Monday, November 14, 2016

बाँझो जमिनमा बिऊ त्यसै छरे जस्तै भयो,
फुल्न नपाई कोपिला मै झरे जस्तै भयो।
म सपना बुन्थेँ हाम्रो निस्चल प्रेमकथाको,
नजमिँदै हाम्रो प्रेम गर्भ मै मरे जस्तै भयो॥।
#यात्री
बाँझो जमिनमा बिऊ त्यसै छरे जस्तै भयो,
फुल्न नपाई कोपिला मै झरे जस्तै भयो।
म सपना बुन्थेँ हाम्रो निस्चल प्रेमकथाको,
नजमिँदै हाम्रो प्रेम गर्भ मै मरे जस्तै भयो॥।
#यात्री
सबै मस्त छन जूनको सौन्दर्यमा,
म मग्न छु ऊनको सौन्दर्यमा,
बाँकि त सन्सारै फिकाफिका छ​
शब्द कोर्दा,आँखामा आँशुका ढिका छन्।
#यात्री
#चन्द्रमाः

Wednesday, August 31, 2016

Happy Father's Day 

Everyone says that their Dad is their Super Hero. And people even say that their dad is the best Dad in the entire world. That’s because they don’t know about the contribution of others’ Dad.
He seems so cool, tension free, provides more things than mother does, normally. He carries the whole world, all tensions, work to be carried out of home.
It’s been years since I have been staying out of home. During the first year I actually was too much afraid of expressing my words with him. Slowly and gradually I entered to the phase of maturity ( may not be actually maturity) but still the way of looking things, situations was gradually being changed. I then started growing up physically as well as mentally.
At my childhood, there were very few things that I complained about my Dad.  I started developing the reasons behind any action and reactions. I even went through the reasons behind those actions, mostly when Dad suggested me to do or not to do certain things. I did look for the reasons behind them.
I went through several ups and downs may not be actual struggle, but unfavorable situations, I always felt restless. As soon as I expressed my problems with you, you always smilingly suggested me, saying not to worry about anything, but  even never to run away from my responsibilities.
Every time you suggested me in the way I promise, I always prayed god to make me like you. Your efforts, your calmness, and your trust on me have really let me to take a ride inside me and look for the inner abilities.
You had trust on me, so you led me to make my own decisions regarding study to accommodations I preferred.
Yet I haven’t done and got huge achievements that make you feel so proud. But Dad I have a dream to be as positive, courageous, and farsighted as you have been.
You never cared what the people thought of, but you always carried out your duties and responsibilities and so will I be doing.
You have given up your dreams, to fulfill my needs and demands. You have hidden the holes in your pocket and let me get enough for my needs. You always let your dreams convert into my success and success. You focused on your efforts that could actually provide me, what I demanded. There are much times when I could have demanded for what I needed, and you would have fulfilled that at any cost. But Dad I never wanted to make those, unnecessary demands and that’s all because I have learnt to priotize the things in life according to its importance.
Dear Dad you are my super hero, my role model, and I have a dream to be as cool, honest and loyal towards duties and responsibilities as you have been. I will never let your trust to break down.  Love you Dad 

#यात्री
हामी नेपाली चाडपर्वले निकै धनि छौँ, त्यसैले त Craig Patrick ले भनेका छन, नेपाल यस्तो देश हो, जहाँ घर भन्दा बढि मठमन्दिर छन अनि बर्षमा जति दिन छन त्यो भन्दा बढि चाडपर्व​।
नेपाल बहुभाषिक, बहूशन्स्क्रितिक​, बहु धार्मिक राष्ट्र हो। नेपाल धर्मनिरिपेक्ष राष्ट्र, सबैलाई सबै चाड मनाउने उत्तिकै अधिकार सुनिश्चित गरिएको ।
चाडबाडको आफ्नै बिषेशता बोकेका हुन्छन्। गहिराईमा पुगेर खोज्ने हो भने अवस्य प्नि नेपाली सन्स्क्रिति र चाडबाडले मानिसलाई हर्षोल्लास पुर्याउँछन बर्षै भरि।
 निकै समय पछि घर बाट यसरि आजाद प​ंक्षि सरि डुल्दै थिएँ तर बाटै बाटो। थहा छैन किन​? तर पनि म अनामनगरको बाटो हिड्दा छुट्टै किसिमको #भाईब्स पाएको  महसुस गर्छु। सायद त्यो भाईब्स पनि नभ​एर मैले आफैलाई आफ्नै बारे सोच्न्लाइ छुट्ट्याएको समय पनि हुन सक्छ​।
कानमा हेडफोन, मन आफ्नै तालमा आफु भन्दा बाहिर डगमगाउन नदिने माध्यम नत्र​, बाटोमा हिड्दा पनि हरेक कुरा नियालेर आफ्नो बिस्लेषण दिने खोज्ने मान्छे जो परे। तर आज आफैलाई खोज्दै थिएँ, मेरा भोलि र भाबि दिन का बरेमा सोच्दै थिएँ, निकै रमाईलो लाग्दै थियो। नितान्त एक्लो थिएँ, अनि आफैलाई बुझ्न खोज्ने केहि प्रयासहरु पनि प्रसस्त थिए।
छक्कुबक्कु मन्दिर अगाडिको क्याफेमा चिया खाएँ, त्यहाँको चियाले एउटा नया ताजगि थपेको महसुस गर्छु म​, हुन त यो बल्ल तेस्रो पल्ट त्यहा को चिया पिउँदै थिएँ। निस्के अनि घर तर्फ अघि बढेँ, क्याम्पस गेट अगाडि पुगेँ तर पनि मलाई घर जाने मन थिएन म सिभिल अस्पतालमा पछि छोड्दै आलोकनगर गेटबाट भित्र छिर्छु भन्ने मनाशय बोकेर हिँड्दै थिएँ। अचानक सुनिरहेको गीतमा नोइज बढ्यो, म सोच्दै थिएँ "ए  यो गीतमा इफेक्ट्स र ब्याकभोकल बढि राखिएको रहेछ​। आवाज निकै ठुलै थियो त्यसैले त छुट्टाउन सकिन त्यो आवज बाहिर बाट आएको रहेछ भनेर​। अघि बढ्दै थिएँ , सिभिल अस्पतालको  दक्षिणपुर्बि कुनामा सायद दर खाने कार्यक्रम धुम्धाम सङ्ग चल्दै थियो, हेडफोन निकालेँ कानबाट पशुपति शर्माको निकै चर्चित तीजको गीत बज्दै थियो। निकै रमाइलो लाज्ञ्ो।  रमाईलो लाग्नुको कारण यो मत्रै थिएन कि गीत बज्दै थियो।
मुख्य कारण थियो, त्यहाँ अदबैंसे उमेरका पुरुषहरु पनि उत्तिकै राम्रो र जोशमा नाच्दै थिए। दुइचार जना को जमात नै थियो त्यहाँ भित्र हेर्नेको। रमाईलो लाग्दै थियो। म एकछिन त्यहाँ उभिएँ अनि हेरे।
अनि लाग्न थल्यो।
मान्छेहरु भन्छन चाडबाडले बिक्रिति भित्र्यायो, मान्छे बिगार्यो ह्यान त्यान्। सधैँ ब्यस्त रहने मानिश आफ्ना काम थकान अनि मौशम अनुसारको मिठा परिकार खाएर परिवार ईष्टमित्र सङ्ग रमाइलो गर्ने अवसर प्रदान गर्ने चाड कसरि नराम्रो मान्ने?
कुरा तिजको मात्र हैन​, तिजमा पराईघर ग​एका छोरिचेलिलाई माईत मा जमघट गर्ने अनि, आफ्ना आमा तथा दिदिबहिनि सङ्ग आफ्ना रमाईला क्षणहरुको साटासाट गर्ने समय गुनासा र गन्थन अनि भलकुसारिमा बितेको आधा रातमा खाईने दर को पनि छुट्टै महत्व छ​। अनि माईत ग​ए पनि आफ्ना पति आफ्ना लागि आफ्नो प्राण तुल्य छन, अनि उनिहरुकै दिघायु र सुस्वास्थको कामना गर्दै बसिने ब्रत निकै गहन महत्व बोक्ने गर्दछ​।
आजको  समयमा देखासेखि गर्ने र भेटघाटका नाममा नचाहिँदा वाइयात खर्च र देखावटि पन ले चाडबाडको महत्व घट्दो छ​।  हप्तादिन अगाडि दर खानु पनि नराम्रो हुँदै हैन​।
सबैको समयनुकुल जम्घट गर्नु र हर्षोल्लस सहित चाडमाऊनुको महत्व र रमाईलो छुट्टै छ​।
आफुसङ्ग के छ​, त्यसैको प्रयोग गरौँ।
नारीपुरुष सबै जना मिलेर सभ्यर भब्य रुपले चाड मानौं रमाईलो गरौँ।
#यात्री

