आज म सुत्ने
पलङ्गको ड्रअरको भित्र पट्टि हेरे,
म काठ्माण्डौ आउदा बोकेर आएको झोला
भेट्टाएँ,
थोत्रो,
झुत्रो
एउटा जिन्सको ब्याग्
जुन मलाई बाबाले
९ कक्षामा पढ्दा
यहि काठ्माण्डौ बाटै लगिदिनु भएको थियो।
आज फोहोरको गुन्टा फाल्दा
फाल्नु पर्छ कि जस्तो लाज्ञ्ा थ्यो,
तर
एस्सो चेन उघारेर हेरेको त
मेरि आमाको सपनाहरु अझै
त्यहि ब्यागमै डल्लो परेर बसिरहेका रहेछन्
त्यो झोलामा अटाई नअटाई
खाँदिएर।
त्यहि ब्याग मै रहेको सर्ट र पाईन्ट
जुन पहिलो पल्ट
यो शहर भित्रिदा लगाएर आएको पईन्ट
र सर्टका गोजि हरुमा
मेरा बाबाले दुख गरेर
आर्जिनु भको
त्यो पैसाको मिठो बास्ना
आइ रहेको थियो,
जसले मलाई झल्याँस्स बनायो,
एक निद्रा बाट
पुरानै भएनि
धोएर राखिएको ति लुगा लगाएँ,
अनि त्यो ब्याग बोकेँ,
एक उर्जा थियो त्यस लुगामा,
मलाई मेरो आमाको सपना
र बाबाको मिहेनतको
झझल्को दिलायो,
र सदैब यसरि मलाई झक्झक्याउने
मेरो थोत्रो
तर बहुमुल्य सम्पतिलाई
कसरि पो फोहोरको थुप्रोमा
फाल्न सक्थेँ र?
#यात्री
No comments:
Post a Comment