Facebook चलाउदै थिएँ, newsfeed भरी आँखा डुलाउँदै, यो facebook ले पनि कति निकम्मा बनायो, नया नौलो केही हुँदैन तै पनि दिन र रात यसै बितिदिन्छ। मनमा तरङ्ग उठ्दै थियो, हुन त समाचार देखि बिश्वबारे नै जानिन्छ बुझिन्छ यहि facebook मा।
newsfeed scroll गर्दै like गर्दै थिएं, उमेशले share गरेको रहेछ, "Who loves you the most?" त्यस्मा उसको girlfriend कै नाम उल्लेख थियो। अचम्म लाग्यो एकछिन त, कसरी पत्ता लगाउँछ हो यस्तो कुरो?? फेरि सोचें सबै facebook chat र conversation अनुसार नै त calculation गरेर गर्छ होला, कि हचुवा comment like र react कै आधरमा गर्छ होला नि यो बिषयमा पनि म निश्चिन्त थिएँ।
मनमा कौतुहलता बढ्दै थियो, म पनि check गर्नु पर्यो, को चंही देखाउँदो रैछ कुन्नी? ल relationship मा भएको मान्छेको त देखायो, ऐले सम्म love नपरेको मान्छेको के देखाउँछ हेर्न मन थियो। हाहा love नपरेको आफैलाई प्रश्न गर्दै थिएं अरे यार, love नपरेको कहाँ हुनु, परेर पनि नपरेको अर्थात मन परेको मन पराईएको तर माया प्रीती बाट चैं टाढै रहेको थिए।
Do you want this app to continue?
Yes option click गरें। एकैछिन calculating देखायो। अनि देखायो उनको नाम। म झसङ्ग भएँ। मैले को होला भन्ने कौतुहलता त मार्न सकेको थिईन तर पनि कसैको नाम सोचेको सम्म पनि थिईन यसर्थ पनि उनको नामले मलाई अलिक आश्चर्य चकित तुल्यायो, र अर्को कारण थियो। उनी सङ्गको conversation मा पुर्णबिराम लागेको पनि महिनौ भैसकेको थियो।
अनि ठूलो प्रुण बिराम पछि धेरै दिनमा online देख्दा message पठायो Hello, Hy, के छ खबर? के गर्दै छौ? पढाइ कस्तो भैराछ? यो भन्दा पर कहिल्यै कुरा अघि बढेनन बिगतका ३ बर्ष यता। अनि यति बार्तालाप पछि नै एउटा नया अनुच्छेद रचना गर्ने सपना तुहिएर २ line मै अनुच्छेद परिवर्तनको सङ्केत पाइन्थ्यो र फेरि ठूलो पुर्ण बिरामले त्यस अनुच्छेद टुङ्गिन्थ्यो। र उनी अनि म दुबै स्तब्द रहन्थ्यौँ।
अचम्म लाग्यो यत्तिका बर्ष भैसक्दा पनि उनीसङ्गको मेरो conversation सायद अझै पनि सबै भन्दा लामो conversation रहेछ। हाम्रा पुराना message हरु हेर्न मन लाग्यो। हेर्दै गर्दा पहिला उनलाई मैले facebook मा add हुनुपुर्ब गरेको पोके याद आयो। उनले त्यो pokeback गर्दै request पठाएकी थिईन। हामीले एक अर्कालाई धेरै अगाडि नै देखे पनि, चिन्जान र कुराकानी भने कहिल्यै भएको थिएन। जुन दिन उनी सङ्ग add भैयो हाम्रो कुराकानी हुँदै गयो, कसरी हामीले एकार्कालाई ख्याल गरेको रहेनछौं भन्ने देखि धेरै कुरा गरियो। उनी मैले चिनेको एउटा दाईको बहिनी रहिछिन। उहाँ दाइ निकै राम्रो cricket खेल्नु हुन्थ्यो। र encourage पनि गर्नु हुन्थ्यो भने बेला बेला मा क्रिकेट तेच्निकुएस पनि दिनु हुन्थ्यो।
बिस्तारै गफगाफ बढ्दै गए, उनी सङ्ग धेरै कुराहरु साटियो मनमा रहेका धेरै कुराहरु, उनी भन्थिन कसरी समाजसेवामा लाग्ने रहर छ भनेर हामी बिछ यी यावत कुराहरुमा पनि छलफल हुने गर्दथे।
कुरा बढ्दै गयो, दिन बित्दै गए र सम्बन्ध अझै प्रगाढ बन्दै थियो। हामी बिछ फोन मै पनि घन्टौं लामो कुराकानी हुन्थ्यो। तर उनी दाइ नभएको बेलामा मत्रै फोन चलाउँथीन। र म पनि उनका सङ्केत अनुसार आउथे online। उनि एक्लै हुँदा केही रातहरु लग्भग छर्लङ्गै उज्ज्यालो भएको उनी सङ्गै phone मा कुरा गर्दै। हो, उनी दाइ सङ्ग हुँदा phone चलाउन पनि निकै जो डराउथिन।