Friday, August 26, 2016

न भगवान सङ्ग उनी माग्नु गल्ति थ्यो,
न सपनीमा उनीलाई डाक्नु गल्ति थ्यो,
जलाएर ब्यर्थै मुटु मेरो उनकै निम्ति,
दिलभित्र सजाएर राख्नु गल्ति थ्यो॥।
#यात्री

Monday, August 15, 2016

कहिं न कहिं त झुक्नु नै पर्छ,
पाईला अड्याएर रुक्नु नै पर्छ।
तर हरदम थकाई मारेर हुन्न,
गन्तब्यमा त पुग्नु नै पर्छ।
‪#‎यात्री‬
‪#‎Stay_motivated‬
लक्ष्य मिलोस​, सोच मिलोस​
उनीसङ्ग मेरो अठोट मिलोस​,
चाहे म बाट दुर नै होऊन उनि,
उनका मेरा भावना हर रोज मिलोस​।
#यात्री 

Saturday, August 13, 2016

४ः३५ जति भएको रहेछ। झल्यास्स ब्युझिएँ एक अनौठो र निक्कै फरक सपना बाट।
म एक ठुलो कम्पनिमा कार्यरत रैछु अझै भनुँ ठुलै पद सम्हालेर बसेको। आफ्नो अफिसको सिसाबाट बाहिर सबै छर्लङ्ग देखिने, र बाहिरबाट पनि भित्रका केहि द्रिश्यहरु देखिन्थे, तर पुरै पारदर्शि भने थिएन। म एक पदका निम्ति कर्मचारि छान्ने प्रक्रियामा रहेछु। बाहिर निकै लामो लाईन थियो। लाईनको बिचतिर एक जना उमेर सानी केटि उभ्भिरहेकि थि, मानौ मलाई उसले त्यो शिसाबाट भित्र सजिलै देखि र हात हल्लाई, दुबै हात, टाउको भन्दा माथि उठाएर दाँया हात बाँया कुमसम्म र बाँया हात दाँया कुम सम्मै पुग्ने गरेर। मैले वास्ता गरिन र मलाई फुर्सद पनि रहेनछ।
केहि समय पछि उनि मेरो ढोका सामुन्ने आईन, मलाई अचम्म लाज्ञ्ो किनकि उनका आँखा आँशुले टिल्बिल टिल्बिल थिए, बर्षायाममा भरिएको बाँध जस्तै।
मैले उनलाई सोधें, "के भयो?"
उनले भनिन,"केहि भको छैन।" (आँखाका डिलबाट दुई थोपा आँशु चिंऊडो सम्म आएर तप्प भुँईमा खसे।)
अनि किन रोएको त?" मेरो प्रतिप्रश्न थियो।
यस्सै। (आँखाका आशु पुछदै तपाईँ लोटस एकेडेमि पढ्नु भको है?)
हजुर हो, तर कसरि थहा पायौ?" मैले सोधेँ
"म पनि त्यहि स्कूल पढेकि हुँ।" उनले भनिन
ए हो र। मेरो सधारण प्रतिक्रिया
उनले आफ्नो नाम के भनिन सम्झन सकिन,
तर उनले आफ्नो नाम भन्ने बित्तिकै याद आयो आफु एस एल सि दिने बेलामा उनि यु,के,जि, मा पढ्दै थीइन सायद, अनि हामी कक्षाका साथिहरु उनको ‪#‎cuteness‬ को खुब तारिफ गर्थ्यौं।
हामी हाम्रो कक्षाको साथिहरु केटाकेटि सबैजना उनि सङ्ग खुब खेल्थ्यौँ जिस्किन्थ्यौँ।
"धत लाटि तिमी नि कहिं लाईन बस्नु पर्थ्यो त आफ्नो दाईको अफिसमा आउन?"
,
निद्रा टुट्यो। अचम्म लाज्ञ्ो यो सपनाको अर्थ के हो? न उनलाई मैले अघिपछि देखेको थें, न चिनेको नै।
‪#‎यात्री‬
‪#‎सपनाकोकुरा‬

