गुनासाका पोकाहरु थपिँदैछन दिन बदिन,,,,,,,
अनि लाग्छ,
कुनै मोड छैन,
कुनै दिन छैन
कोहि मन्छे छैनन्
मेरा गुनासा बिनाका
दिनदिनै जब एउटै गुनासोका असङ्ख्य थैलाहरु भरिन्छन्
दिक्क लाग्छ,
मन अझै भारि हुन्छ
फिक्का लाग्छ
यो समय
यो परिबेश्
अनि आफ्नै जिन्दगि पनि मानौँ
रङ्ग बिहिन #ब्ल्याक एन व्हाईट भएको छ
यो सारा सन्सार नै।
हो
मलाई याद छ
मेरि आमा सङ्ग पनि गुनासो थियो मेरो,
किन म आफैंले गालि खान्थें
र एकदुई सिम्कना भेट्थेँ?
जब छिमेकि मेरा सथिहरुले
मलाई जिस्क्याँउदै झगडा गर्न आउँथे,
र म आमालाई कुरा लगाऊथेँ।
आज मैले बुझेको छु,
त्यहि सिम्कना र त्यहि गालिले,
आज मलाई झगडाबाट टाढा रखेको हुनु पर्छ।
हो त्यस्तै आशमा छु म आज भोलि पनि,
अहिलेका बिभिन्न मान्छेहरुसङका गुनासाहरु पनि
कुनै समयमा मर्गदर्शक बनेर बाटो पहिल्याउन मद्दत गर्ने
अनि प्रेरणा दिने,
आशमा
तर
यहाँ जसले गुनासो गर्ने ठाँउ छोड्छन्
आमाको जस्तो कहाँ हुन्छ र तिनका मन!!!
#यात्री
No comments:
Post a Comment