Sunday, May 7, 2017

सडक सहरका गरिबहरुका निम्ति कमाई खाने ठाँउ मात्रै भ​एको छैन​। सैयौं घरबिहिनका निम्ति खुला आकाश मुनिको घर बनेको छ​। गरिबिले ब्याप्त र असहायका निम्ति एक मात्र आस्थाको धरहरा हो सडक​। कसैले दया गरेर केहि दिए त्यहि खाने रमाउने र त्यहि ठाउँलाई आफ्नो स्वप्न सन्सार ठान्छन उनिहरु।
आज करिब ९ बजेको हुनुपर्छ म बिर हस्पिटल बाट तेबह आउँदै थिएं। न्यु रोड गेटमा ६-७ जनाका सङ्ख्यामा खटिएका म्यादि प्रहरीहरुले केहि बाल्दै थिए। लाग्थ्यो जाडो भ​एर आगो बालेका होलन्। ब्यङ्यात्मक सोच आइरहेको थियो मनमा। जब अलिक छेउ पुगें, सडकपेटिमा बस्ने मानिसहरुका लुगाहरु जलाईएका रहेछन्। जलिरहेको (जलाईइरहेको) ह्रास बाट आफ्ना सामान र लुगा तान्न  खोज्दै थिईन त्यहि प्रहरि नजिकै बसिरहेकि महिला।
जब अझै उनिहरुको समानहरु बलिरहेको आगोमा थपियो म मा धैर्यताको बाँध टुट्यो अघि बढेँ र  एउटा पुलिसको काँधमा हात राख्दै भने, " यो त अत्ति भ​एन दाई" नजिकै अर्को प्रहरीले भुईमा झरेको ब्याग आगोमा जाकिदियो।
एउटाले भन्यो, "यिनिहरु चोर हुन​, ठग हुन​।"
अर्कोले जोड्यो "छोराछोरीले छोडेको रे,"
पहिलोले फेरि जोड्यो," दिउसभरि मागेको पैसाले होटलमा बस्नु नि"
कुरा बुझ्दै जाँदा त्यहा सडकपेटिमा बस्नेहरु आपसमा ढुङ्गा हानाहान भयो रे अनि फोर्स लगाएर भ​ए नि हटाउनु भनिएको थियो रे। त्यहि पालाना गर्दै रहेछन उनिहरु। तर यसरि भ​एको थोत्रो कपडा पनि जलाईदिनु चै मानबिय लागेन​।
म सङ्ग केहि बिकल्प थिएन​। त्यहाँबाट निस्कनु बाहेक​। बिबश अनि लाचार म​।
#यात्री

No comments:

Post a Comment