Wednesday, August 3, 2016

राजनीतिमा प्रचण्ड र के. पी. ओली

हुन त राजनिती र रणनिति म केहि पनि बुझ्न सक्दिन​। यद्यपि बुझ्नै नखोजेको भने पक्कै होईन। यहाँ कसैले कसैलाइ बिश्वास गर्न योज्ञ छैनन्।
सबै काँधमा काँध मिलाएर अघि बढ्ने सम्झौता गर्छन्, तर जब कोहि अलिकति मत्रै कम्जोर ठहरिन्छ उसैलाइ तल्तिर दबाउँदै उसैको काँधमा नै चढ्ने प्रब्रिति नेपाली राजनितीमा नदेखिएको पनि कहाँ हो र​?
यहाँ कोहि भुस्तिग्रे पाल्छन​, कोहि आफ्नै सत्ता ढाल्छन​, अनि कोहि मुखले रामराम बगलिमा छुरा हाल्छन​। र बनाईरहेका छन नेपाली राज्निति अस्तब्यस्त​।
नेपालको बिकाशको बाधक ठहरिएको राजनैतिक अस्थिरता, चौतर्फि समस्याको प्रमुख जड मानिन्छ​। ब्यबसायिक लगानि देखि, बिदेशि कम्पनिका ठुल्ठुला प्रोजेक्ट सम्म पनि निकै प्रतिकुल असर खेपिरहेको देख्न सकिन्छ।
जुन जोगी आएनि कानै चिरेको भनिए जस्तै, बिगत २६ बर्षमा भ​एको २२ सरकारको परिवर्तनले राजनैतिक अस्थिरताको राम्रो ब्याख्या गर्छ​।
 के.पी. ओलीले चौतर्फि वाह्वाहि बटुल्दै गर्दा र अर्को तर्फ प्रचण्डले आलोचना खेपिरहनु पर्दा पनि अहिले सत्ता उनकै पक्षमा ग​एको छ​।
न मेरो ठम्याई नै हो उनि नराम्रा मान्छे हुन भन्ने, यद्यपि द्वन्द काल मा भ​एका कयौं मानविय तथा भौतिक क्षतिको लेखाजोखा त अवस्य पनि जिम्मेवार नागरिकले राखेकै छन्।
के,पी ओलिले आज सायद मैले केहि बुझ्न सक्ने भैसके पछि पहिला यस्ता नेता हुन जो म्रित्यु अगावै यति धेरै प्रश​ंसा बटुल्न सफल भए। मुलुकलाई भुकम्पले तहसनहस बनाईसकेपछि र छ महिने अघोशित नाकाबन्दिको मार खेपि रह​ँदा उनले शिर नझुकाउने भनेर गरेको अठोट पक्कै पनि नेपालीको पक्षको निर्णय हो। उखान टुक्का र हाँस्यब्यङ्यले पनि उनलाई नेपाली माझ परिचित बनाउन मद्दत गर्यो।
उनका भाषणहरु मध्य घरघरमा ज्ञ्ासको पाईप र हावाबाट निकाल्ने भनिएको बिजुली नेपाली जनता माझ निकै हिट खाए साथै प्रसस्त आलोचना समेत बटुले।
सायद निकै गाह्रो हुँदो हो राजनिति गर्न​। भन्छन नि बोल्न जति गाह्रो हुन्छ त्यो भन्दा कयौँ गुना गह्रो हुन्छ बोलेका कुराहरु ब्यबहारमा उतार्न​।
केपी ओलीले बोलेका कुराहरु सुन्दा निकै स्पर्शि सुनिन्छ तै पनि, ति कुराहरुलाई उनले उतार्न सक्थे वा सक्दैन थे भनेर अझै कम्तिमा एक बर्ष सम्म पनि सत्ता मै साझेदार भुमिका खेलेर बाहिर आएको र प्रतिपक्षमा रहेको पार्टिले धैर्यता भ​एको भ​ए जनताको नजरमा सबै कुरा छर्लङ्ग हुन्थ्यो। सायद कुर्सिको मोह नै त्यस्तै हुँदो हो, टाढा बस्नै नसक्ने।
गाँऊमा दशैँको बेलामा हालेको पिङ्ग जस्तो सबैले आफ्नो पालो कुरेर बस्ने।
आर्थिक ब्ृद्धि दर र नेपाललाई साँच्चै प्रगतिपथमा अघि बढाउनको निम्ति केपी ओलीको सोचहरु आधारशिला बन्न सक्छन्। यी यावत कुराहरुले नै जनमानसको नजरमा माओबादि पहिले भन्दा थोरै तल अवश्य गिरेको छ​। तर माओबादिले केहि गर्नै सक्दैन भन्ने चैं अवश्य हैन्।
नेपाली जनता पहिले भन्दा राजनितिक गतिबिधिहरु प्रति निकै सजक भैसकेका छन​। ऐलेको राज्नितिक माहोलले भने पक्कै पनि एउटा अर्को प्रश्न चिन्न खडा गरेको छ​। के साँच्चै केपी ओलीले आफ्ना बोलीलाई ब्यबहारमा ढाल्न सक्थे? र हो हल्लाका पछाडि लाग्नेहरुमा उनका नाम नेपालको सबै भन्दा काबिल मानिसको रुपमा छापिसकेका छ्न​।
जो सरकारमा आओस​, राजनितिक स्थिरता छाओस​, सारा नेपालीको जनभावना समेट्न सक्ने सक्षम र सबल नेताले देश हाँकुन​। बिकाशले गति लिन सकोस र नेपाल र नेपालीको स्वाभिमान सधैं उच्च हुने कार्य गर्न सकुन नेपाल हाँक्न होड्बाजि गर्ने चालकहरुले।
#जयनेपाल​
#यात्री

Friday, July 22, 2016

खुला आकाश छत बनाई,
म बसिरहेँ,
घामपानी केहि नभनि,
घाम जति चर्किन्थ्यो,
उति नै मन चट्टान सरि अडिक बन्थ्यो,
र पानी जति पर्थ्यो,
आखाबाट केहि बर्षिन्थ्यो।
फोहोरमा मिल्क्याईएका,
हिलोमा लत्पतिएका,
ती बासि सडेका खाएरै बसें,
आफ्नो दुख पिडा आफैसङ्ग
लुकाएरै बसें।
तर​
न मैले कसै सामु हात फैलाएँ,
दुख​ः भ​ए नि आफै सङ्ग रमाएं,
न मलाई कसैको केहि डर थ्यो,
न त केहि गर्नै पर्ने नै कर थ्यो,
कसैले केहि दिन्थे
भने हासेरै समाईदिन्थें।
तर यो शिर झुकाईन​,
दुनियाले स्वाभिमानि शिर
अरुकै भन्लान्,
तर हे मानव रुपि मुर्ति हो,
भन तिमी
म भन्दा स्वाभिमानि
 अरु कहाँ भेट्यौ???
#यात्री

Sunday, June 26, 2016

न त कहिल्यै गाँउ बदलियो,
न कहिल्यै मेरो नाँउ बदलियो,
पहिले उत्तर, ऐले चैँ दक्षिण,
सिर्फ माया लगाको ठाँऊ बदलियो।
#यात्री
#हावा

Sunday, June 19, 2016

"दाई ५ वटा रोटि प्याक गर्दिनु है"!!!
रोटि मत्रै ? प्रश्न गरे, ढावाका दाईले,। एकैछिन सोचेर अँ, रोटि मत्रै भने। घडि हेरेँ ७ः५५ भ​एको रहेछ​।
भाउन्न हुदै थियो, अघि देखेको त्यो द्रिश्यले। त्यति साह्रो खासै केहि थिएन होला, अरुका लागि जस्ले, त्यो र त्यस्ता घटना कैयन्, पटक देखेका छन्, तर मलाई नरमाईलो लागि रहेको थियो। मुटु भारी भ​ईरहेको थियो।
र यो स्वभाविक प्रतिक्रिया हो, हामी सबैले देखाउने।
घटना थियो एक अन्दाजि ६० बर्षिय मानिस​, स्ट्यान्डर्ड चार्टर्ड बैंक नजिकै रहेको पोल​(खम्बा) को फेदमा फालिएको फोहोरको झोला ओल्टाईपल्टाई गर्दै केहि खोज्दै थिए, अनि बिस्तारै त्यस झोला बाट केहि झिकेर मुख सम्म पुर्याउँदै गरेको त्यो क्षण निकै नरमाइलो र तनावपुर्ण लाज्ञ्ो।
र त हेल्लो नेपाल को बिल्डिङ्ग सङ्गै टाँसिएको ढावामा छिरेँ र रोटि प्याक गर्न लगाएँ।
म भित्र छिरेर मेनु कार्ड हेर्न थालेँ, आलु मटर नि प्याक गर्न भने, तर सक्केको हुनाले फेरि, दाल फ्राई प्याक गर्न लगाएँ। र बाहिर पट्टी नै बसेँ, त्यहि मानिस्, मिनभवन तिर अघि बढ्दै थिए। निलो कालो छिर्केमिर्के सर्ट​, खुट्टामा जुत्ता र कपडाको पाईन्ट लगाएका थिए उनि पछाडि एउटा #ब्याग पनि भिरेका थिए। र हेर्दा खासै दयनिय अवस्थाका देखिँदैन थिए उनि। र त म एकैछिन रनभुल्लमा परेँ अघि देखेको सायद उनि हैनन भनेर​।
खोइ के सुर चढ्यो र के सोचेँ? फेरि ३ वटा रोटि छुट्टै प्याक गर्न लगाएँ।
पैसा तिरेँ, र निस्केँ अघि पछि मिनभवन क्याम्पस जाने बाटो बाट छिर्थेँ तर आज सिभिल अस्पताल हुँदै हिँड्दै थिएँ तर त्यस मानिसलाइ नदेखेकोले कता कता खिन्न पनि लाग्दै थियो। पाईला लामो गरेर चालेँ नापी बिभाग अगाडि पुगे पछि ति मानिसलाई, बोलाउनै अप्ठेरो लाज्ञ्ो, म भन्दा पछडिका मनिसलाई आफु भन्दा अगडि जान दिएँ अर्थात आफ्नो हिँडाईको गति घटाएँ। ति मानिसलाई कुममा हल्का सङ्गले हातले बोलाएँ।
" तपाईँलाई भोक लागेको छ​?" मेरो प्रश्न​,
"छ​" भने उनले र मैले हातमा रहेको एउटा झोला मध्ये एउटा जस्मा दाल फ्राई र ३ पिस रोटि थियो, उनको हातमा दिँदै भनेँ, "तपाईंको लागि खाना"। निकै हर्षित थिए उनि र उनि भन्दा दोब्बर थिएँ म​। कारण थियो, आत्मसन्तुष्टि। जुन अरुलाई सहयोग गर्दा मिल्छ​।
सोधेँ कहाँ बस्नु हुन्छ​? सुरुमा त​! कोटेश्वर भने अनि थपि हाले, "कोटेश्वर नया पुल बन्दै छ नि त्यहि मुनि बस्छु।"
अनि तपाईको नाम​? उनले भने, श्याम डङ्गोल​।
घर को प्रश्नमा उन्ले भने, हेटौँडा,
म आफुले जानेको ठाउ भ​एर सोधे हेटौँडा कहाँ ? उन्ले भने चौकिटोल मा।
उनि घर छोडेर हिँडेका रहेछन्, कामको खोजिमा।
परिवार छोडेर हिँड्नुको रहस्य सायद काम मत्रै हैन​।
परिवारको बारेमा सोध्ने मन र ईक्षा हुँदाहुँदै, बिदा माग्दै हिँड्नु पर्यो।
ह्वस त म यो बाटो बाट भित्र जानु पर्छ​। ल राम्रो सङ्ग जानु, आफ्नो ख्याल राख्नु।
उनको अनुहार त प्रष्ट देख्न सकिन​, तर नमस्ते गर्दै थिए। म पनि नमस्कार गर्दै आफ्नु घर तर्फ लागेँ।
#आत्मसन्तुष्टि आफ्नो खुशिमा भन्दा पनि आफुले गरेका असल कार्य र सहयोगि कदममा भेटिन्छ​।
#Help the needy, You will get the greatest happiness. :)
#यात्री


