"हरि ए हरि,
हैन जति सुते पनि नमेटिने निद्रा कति लागेको हँ यस्लाई? " बा को आवाज ठोक्कियो कानमा, डर लाग्यो, बा यति भनेर गोठबाट घर भित्र छिर्दै गर्दा, म हत्तनपत्त जुरुक्क उठेँ र अगिनै उठेको झैं गरि मेरा कक्षा ६ को नेपाली किताब पल्टाउन थालें।
औधी डर लाग्छ मलाई बा सङ्ग प्रत्येक कुरामा अझ भनेको अटेर गरेर सुतिरहँदा त ओक्षान नै भिज्ने गरि पानी पनि खत्याईदिनु भएको छ ३ पटक! र त्यो गनेरै बसेको छु।
म चोटा बाट उत्रिएँ। आमाले आगो फुक्दै हुनुन्थ्यो र हिजो परेको पानीले गोठको एउटा छेउमा राखिएको दाउरा पनि पुरै भिजाएको रहेछ, कागज पलास्टिक र मट्टितेल खन्याउँदा पनि आगो नबले पछि, आमाले मलाई रोटि पकाउने ताइ दिंदै भन्नू भो, जा त पल्ला घर बाट अलिकती भुङ्रो लिएर आइजो। म ताई बोकेर लागें बिरे को घरमा त्यहा त काकिले आगो फुकि होरि दूध पनि उमाली सक्नु भएको रहेछ। भुङ्ग्रो लिएर घर आएँ, बिरेको घर पछाडी छ हाम्रो घर त्यहिंबाट आउंदै गर्दा एउटा चिर्पट पनि ल्याएं। आगो सल्काउन सजिलो हुन्छ भनेर। डर पनि लागिरहेको थियो फेरि काका काकिले देखे भने गाली गर्ने हो कि भनेर! आ भैरहोस आगो सल्काउन त ल्याको हो नि, गाली गरे भने, त्यही चिर्पट पनि पैंचो तिर्दिम्ला भन्ने तैयारिमा थिएं तर कसैलाई केही भन्नू परेन। घरमा ल्याएर आमालाई जिम्मा दिंदै, नाम्लो र खुर्पा ठिक पारें, घरपछाडी बाट ट्वाक नि लिएं र लागेँ जङ्गल तिर।
नित्यकर्म सकिए पछि कालिकाठको एकाङ्गालो स्यौला झारें। यो रुख त्यही थियो जुनबाट लडेर मैले बायाँ हात भाँचेको थिएं २ बर्ष अगाडि। त्यसबेला देखि रुख चढ्नै डराउथेंरी तर पछि अलि अलि भने चढ्न थालें।
स्यौला घर लिएर घर पुग्दा, आमाले भर्खर दूध तताएर राख्नु भएको रहेछ, आधा बटुका चिउरा लिएर टन्न दूध हालें अनि आमाले मदेख्ने गरि एक मुठ्ठी चिनी हाले। साह्रै मीठो भएछ। आमाले भन्दै हुनुन्थ्यो, अब चाँडो पानी लिएर आइजो। बा दुधको क्यान बोकेर अघिनै बजार लागि सक्नु भएको रहेछ। पानी ल्याउन भनेर बा ले आज साईकल पनि नलि कन जानू भएछ। आहा!
