बाबा मैले कैयन पटक भनेको थिएँ,
परिवारको कमाई खाने
त्यो गैरिखेत बेचेर
म पढ्दिन।
अनि तिमीले भनेको थियौ,
छोरा, तिमीले ठुलो मान्छे बन्नु छ।
जसरी मैले मेरो जेठो छोरो सर्पको टोकाई बाट गुमाउनु पर्यो,
त्यसरि अरु बाबाले अर्को छोरो गुमाउनु नपरोस
हाम्रो गाउबाट २ दिनको दुरीमा रहेको अर्को गाउ छ
जहा जिबनजल नपाएर बर्षेनि १००औँले
म्रीत्यु सङ्गको लडाईमा पराजित हुनु पर्छ
तिमीले त्यो ठाँउ सम्म पुगेर
उनिहरुको तर्फबाट रक्षक बनेर
लडाई लडिदिनु पर्ने छ।
तिमीले तमाम आशाबिहिनहरुको
आस्थाको धरहरा बनेर ठडिनु छ।
छोरा तिमी डाक्टर बन्नु पर्छ,
मेरा आंखा रसाएका थिए बाबा
तिम्रा कुरा सुनेर,
म तिम्रा सपनालाई यथार्थमा बदल्न
गएको थिएँ।
म तिम्रा मुहारमा मुस्कान ल्याउन गएको थिएं।
म सुनौलो बिहानिको आशाको किरण बन्न गएको थिएं।
म मेरो लक्ष्यमा पुग्ने अन्तिम खुड्किलो पार गरेर
फिर्दै गर्दा अकस्मात भाबिले रचेको षड्यन्त्र मा परें !!!
#यात्री