#NOTE
झोला थमाऊँदै फोटो लिनु, मेरो आदर्शले दिएन र दिँदैन​।
#dhanyabaad

Saturday, June 18, 2016

न त कसैको कर थियो,
न त कुनै रहर थियो।
कल्पनामै डुबेर सजाएको,
सपनाको सानो शहर थियो।
बिपनि बिन्दास आफ्नै तालको,
सपनि चैँ टुट्ला कि मनमा थोरै डर थियो।
प्रेम मै नफसे नि, पागल प्रेमि,
बैरगिको झैँ हर प्रहर थियो।
मिठास छुट्टै थियो सपनामा रम्नुको,
बिपनिमा त हर तरफ जहर थियो।
न त कसैको आश थियो,
न त कोहि खास थियो,
एकै छिन भिडमा रोमलिएनि,
एकान्त कै बास थियो।
खुशि सङ्गाल्न खोजे पनि,
जिन्दगि दुखै दुखको रास थियो।
प्रश्न हजरौँ उब्जिरहन्थे तैपनि,
सुन्यता र मौनता केबल पाश थियो
ईक्षा पुगे धन्य छौ भगवान,
नत्र जीवन सत्यानाश थियो।
दुनियालाई दुख देखायो, खुसि हुन्छ​ ब्यर्थै,
त्यसैले मनैले रोए नि चेहराले हाँस दियो।


#यात्री

Thursday, June 16, 2016

म दुर बाट आउँदै थिएँ।
माया बोकि ल्याऊँदै थिएँ।
अञ्जान कसैसङ्ग ठोकिन पुगेँ।
त्यसैले त!
बिच बाटो मै रोकिन पुगेँ,
न नजर जुधे!
न शब्द फुरे,
अनायसै टोलाईरहेँ,
उनि तिरै मेरा नयन
यसै लोलाईरहे।

छोटो स्पर्श​,
मिठो याद बन्यो,
एक झलक मै
कल्पनाको सन्सार बन्यो।
न उनको नाऊँ थहा थियो,
न उनि बस्ने ठाउँ थहा थियो।
तै पनि मस्त थिएँ म​,
उनको सारा बिवरण मानौँ थहा थियो।
ध्यान नडगमगाई उनि
आफ्नै बाटो अघि बढ्दै,
उनले भनेका दुई शब्द "कस्तो #स्
कानै भरि गुञ्जिरहे।
गाली पनि ताली सरि,
खोई किन आफैमा रमिरहेँ।

सायद उनले पनि
काला चस्मा लगाएको हुनु पर्छ​,
मै जस्तै,
तर उनका चश्मा पारदर्शि,
र मेरा निकम्मा आखा छोप्ने मत्रै।
तर उनि सङ्ग थिएन
छडि मैले बोके जस्तै,
र थिएन समय पर्याप्त​,
रोक्न पाईला मैले रोके जस्तै।

तर मिठो याद दिलाएर गईन,
चिरि मुटु सिलाएर गईन्।

#यात्री
म दुर बाट आउँदै थिएँ।
माया बोकि ल्याऊँदै थिएँ।
अञ्जान कसैसङ्ग ठोकिन पुगेँ।
त्यसैले त!
बिच बाटो मै रोकिन पुगेँ,
न नजर जुधे!
न शब्द फुरे,
अनायसै टोलाईरहेँ,
उनि तिरै मेरा नयन
यसै लोलाईरहे।

छोटो स्पर्श​,
मिठो याद बन्यो,
एक झलक मै
कल्पनाको सन्सार बन्यो।
न उनको नाऊँ थहा थियो,
न उनि बस्ने ठाउँ थहा थियो।
तै पनि मस्त थिएँ म​,
उनको सारा बिवरण मानौँ थहा थियो।
ध्यान नडगमगाई उनि
आफ्नै बाटो अघि बढ्दै,
उनले भनेका दुई शब्द "कस्तो #स्
कानै भरि गुञ्जिरहे।
गाली पनि ताली सरि,
खोई किन आफैमा रमिरहेँ।
#यात्री