म उनको मायामा दिन्प्रतिदिन झन्झन डुब्दै थिएं। सायद उनी पनि मेरो मायामा या भनौ, हामी दुबै जना एकअर्काको मायामा। मलाई थहा थियो, यो उचित थिएन। किनकी उनको दाईले मलाई भाइ मान्नुहुन्छ, निकै सफा छ उहाँको सोच दाइ कै माध्यम बाट म उहाँको family मा पनि परिचित भैसकेको थिएं। उनको घरमा एक्दुई पटक गएको पनि थिएं दाइ सङ्ग तर उनलाई देखेको थिइन, उनी मामाघर बसेर पढ्दी जो रहिछिन। उनको बाबाममी , उहाँहरुको सोच र म प्रतिको दृष्टिकोण पानी परे पछिको आकाश जस्तै छर्लङ्ग खुल्ला थियो। सायद मैले उनी प्रती यस्तो सोच राख्नु वा मायामा झन डुब्दै जानू कतै उहाँहरुको बिस्वासलाई लात हान्दै भन्काउने प्रयास जस्तै पो हुन्थ्यो कि म अलि धेरै गम्भीर हुँदै थिए। हुन त मैले उनलाई खुलेर उनलाई म तिमीलाई मन पराउछु, माया गर्छु अनि सारा जिन्दगी सङ्गै काट्न चहान्छु यस्ता केही कुरा पनि प्रतक्ष्य भनेको त थिईन तर केही सङ्केत भने अवस्य दिएको थिएं, र उनका पनि धेरै सङ्केतहरु केलाउँदा उनितर्फबाट पनि प्रेमको प्रतिबाद नहुनेमा निश्चिन्त थिएं। तर यतिले हुँदैन थियो, मलाई छट्पटी हुन थालेको थियो कतै मैले केही गलत त गरिराखेको छैन? आखिर म केका लागि घरबाट बाहिर बसिरहेको छु? मेरो परिवारले ( बाबा आमाले)म बाट के अपेक्षा गरि राख्नु भएको छ? अनि उनका पनि त यस्तै छ, र उनका परिवारले अझै म सङ्ग पनि त यो कुराको अपेक्षा राख्नु भएको छैन। म यो कुरामा निस्चिन्त थिएं।
यसर्थ अब मैले केही भन्नू थियो उनलाई, " हामी अहिले यो भन्दा बढी नजिक नहौं है?" सायद मेरो शब्द चयन गलत हुन सक्थ्यो, या facebookमा कुरा हुँदा यो वाक्य भनिएको भएर समय र माध्यम गलत हुनपुग्यो होला। मैले बिचमा उनलाई आफुलाई एकजनाले मनपराई रहेको कुरा नि खोलेको थिए। सायद उनको म प्रतिको बुझाइमा अलिकती नराम्रो impression पर्न गएको हुन सक्छ।
उनी अलि जिद्दी बन्दै थिइन। म बुझाउन असमर्थ भैरहेको थिए। हामीमा अझै परिपक्वता आईसकेको छैन, जिन्दगीका धेरै मोडहरुबाट यो जिन्दगी अघि बढाउनु छ। कैयौं दरार हरुको सामना गर्नु पर्छ भन्ने चै थहा थियो । सायद उनी सङ्ग त्यस बार्तालाप पछि सबै भन्दा ठूलो दरारको सृजना हाम्रो निश्चल कन्चन सम्बन्धमा आएको थियो, जुन सम्बन्ध कहिल्यै गाँसिएकै थिएन, त्यो सम्बन्ध त थियो केबल बिस्वास र समर्थनको जहाँ लाग्दै थियो, सम्बन्ध पनि आश्थाको धरहरा भन्दा नाजुक भएर जिन्दगीमा गएको 4रेक्टर scale को पराकम्पनले नै तहसनहस बनाएको थियो। जिन्दगीले मोड लियो। बिस्तारै हामिले केही समय parallelly हिँड्नुपर्छ भन्ने मेरा सोचमाथी तुशारापत हुन लागे। सायद केही समय त्यसैगरी भएको दुरि नै maintain गरेर हामी अघि बढ्न सकेको भए हाम्रो सम्बन्ध सायद सुध्रिन सक्ने सम्भावना निकै प्रबल हुन्थ्यो। तर त्यसो भएन।
म केही दिन दुखी भएं र उनी पनि दुखी भएको म महशुस गर्न सक्थें। बिस्तारै हाम्रा जति मारे पनि नसकिने बातहरु मौनतामा र formality मा मात्र सिमित रहन थाले। बिस्तारै त्यही formality पनि कहिलेकाही औंशिपुर्णे लागे जस्तै हुन थाल्यो।
समय बित्यो, सायद ५-६ महिना अगाडि हुनुपर्छ उनले मलाई Thank you and sorry भनेर message पठाईन, पहिलाको कुराको लागि, मैले पनि उनी सङ्ग माफी मागे, उनका बिस्वासप्रती मेरा कदमले पुर्याउन गएको घात प्रती। र फेरि हाम्रो कुराकानी बन्द भो, अहिले पनि कहिलेकही online देखिन्छ, पहिले म नै message गर्छु! हेल्लो hy अनि सिमित २-४ प्रश्न अनि कुरा अघि बढाउने बिषयबस्तु नै भेट्दिन म सायद उनी पनि भेट्दिनन या खोज्न चाह्दिनन।
अझै पनि आफुमा परिपक्वता आईनसकेको महसुस गरिन्छ। र त्यस समयमा आफुले चालेको कदम ठिकै हो जस्तो लाग्छ तर उनको मनमा पर्न गएको चोटको पीडा र गहिराई सायद मैले चाहेर पनि महसुस गर्न सक्दिन। तर जे होस, मेरो जिन्दगिको एक सुन्दर सपना बनेर छाइन उनी। केही समयकै लागि भए पनि। sorry र Thank You!!! दुबै उनका लागि । 😍 #यात्री
No comments:
Post a Comment