साईकल भएसी त दिउसभरी पानी ओसार भनेनी गर्छु जस्तो लाग्थ्यो। साईकल पनि हेरो थियो नाम जस्तै। दुईटा गाग्री क्यारियरको दुईतिर पारेर राखियो डोरिले बानेर। धारा एउटा तर ओल्लो गाउँ देखि पल्लो गाउँ सम्म को मान्छे हरुले पानी थाप्ने यो एउटा धारो बाहेक बिकल्प थिएन। म आत्तिएं मान्छेको भिड देखेर तर धन्न लइन मै राखिएको थियो सबै भाडाहरु,। मैले नि सरक्क सबै भन्दा पछाडी राखें दुइवटै गाग्रो। दिमागमा उत्पट्याङ्ग बिचार आयो, मेरो पालो आउन्जेल सम्म, शंकरलाई बाले एक हप्ता अगाडि मत्रै किन्नु भको हाम्रो हिरो रोयाल साईकल देखाउंछु। उसको साईकल थोत्रो हुन लागेको थियो र खिस्याउनुको मजा नै बेग्लै थियो। म साईकल को सिटमा बसेर पाईडल पूरा नभेटे पनि गजब चलाउथें भनेर सबैले भन्थें बेला बेलामा त यसरी हुईकाउथें कि ठुला मान्छे हरुले चै गाली गर्थे, र मलाइ यो पटक्कै मन पर्दैन थियो। कत्तिन आफुले चलाउन जान्दैनन अरुलाई गाली गर्छन। शंकरको घर अगाडि पुगेर कृङ्कृङ्ग साईकलको घन्टी बजाएँ। उ आईपुग्यो साईकलको घन्टी सुन्ने बित्तिकै।
" वाह कस्तो राम्रो साइकल ले न म पनि चलाउँ" भन्न नि पछि परेन माथी बार्दली बाट काकीले हेरिरहनु भा रैछ, के छुच्चो बन्नु भनेर खुरुक्क उत्रेर दिएं साइकल उसले चलायो म पछाडी बसें एकै छिन स्कुलको चौरी तिर गयौं, उस्का बा ले पानी ल्याको देखेर झसङ्ग भएं, म हावाको बेग सङ्गै साईकलको रफ्तार बढाउँदै थिएं। धारामा पुग्दा त मेरा भन्दा अगाडिका कुनै भाँडा थिएनन त्यहाँ अनि अझै मेरा गाग्रीहरु चैं त्यहिं भोक लागेको जसरी क्वार्क्वार्ती धारामा एकनासले हेर्दै थिए। मलाई अब फेरि बाको डर लाग्दै थियो, आज नि डंडाल्नु भरी सुम्ला भेटिने भैयो। मन मुटु र शरीर पनि कापिराको थ्यो। बल्ल बल्ल कुरेर गाग्री भरी सकें अब अगिन ल्याको डोरि पो काँ खस्यो कि यहिं राखेको थिएं कसैले लग्यो पत्तो लगाउन सकिन । भर्खर साइकल लिएर आईपुगेका गोथे काका सङ्ग डोरि मागें। पानी लिएर घर पुगें । थपक्क अर्को डोरि पनि बोकेर गाग्री लिएर फेरि लागें अर्को खेप पानी ल्याउन। काकाको नाम्लो फिर्ता दिएं। पालो मै बसेर अर्को खेप पानी भरें र घर पुगें। बा ले आज बजार बाट फर्कंदा मिठाई ल्याउनु भएको रैछ। तर त्यो मलाई पनि भाग लगाएर दिनु अगाडि वाक्य खस्यो बा को मुख बाट आज निकै अबेर गरिस त केटा। म सानो स्वरमा भन्न लागें, भिड धेरै थ्यो त्यही भएर हो। तर यति भनुन्जेल मेरो आखाले बाको आँखा त परको कुरा बा भए तिर समेत हेर्न सकिन।
बा ले कुनै प्रतिबाद गर्नु भएन। धन्न आफुले ठुलै तनाबबाट मुक्ती पाएको अनुभूति हुँदै थियो। एकै छिनमा ध्यान मिठाई तिर लाग्यो। आफ्नो भाग खाएं। आमासङ्ग भात मागेर खाइयो अनिभाईको भाग नि चोरचार पारेर अलिअली खाइयो। अलि अलि भाइलाई फकाएर।
अनि काखिमा एउटा कापी र एउटा किताब च्यापेर हिंड्न लागेको थिएं स्कुल तिर, बा ले भन्नु भयो, साइकल लैजान्नस
बा को मुखबाट साईकल लान्नस भन्ने वाक्यले यति खुशी बनायो नि, आज त बाको गालामा म्वाइ खानै मन लाग्यो, तर बा को अगाडि भद्र बनेर लान्छु भने, कुनै उत्सुक्ता, कौतुहलता नदेखाई बाहिर आएं।क्यारियरमा कापी र किताब च्यापें। बाहिर बाल्टिनमा भएको पानीले हात मुख धोएं अनि सर्टमा लागेका फोहोर एउटा टालो भोजाएर पुछें। आखिर हिरो साइकल चढेर स्कुल जान लागेको छु, हिरो त देखिनै पर्यो नि।
#यात्री

No comments:
Post a Comment