Friday, March 4, 2016

आजभोली तिमि नभएर के भो?
तिम्रै छाँया सङ्ग डुल्न थालेको छु,
आजभोली तिम्रो साथ नभएर के भो?
तिम्रा यादमा भुल्न थालेको छु।
कताकता, भित्र गुञ्जिन्छन 
तिम्रो स्वर,
कताकता, बाहिर देख्छु 
तिम्रो तस्बिर
हो
तिमी जस्तै 
दुरुस्तै उस्तै
कोहि देख्छु दोबाटो
अडिन्छ मेरो पाईला,
टक्क बिचमा जुध्छन नजर
स्तब्द हुन्छन समयका प्रहर
बल्ल आभाष हुन्छ, तिम्रो बिम्व
म प्रत्यकमा देख्न थालेछु,
तिम्रा निम्ति केहि लेख्न थालेछु।
मुस्काऊ छु यसै आफैंमा
हास्छु रमाउछु आफैमा।
हो म आजभोलि एक्लै डुल्न थलेको छु
तिम्रै यादसङ्ग भुल्न थालेको छु।
तिम्रै बिम्ब म सबैमा पाउन थालेको छु
त्यसैले त यो हावा यो मौसम
म सबै सबै सङ्ग माया लाउन थालेको छु
‪#‎यात्री‬आजभोली तिमि नभएर के भो?
तिम्रै छाँया सङ्ग डुल्न थालेको छु,
आजभोली तिम्रो साथ नभएर के भो?
तिम्रा यादमा भुल्न थालेको छु।
कताकता, भित्र गुञ्जिन्छन 
तिम्रो स्वर,
कताकता, बाहिर देख्छु 
तिम्रो तस्बिर
हो
तिमी जस्तै 
दुरुस्तै उस्तै
कोहि देख्छु दोबाटो
अडिन्छ मेरो पाईला,
टक्क बिचमा जुध्छन नजर
स्तब्द हुन्छन समयका प्रहर
बल्ल आभाष हुन्छ, तिम्रो बिम्व
म प्रत्यकमा देख्न थालेछु,
तिम्रा निम्ति केहि लेख्न थालेछु।
मुस्काऊ छु यसै आफैंमा
हास्छु रमाउछु आफैमा।
हो म आजभोलि एक्लै डुल्न थलेको छु
तिम्रै यादसङ्ग भुल्न थालेको छु।
तिम्रै बिम्ब म सबैमा पाउन थालेको छु
त्यसैले त यो हावा यो मौसम
म सबै सबै सङ्ग माया लाउन थालेको छु
‪#‎यात्री‬

