थ्यो आज चैं बालै भएन खान्छु जस्तो लाज्ञ्ो। मन्मा मनगण्ते कुरा खेलाउदै,
पानिपुरिवाला दाइलाइ, एक प्लेट पानिपुरि भने,
प्लेट दिए दाइले, वरिपरि ४-५ जना थियो पालै पालो पुरिमा चोखा राख्दै पानिमा डुबाउदै दिंदै थिए। केटिहरु ३ जना रहेछन अनि एक जना केटा म बाहेक, लाज अलि कम भयो धन्न केटा नि रहेछ नत्र काग्को हुलमा बकुल्ल हुने रैछु ।
५ वटा भन्दा खानै सकिन, जेन्तेन खान खोजेँ गारो भयो अमिलो फेरि भर्खर खाजा खाको हुनाले। मैले पुज्ञ्ो दाइ मलाइ भनेँ, २५ रुपे प्लेट रहेछ दाइले २० मागे, मैले दिएँ अनि नोगेन्द्र कान्छा चोक हुदै कारेश्वर हुदै तरकारि पसल गएँ। अझै उन्को फोनको अत्तोपत्तो छैन बा। बेलुका को लागि च्याउ किनेँ १।२ केजि अनि फर्केँ, आउदै थिएँ फोन आयो। नम्बर थियो उहि। निकै समय सम्म उठाइन मिस्डकल पो गर्न खोजेको हुन कि भनेर अनि अन्त्यमा फोन ऊठाएँ।
"हेलो" भने
हेलो" उम के गर्दै छौ भनिन
मैले भने "डुल्दै तिमि के गर्दै"
उनले भनिन म त पढ्न लाको,
एह हो कुन किताब? फुस्कियो मेरो मुखबाट।
"बिसिनेस म्याथ" उनले भनिन।
म झसङ्ग भए, ल +२ को अर्थ उनि त १२ मै पो पढ्दि रहिछिन, म चै ११ लऐ नि +२ नै त भन्छ भनेर सोच्दै थिएँ।
उनले केहि सोध्न खोजे जस्तो गर्दै थीइन,
म पनि उनलाइ सहज होस भनि, केहि उनको कुरा सङ्गै बहने प्रयाशमा जिस्क्याउदै सोधे," म्याथ पनि पढिन्छ त त्यो त प्र्याक्टिस पो गर्ने हो त।"
उनलाइ दिन कसरि बित्यो भनेर सोधेँ, सरल उत्तर थियो ,"सेम एज युजुअल्"
लौ गफ गर्ने कुरै भेटिन मैले, उनको बारेमा धेरै कुरा जान्ने ईक्षा हुदाहुदै पनि, आफुलाइ तल पारिपारि धेरै प्रश्न राख्न रुचाउदिन थेँ म। उनि फेरि प्रश्नको सरल उत्तर दिन्थ्यिन अनि जसै उन्को उत्तर टुङ्गिन्थ्यो, जोडिन्थ्यो दुइवटा अरु शब्द (अनि तिमि)
उनसङ्ग केहि बेर कुरा भयो, अनि उनले फोन राख्छु अब पध्नु छ भनिन,
मैले पनि हुन्छ बाइ न टेककेयर भन्न भ्याईहालेँ। उनले फोन राखिन
म पनि खुशि नै थिएँ। निकै बेर कुरा भयो न ब्यालेन्स खर्च भयो। अनि यो ब्यालेन्स ले भोलिलाई पुग्ने भो। खुशि हुदै घर पुगेँ।
सहि मजा सङ्ग खाना बनाए, सारै मिठो भएछ। सबैले खानाको प्रशंशा पनि गर्न भ्याए, घरमा। अनि ठट्यौलि पारामा भन्दै थिए, "अब खाना बनाउने टेन्डर चैं सधैं यसैलाइ दिनु पर्छ। म पनि जिस्किदै भने,, ल्याओ न महिनाको १०००-१००० सबैले म बिहान बेलुकै बनाउछु नि।
कुरा यसै भयो… खाना खाइसकेर पढ्न बसें।
एक्छिन पढेर सुत्ने तर्खर गर्दै थिएँ।
"गुडनाईट स्विट ड्रिम्स्" म्यासेज आयो उता बाट्.
यु टू एन टि सि लेखेँ। अनि सेन्ड गरेँ।
उनि कस्ति होलिन, भनेर अब म कल्पना मा डुब्न थालेँ,
उनका केश कस्ता होलान्, उनको आखा, उनको अनुहार,कस्तो होला?
उनको स्वभाब चैँ चन्चले भएको थाहा थियो।
अनि उनको मुहारको आक्रिति उनको कल्पना गर्दागर्दै कति खेर भुस भएछु पत्तै भएन्।
#यात्री
No comments:
Post a Comment