Monday, August 28, 2017

बिहानै ५ बजे नै उठेर मज्जाले घोक्दै थिएँ, चैत्रको १६ गते थियो, र जिल्ला स्तरिय परिक्षाको तेस्रो दिन।
सामाजिक शिक्षाको परिक्षा, हरे शिब!!
 मलाई घोक्ने भन्दा नि बुझ्ने बिषय मन पर्थ्यो। र सामाजिक शिक्षा यसर्थ मन पर्दैन थियो कि, यसमा गाऊ बिकास समिति, जिल्ला बिकास समिति, वडा कमिटिको पदाधिकारिहरु कसरि नियुक्त हुन्छन ? भन्ने कुरा सबै भन्दा बेफ्वाँक लाग्थ्यो, यसर्थ कि, म त्यि कुरा कहिल्यै बुझ्नै चहान्न थेँ, र घोक्दा पनि खालि अन्योलतामा रोमलिन्थें, र गञ्जागोल हुन्थ्यो सबै।
ऐले सम्झिदा पनि हाँसो लाग्छ सबै गफै दिने त थियो नि। ऐले जुन बिषय सबै भन्दा बढि मन पर्छ त्यो बिषय कुनै दिन सन्सार कै सबै भन्दा अल्टर बिषय भनेर सोच्थें।धेरै थोरै लग्भग तयारि गर्दै थिएँ। एक्कासि ६ बजे तिर बसन्तको फोन आयो, ममिको मोबाईलमा। कुरा गरेँ, यसरि कुरा गर्यो कि ल​, आईजो इक्जामको प्रश्नपत्र पाईयो, सङ्गै बसेर पढौं। हस्याँङ्ग फस्याङ्ग गर्दै आमा घर पुगेँ, बा को बुढो साईकल निकालेँ, र सोधें," बा म ८ बजे तिर आउछु तपाईलाई त्यतिञ्जेल सम्म कहिकतै जानु त छैन नि?" र छैन भन्ने उत्तर आएपछि साईकल लिएर बडो रफ्तारमा खन्द्र्याङ्ग खन्द्र्याङ साईकल बजाउदै जङ्गलको बाटो नरबस्ति पुगें।
बसन्त हजुरबुबाको कोठामा बसेर प्रश्न पत्र हेर्दै रैछ​, साथ मै थियो लय पनि अनि थिए, कुन्नि कुन कुन स्कुलका केटाहरु। प्रश्न पत्र हेरेको माथि जिल्ला स्तरिय परिक्षा सामाजिक शिक्षा लेखिएको सबै कुरा फर्म्याट अनुसार नै थियो। एक्छिन बसियो मज्जाले प्रश्न पत्र हेरियो, एक्छिन छल्फल गरियो ८ बजे पछि निस्कने निदो गरें फेरि अब स्कुल जान ढिलो पनिउ हुन्थ्यो। ब्यागमा किताब हालें,
अनि बसन्तले भन्यो यो प्रश्न पत्रको १००० रे, ३-४ सय कति छ झिक त भन्यो। ट्वा परें, ल फसायो केटोले, अक्क न बक्क भ​एं। गोजि टक्टक्याउदा सम्म पनि २१५ भन्दा झरेन​, ल छोड्दे यत्ति भे नि दे अरु पछि मिलाउलाँ। भन्यो, म कालो निलो भ​एं, कति दिनको खाजा खर्च जोगाएर जम्मा गरेको थिएं। फेरि अर्को तर्फ थियो जिल्ला स्तरिय परिक्षाको प्रश्न पत्र​। त्यता तिर धेरै नसोचि घर पुगें, साइकल पुर्याएँ आमा घर, अनि घर आएर खाना खाएर स्कुल ग​एँ। सबै साबिक झै हुँदै थियो। एक्दुईटा प्रश्न अत्ति नै मिल्ने साथिहरुलाई पनि सम्भावित प्रश्न भन्दै सुईको दिएँ।
परिक्षा सुरु भयो, प्रश्नपत्र पाए पछि एसो हेर्छु त एउटा प्रश्न पनि बिहान किनाईएको प्रश्नपत्र बाट थिएन​। तर त्यस्तो आत्तिन पर्ने प्रश्न नि थिएन्। आनन्दले गरियो। तर फोकटमा आफ्नो पैसा गको र फोकटमा समय  बर्बाद भको देखेर आफै प्रति दया लागेर आयो। धन्न यो कुरा त्यति खेर खसै कसैलाई नि सुनाईन नत्र त मलाइ महामुर्ख नै भनिदिन्थे सबैले।
त्यसपस्चात एस एल सि कै प्रश्नपत्र छ​, जेन्युन भनेर कसैले भनेको भ​ए नि बरु जति आउछ आफै गर्ने, तर यस्तो गल्ति कदापि नगर्ने प्रतिबद्दता गरें आफै सङ्ग​।
लगभग ब्याचलर्स सकिंनै लाग्दा, आज अकस्मात यो कुरा कहाँ बाट याद आयो त थहा छैन तर सम्झिंदा आफैलाई हासोको र दयाको पात्र बनाएर हाँस्न र दया देखाउन मन लाग्दो रहेछ​, र आफ्नो मुर्खता प्रति थोरै करुणा पनि जाग्दो रहेछ​।
#यात्री

No comments:

Post a Comment