Wednesday, February 10, 2016

(मिस्ड कल) भाग-६
बिहान ५ बजे मोबाइलमा अलार्म बज्यो, उठ्न मन लागि रहेको थिएन्। हिजो भर्खर जाच सक्केको आजको दिन त आनन्द सङ्ग सुत्न पाएको भए हुन्थ्यो नि सोच्दै थिएँ।
तर ४ महिना पछि भए घर जान कम कौतुहल पनि थीइन।
उठेर फ्रेश भए। हिजो लगाएकै लुगा लगाउन मन लाज्ञ्ो, त्यसो त हिजो राति उनले पठाको टेक्स्ट फेरि एकपटक पढेँ। "यु आर सो ह्याण्डसम गूडनाईट्"
यो गेटअप सुहाउँदो रहेछ।
अनि प्याक गरेको कपडा खाँदिएको ब्याग बोकेर हिँडे, सबै ढोकाहरु लक गरे र घरबेटिसङ्ग घर जान्छु भनेर सुचना दिदै, अनुमति त के भन्नु त्यस्लाइ।
निस्के घर बाट अलि पर शान्तिनगर पुग्दा सम्म चिया खान मन लागिरहेको थियो, तर अहँ होटल बिरलै खुलि सकेको देखिन्थे,।
बल्खु पुग्छु अनि त्यहि बाट टिकट काटेसि आनन्द सङ्ग खाउँला चिया।
नारायणि सुमो काउन्टरमा पुगेँ, हेटौडा कै आशिश दाइ थिए काउन्टरमा ६ नम्बर सिटको टिकट काटेँ। भडा पनि दोब्बर भैसकेको थियो चढ्दो चाडबाडको कारणले भाडा बढेको होल भनि ठानेको गाडि हेटौडा बाट आउदा खालि अनि यताबाट भिड हुने भएको ले रहेछ दोहोरो भाडा एउटै सङ्ग असुलेको। केइ छैन। पैसा तिरेँ, अनि नजिकैको ढावामा चिया खाएँ। सच्चै यस्तो मज आयो ढावाको चिया पिउदा, होटलको अनि घरको चियामा कहिल्यै यो स्वाद भेट्टाउन सकिन मैले। सारै मिठो थियो चिया। गाडि हिड्यो। १० जना यात्रु राखेर। मैले ऐले सम्म उनलाई कल गरेको थिन। फर्पिङ्ग, दक्षिणकाली, हुदै सिस्नेरि पुग्ने बेलामा फोन गर्न मन लाज्ञ्ो । कुरा भयो एकछिन्
उनले भन्दै थीइन मेरो पनि दर्शन छ भन्नु ममि ड्याडिलाई।
अनि मैले भने,"के भन्नु? तपाईँको बुहारीले दर्शन भनेकि छे। भन्नु। "
उअ
नि हाँसिन अनि यावत कुरा भए। कुलेखानिमा खाना खान गाडि रोक्यो तर घरमै पाकिरहेको थियो मेरो लागि खान त्यस्कारण सेल-तरकारि खाएँ। अनि ६ः३० म चढेको गाडि ठ्याक्कै १० बजेको थियो हेटौंडा आईपुगदा। म हेटौडामा उत्रे पछि भाइलाइ बोलाए। बाइक लिएर आइपुज्ञ्ो भाइ मलाई लिन लाइ।
घर पुग्न लाग्दा एउटा म्यासेज पठाएँ "म घर पुगेँ।"
दशै लाग्दै थियो, बिहान केटाहरुसङ्ग मर्निङ्गवाक र बेलुका केटाहरु सङ्ग भेट्घाट र चट्पटे खाइन्थ्यो तर प्रत्यक क्षण मिस गर्थेँ उनलाई।
हेटौडा नै पढ्ने केटाहरुले सोध्थे पनि कति वटा गर्ल्फ्रेन बनाइस त।
छ्या छैन बनाको एउटा पनि भने।
बिहान बेलुका फोन नगर्ने र टेक्स्ट मात्रै छोड्ने सम्झ्औता वयो दुबै पट्टि बाट। घरमा हुदा मोबाइल जहा जसरि जुन अवस्था मा मत्रै पनि हुन सक्थ्यो त्यसैले। औपचारिक हेल्लो हाई के छ? भन्दा बढि लेखिएन तर जब म्यासेजको रिप्लाई चाडै आउथ्यो अनि पक्क भईन्थ्यो कि, उनि कहि बहिर वा फुर्सदिलो छिन अनि आफ्नो अनुकुल भए फोन गर्यो नत्र मनका कुरा लेख्दै म्यासेज गर्यो। दसैं सकियो, अब रमझम पनि सकियो दिन्भरि के गरेर बस्ने तनाब हुन थलेको थियो टि,भि कति हेर्नु, कति सुत्नु, अब बाबालाई भनेर मोबाइल किन्नु पर्यो भने। बाबाले किनिदिनु भो मैले भनेकै मोबाइल नोकिया एक्स्-२ ,
क्वेट्रि किप्याड अनि नेट पनि चल्ने तब सम्म मलाई फेसबुकको बारेमा समान्य जान्करि थियो तर न आईडि थियो न बनाउन आउथ्यो। एकजना सथिलाइ लेर गएर फेस्बुक आइडि बनाएँ अनि चलाएँ, अनि उनलाइ सुनाएँ।
उनको पहिल्यै रहेछ फेसबुक आइडि, भन्दै थिईन मेरो मोबाइल सानो देखेको भएर मलाई नराम्रो नलागोस वा आफुलाई गिर्नु नपरोस भनेर उनले मलाई नभनेकि रे। खुसि लाज्ञ्ो। अत्याधिक ओहो मेरो कति ख्याल राख्छिन उनले। अनि प्रत्यक दिन जानि नजानि फेस्बुकमा उनि सङ्ग एड भैयो।
कुरा हरु हुन थाले। उनि बाहेक मेरा फ्रेन लिस्टमा अरु केहि मानिसहरु थे जस्लाइ म चिन्दा नि चिन्दिन थे।
अब हाम्रो फोन मा भन्दा पनि फेसबुकमा बढि कुरा हुन थलेको थियो। बिस्तारै दिन बित्दै गए।
तिहारमा देउसिभैलो खेलेको समेत फोटो पठाउन थालियो। उनि एक्लै टोलाएर बस्दा का अनि एकान्तमा गुनगुनाउदाका पल हरु समेत उनि रेचोर्द गरेर राख्थिन अनि, घरि घरि एनसेलको सिम किन भन्थिन। मैले किने एउटा एनसेलको सिम अनि फोटो र रेकर्ड गरिएका आवाज र भनु उनका स्वरमा सजिएका सुन्दर गितहरु पठाउथिन अनि म दङ्ग पर्दै सुन्थेँ।
म काठ्माण्डौ आएँ। दिन्चर्या पहिला जस्तै थियो, या अलि बढि फरक भएको थियो म आजभोलि पहिले भन्दा उनको मायाको बढि नै मात चढ्न थलेको थियो। मानौ उनि एउटा नशाहुन अनि म हर्पल हर्क्ष्ण उनिमै डुबेर बस्न चहान्थें।
फेसबुकमा च्याट हुन्थ्यो दैनिक्, अनि हर दिन अनलाइन आउनु अगाडि मिस्डकल हानिन्थ्यो। मिस्डकल आयो कि बुझ्थेँ अनलाइन बोलाइन भनेर र उनि पनि त्यसै बुझ्थिन्।
बिस्तारै उनि सङ्ग भेट्ने मन हुन्थ्यो सधै जासो देख्न मन लाग्थ्यो तर, उनको तस्बिर हेरेर नै चित्त बुझाउनु पर्थ्यो उनि भेट्न मान्दिन थिन्।
एक किसिम ले भेट्न नमान्नु लाइ पनि राम्रो रुपले हेर्न थालेको थे मैले किन कि यो बाट उनको स्वभाब अझै भर्पर्दो लाग्न थालेको थियो। मैले फोन म बोल्दा बोल्दै ऐया! भने भने आशु झारुल जस्तो स्वर पार्दै सोध्थिन्,"के भो मेरो कालेलाइ", मेरा सारा दुख पिडा भाग्दा रहेछन्। लुक्दा रहेछन्। जस्तो लाग्दै थियो। अनि यति सम्म नजिक भयौ कि, म जुनसुकै कुराले चित्त दुखे पनि रुने एउटा साथ पाएको थिएँ। उनसङ्ग फोनमा कुरा गर्दै रोई दिन्थें अनि कति पल्ट उनि पनि उस्तै गर्थि।
केटा भएर रुने रे? जस्तै लाग्दै होला? तर रुइन्छ जब आफुले धेरै आश राख्दा केहि आश चक्नाचुर हुन पुग्छन्।
सायद कति पटक उनकै कुरामा गुनासो गर्दै पनि रोएँ होला,
तर उनि मेरि आमाले फकाको जसै गरि फकाउथिन माफ माग्थिन र त्यस्तो गल्ति कहिल्यै नदोहोर्याउने बाचा गर्थिन र उनको गुनासो सुन्दा उसै गर्नि बानि परिसकेको थ्यो मलाई पनि। दोस्रो भेट गर्ने रहर थियो त्यो पनि पुरा हुने भयो चाडै, माघको महिना उनको साथिको दिदिको बिहे रहेछ, कहि कतै पानिपोखरि तिर, यस पल्ट मैले उनलाइ सामाखुशि चोकमा हैन रानिबारी अगाडि कुर्ने पक्का भयो। उनिलाइ यस पटक धेरै बेर कुर्नु परेन।
म रानिबारी भर्याङ्ग अगाडि चढ्ने ठ्याक्कै अगाडिको क्याफेमा चिया खाएं। चिया खाइसक्दा नसक्दा उन्ले मिस्डकल दीइन मेरै अगाडि तिर आएर।
म एक्छिन ट्वा परेँ, उनि सारी चोलोमा थीइन्। आकशे निलो रङ्गको सारि अनि निलै चोलि, बाहिर बाट निलो रङ्गको पछ्यौरा जस्तो।
उनि यति राम्रि देखिएकि थिईन कि म सङ्ग उनको सुन्दर्ताको बर्णन गर्ने कुनै शब्द नै छैन। स्वर्गका अप्सरा फिका लाग्छन भनु भने स्वर्ग कस्तो हुन्छ थहा नै छैन, र फिल्मि डाइलग खासै रुचाउदिन फोस्रो स्वाङ्ग देखाएर इम्प्रेस गर्न खोजे जस्तो।
उनिहरुलाई पनि चिया पिउन भने र फेरि तिन कप चिया मगाएँ साहुजि सङग।
चिया आयो खादै थिएँ आधा कप भैसकेको थियो
उनको उहि साथिलाइ बिभिन्न बहाना बनाउदै, उता पट्टि टेबल मा रखेको पर्स तान्न लगाइन म उतै हेरेको मौका पारि उनले चिया को कप साटिछिन उनको अनि मेरो।
एक्छिन त पत्तै पाइन मैले। भन्दै थिए मेरो चिय त निकै घटि सकेको थियो। उनको आखामा आखा जुधाएर हेर्न मन लाज्ञ्ो र हेरेँ पनि उनि फेरि आफ्ना आखिभौ हल्लौदै आखा सन्काउन थालें। सायद यो माया बढाउने नया फोर्मुला होला उनको तर म पनि निकै हर्शित थिएँ।
हामि पुनः टाउनप्लानिङ्ग कै बाटो हुदै हिड्दै थियौ बाटो मै अल्झिदैं उनिहरुले ल्याएको क्यामेराका फोटाहरु हेर्दै। अनि मेरो मोबाइल बाट उनको र मेरो फोटो पनि खिचि दिन भ्याई उनको साथिले। फेरि त्यहि बाटो हुदै, पासङ्गलहामु कलेज बाट अगडि हुदै गोङगबु निस्कने एउटा गेटबाट निस्कियौ अनि भर्याङ्ग जस्तो क्-हुड्किलो थियो त्यहि बस्यौ। फोटो हेर्दै अनि गफ मार्दै। यस पटक पनि उस्तै गरि म पछि पछि उनिहरु अघि अघि,
म गाडि चढे र उनिहरुलाइ बाइ गर्न खोज्दै थिएँ। क्यामेराको सङ्केत गरे, ल फसाद क्यामेर त्यहि छुटेछ। बस बाट उत्रे कुद्दै कुद्दै गएँ, धन्न यो बाटो कोहि हिडेको रहेनछ। म कुद्दै एउटा बुढालऐ उछिनेर गएको थिएँ, बुढाले क्यामेरा लिदै लामो सुस्केरा हालेको देखेर भने, भाज्ञ राम्रै रहेछ।
अनि फेरि कुददै उनिहरु भएको ठाउमा पुगेँ ।उनिलाई क्यामेरा दिएँ अनि बुढाले भनेको कुरा सुनाएँ। उनि खुशि भैन र उन्को साथि पनि खुशि नै देखिन्थिन।
म सोच्दै थिएँ, उनको साथिको क्यामेरा अनि केहि गरि हराको भए, मलाई त चोर नै भनिठान्थिन कि क्याहो॥॥ अनेक किसिमका कुराहरु खेल्दै थिए। फेरि अगि खिचेका फोटाहरु हेर्दै दङ्ग पर्न थालेँ। घर पुग्ने बित्तिकै उनले फोन गरिन म धुम्बाराहि पनि कटेको थिईन,उनि खुशि थिईन क्यामेरा नहराएकोमा। उनले एउटा कुरा बिन्ति बिसाइन,
"म अब तिमिलाइ तपाई भन्छु अनि मलाई चै त भन्नु पर्छ " ल बा के फसाद हो यो, हेरुम सके भने भने। अनि दिउसका मिठा पल्हरुको कुरा भयो र फेसबुकमा कुरा गर्ने भनिन्। म फोन राखेर फेस्बुकमा अन्लाइन आएँ, गाडिबाट उत्रिएर घर सम्म पुग्दा नि अन्लाइन नै थिएँ, अनि अनुमति मागेर बिदा भएँ, थकाइ लागेको भए पनि खाना पकाउने पालो थियो र उर्जा पनि यसरि थपिएको थियो कि मानौ भर्खर उनलाइ भेटेर आफ्नो मन्को ब्याट्रि फुल चार्ज गरेको छु।
अनि खाना बनाए, फेस्बुक खोलेरै उनि सङ्ग हल्का गफ पनि गर्दै।
लाग्दै थ्यो हामि माया मा अझै अझै दिनानुदिन यसरि कस्सिदै थियौ कि यो मायाको डोरि फुकाउन गारो मात्रै होइन असम्भब नै छ। झन आज दिउसको जुठो चियाले त झन माया यति बढाएको छ कि कुरै नगरुँ।
खाना खाएँ र सुत्ने बेला फेस्बुक खुलेन ब्यालेन्स चेक गरेँ निल भको रहेछ त्यसैले, उहि पुरानो फर्मुला अप्नाएँ साथिको मोबाइल मागेर।
अनि कन्मा हेड्सेट जोडेर सुन्दै थिएँ,
खुशि उमङ्ग छाइ दिदा
मनमा बहार आइदिदा
म तिमिलाइ नै सोचिरहन्छु
म तिमिलाइ नै खोजिरहन्छु।
-नबिन के भट्टराई दाईको स्वर मा सजिएको मिठो गीत उनकै कल्पना मा डुब्दै अनि दिउसका फोटो हेर्दै ,,,, आफ्नै तालमा निदाउने प्रयत्न गर्दै, तर ११ः२५ सम्म निदाएको थीइन म, तर बिस्तारै आखाका परेला बट्टिएर भुस भएछु त्यस पछि।
‪#‎यात्री‬

Tuesday, February 9, 2016

(मिस्ड कल)भाग-५
एक्कसि मोबाइलको घण्टि बज्यो,
कताकता लग्दै थियो सपनामै बजि रहेको छ फोन, निद्राले लठ्ठिएका आखा उघार्न खोजेँ तर अहँ, सकिन, निद्रा कै सुरमा उठाएँ।
हेलो भने"
हेलो उम्म्म के गर्दै छौ भनिन,
झोओक्किएँ अरे यार आधारातमा मान्छे के गर्छ? सुत्दै भन्ने मन थियो कडा स्वरमा, तर भनिन म यस्तै मान्छे, मनमा लागेका कुरा खुलेर आउदैनन एकै पटक समयानुकुल आउछन बोलिका लवज र शब्द।
सुतिराको तिमी के गर्दै?" म त बसिराको थेँ मुभि हेर्दै,"
सोध्न सक्थे कुन मुभि तर सोधिन,
अब चै सुत्न लाको भनिन म निकै कम बोल्दै थिएँ सायद त्यसैले काट्नु नै उचित ठानिन उनले फोन, गुड नाईट भन्दै।
मैले पनि सेम टु यु भने।
फेरि भुस आफ्नै तालमा। भोलि पल्ट नि साबिक जस्तै दिन्चर्या। अनि कलेज बाट फर्केसि उनिसङ्ग १०-१५ मिनेट बात मार्नु समान्य भैसकेको थियो। कल सधै मैले गर्नु परिरहदैन थियो, उनि पनि गर्थिन कहिले काहि। समय सामान्य हुदै थियो, गफ गाफ भएको पनि १ महिना कटि सकेको थियो। अब दशैंको बिदा हुनु अगाडि पहिलो परिक्षा सुरु हुने भयो।
समान्य गफ्गाफ अनि सधैं बिहान उठाइदिने जिम्मा पाएकि थीईन उनले, अनि आफ्नो काम पनि सधै पुरा गर्थिन केहि नभनि।
यसै दौरान मैले उनले एक रहस्य पनि खोलेकि थिन, जुन सुन्दा आफैलाइ कत कता नरमाइलो लाग्दै थियो अनि कतकता खुशि पनि,
उनले पहिले मलाइ नाम ढाटेकि रहिछिन्,
उनको असली नाम रहेछ, "सुमिना श्रेष्ठ" । नाम त झन्डै झन्डै मेरै जस्तै रहेछ।
खुसि हुनु को कारण थियो, उनको बिस्वाश योज्ञ भएछु म र उनले यतिका समय सम्म ढाटेको नाम थहा पाए। दुख लाग्दै थियो मैले धेरै सपना सजाउन थलिसकेको थिएँ उनको अनि मेरो तर परिन नेवार्नि।
फेरि सोचे प्रेममा यि सब यावत कुराहरु खासै केहि महत्व राख्दैनन राख्छन त केबल साचो माया अनि एकअर्का प्रतिको बिश्वाश अनि परिवारको उचित निर्देशन्।
परिक्षा को अन्तिम दिन, परिक्षा सक्यो, अब भोलि घर जाने तैयारी, साथि हरु सबै घर गईसकेका थिए। एक्लै थिएँ दिक्क लाज्ञ्ो, अब झन छटपटि हुन लाज्ञ्ो के गर्ने कहा जाने?
अचानक दिमागमा घन्टि बज्यो, मोबाइलको हैन हौ,,,,,,
आज उनलाइ भेट्नु पर्यो। फोन गरेँ उठेन फेरि गरेँ अब उठ्यो जाचका यावत कुरा हरुलाइ छिचोल्दै मैले भने म समाखुसि आउदै छु।
उनले नकार्न खोजिन तर उनलाइ पनि भेट्ने रहर भएकै कारणले होला उन्ले नकार्न सकिनन्। सिनामङ्गल निस्केँ अनि चक्रपथको गाडि चढेँ।
मुटुको ढुक्ढुकि बढ्दै थियो। झ्यालको सिटमा बसेँ, अघि गौशालामा अधिक जाम थियो, सायद सधै यतिकै हुन्थ्यो कि जान्दिन त्यो त, यो रुट हिड्ने बानि छैन मलाइ।
लग्भग १ घन्टा पछि म पुगेँ समाखुशि,
जिन्दगिमा पहिलो पल्ट कोहि केटिलाइ भेट्न जादै थिए पनि, जस्लाइ अहिले सम्म देखेकै थिन।
आफु उनलाइ भेट्न जानु अघि कस्तो देखिएको छु भनेर सोध्न धरि साथि थेनन कोहि, निलो जिन्स हल्का वास अनि हल्का ग्रञ्ज, छाला कलरको छालाकै जुत्ता अनि पिङ्क टि-शर्ट र बाहिर बाट ब्ल्याक शर्ट।
ठ्याक्कै सामाखुशी चोकमा उभ्भिएर फोन लगाएँ, ३० मिनेट जति कुर्नु पर्यो,
लाग्दै थियो जिन्दगिको सबै भन्दा गारो समय कटाउदै छु म,,, प्रत्यक सेकेण्ड जान पनि मिनेट नै कुरेको भान हुन थलेको थियो। आफ्ना उमेरका जो पनि केटि आफ्नो अघिल्तिर बाट गुज्रिन्थें उनिहरुको हातमा मोबाइल हेर्थेँ, अनि त्यहि चोकमा कोहि पनि अडिएनन।
फेरि हेर्दै थिएँ कुर्दै थिएँ। दुइजना आइरहेको चाल पाएँ टाढै बाट लाग्दै थियो उहि हुनु पर्छ।
फोनमा घन्टि दिएँ उनले फोन नौठाई यताउता हेरेसि चै अब पक्का भयो उनि नै हुन, मेरी अपरिचित, अहिले सम्म नदेखेको मेरो सबै भन्दा प्यारो साथी।
ति दुइजना मध्य पनि जो गेस गरेको उनि नै रहिछन उनि। दङ्ग पर्दै हात अघि बढाएँ हेण्डशेकका निम्ति।
म नि मुर्ख, केटि सङ्ग हाई हेल्लो भन्न पर्ने हात बढाको देखेर उनिलाइ नि अप्ठ्यारो लागेछ।
रोड काटेर पारी जाँऊ भनिन्, पारी गैयो, अब कता जाने कुरा उठ्न थाल्यो?, म अनबिज्ञ त्यो एरियाको लागि, उनले भनिन रानिबारी जाँउ। मैले नि हुन्छ भने र हमि ३ जना हिड्यौं, मोबाइल मा म्यासेज पठाउदै भनिन बाटो वारिपारी भएर हिडौँ है? घर अनि घरवरिपरिका कसैले देख्यो भने मलाइ मार्छन्।
म सो हि अनुरुप बाटोको वारिवारि नै हिडे उनिहरुको पछि पछि। मन मनै लाग्दै थियो उनि साचै मैले सोचेको भन्द धेरै राम्रि थीइन। गहुगोरो वर्ण, लामो केश दुब्लि दुब्लि उचाइ म भन्दा केहि इन्च कम। कता कता बाट छिर्यौँ पत्तो छैन, हामि अघि बढि रह्य्औ एक्छिन पछि रानिबारी पुज्ञ्ौँ। गेट बाट भित्र छिर्यौ, रु१० को टिकट काटेँ, उनिहरु मानेनन तर नि क केटिलाइ तिराउनु।
अलि अलि ज्ङ्गल जस्तो अनि बिचबाट बाटो, दङ्ग पर्दै थिए, हैन का हिडेको हामी भने जिस्केर।
उनले डुल्न नि बुद्धु भनिन । म हासेँ।
अलिकति अगाडि बढे पछि उनको साथि ले भनिन तिमिहरु तलतिर बस म यहि बस्छु।
मलाई रम्रो लागेन। त्यो केको इङ्गित थियो त्यो पनि त्यति खेर बुझिन, हामि अगाडि जाम न भने अनि अगाडि गयौँ। उनको आखा साचै यति माया लुकेको थियो म उनको आखामा डुब्न चाहिरहेको थिएँ उनले आखिभौँ तलमाथि गर्दै आखा सन्काइन मैले नि त्यसै गरे, उनको साथि चै मन्दिरमा जान्छु है भनेर गैइन।
हामि बिच धेरै बात्चित भए। उनि मेरा हरेक कुरामा हासो भेट्थिन, मेरा हर शब्दमा उनको मुस्कान पाउथे अनि उनका प्रत्यक शब्दमा म उनको माया भेट्थें, उनले जिस्केर होस बेवास्था गरे हिसाबले म निस्चल माया अलाबा केहि भेट्दिन थेँ।
उनको साथि चै एउटै गोत्र पर्ने रहिछिन । मलाई भिनाजु भनौ कि दाइ रे ल भो फसाद्।
अनि उनको अनुहारमा हेरेको लाजले अनुहार पुरै रगतै चुहिएला जस्तो रातो भएको थियो। मैले, म जान्दिन यस्तो कुरा भनेर पन्छाएँ।
१ घन्टा जति पछि हामि त्यहा बाट फर्किने क्रममा रानिबारी चोकमा उनिहरुले सधै आउदा जादा चट्पटे खाने ठाउमा चट्पटेखाने आग्रह गरे र खायौ पनि।
हामि टाउनप्लानिङ्ग हुदै निस्क्यौँ पासाङ्ग ल्हामु कलेज अनि गोङ्गबु चोक।
मन नलाग्दा नलाग्दै पनि छुटिनै पर्यो, तर त्यहा सङ्गै हिदिएन, उनिहरु अघि अघि थिए। म गाडि नचढुञ्जेल सम्म उनिहरु साईडमा बसेर हेरिरहे, र गाडि म चढेसि बाई गरे अनि गए।
म चङ्गा सरि हावामा उड्दै थियो। अझ लट्टामा सयौ माइल लामो धागो छ अनि कुनै रोक्तोक छैन धागो छाड्न।
गौशाला छेउछाउ पुगेको थिएँ। काले, बुद्धु,
एउटा कुरा भन्छु नरिसाउ ल?
आइ लभ यु एज माई बेष्ट फ्रेन।
म झन उत्साहित थिएँ, यति खुशि यति हर्शित थिए कि मेरो खुशि को सिमा नै थिएन। र पुछारमा झुण्डिएको एज माई बेष्ट फ्रेन ले चै कताकता कस्तो कस्तो लाज्ञ्ो तर खुशि नै थिए। बेस्ट फ्रेन नि बन्न पाए। उनको जसलाइ भेट्ने मेरो महिन्औको सपना पुरा भएको थियो।
आज एक्लै भए नि मजा सङग खाना बनऐयो खाइयो। निकै भएको थियो उनले फोन नगरेको आज १ घन्टा भन्दा बढि गफ भयो उनि सङ्ग झन भेटेको दिन। अर्को दिन घर जानु थियो त्यसैले आज समय मै सबै काम सक्कएर बिहान फ्रेश भएर निस्कने हिसाबले अनि चाढै सुते पनि उनको याद मन भरि सङ्गाल्दै
‪#‎यात्री‬

Tuesday, February 2, 2016

मिस्ड​-कल (भाग ४)
म्यासेजमा आएको शब्द निकै प्यारो लागिरहेको थियो, त्यति मात्र कहा हो र,,,, मलाइ त उनि सङ्ग कतिखेर बात मार्न पाउँला जस्तो भैसकेको थियो। खुशि उमङ्ग छाइरहेको थियो। बिशाल ले खाजा बनाएर बोलायो, बिहान खाको थाल माझेको छैनस्?
म झसङ्ग भए, उनलाइ कल गर्ने धुनमा थाल माझेनछु, न त फोन नै लाज्ञ्ो। तर केहि छैन ऐले माजि हाल्छु नि, भनेर आफुले खाको थाल
माझेँ अनि। चाउचाउ पकाको रहेछ "वाईवाई" ३ वटा थालमा बराबर भाग लगाइयो। अनि खाइसके पछि, म निस्किएँ तरकारी किन्ने बहानामा। तरकारि किन्ने पसल जाने बाटो एउटा तर म अर्कै बाटो जाँदै थिएँ अनि राम्रो सङ्ग हेक्क पनि थियो, तर पनि म हिडे। घर बाट करिब ५० मिटर जति अघि गएपछि मोबाइल झिकेँ
उनलाई कल गर्न खोजेँ डाएल्ड नम्बरबाट। तोइट म पनि कस्तो हुस्सु अघि भर्खर नम्बर डिलिट गरेको ऐले फेरि त्यहि लिस्टमा नम्बर खोज्दै छु,। उनको नम्बर कण्ठ भैसकेको थियो र त डाएल गरेँ, ९८४५४९****, घन्टि गयो निकै लामो समय सम्म रेस्पोन्स आएन लग्भग कल काटिने बेला भैसकेको थियो, आवाज आयो "हेल्लो"
लामो सास फेरे, लाग्दै थियो कि बल्ल मजा आयो। लाग्दै थियो हिजो पछि बल्ल आज सुनेको त्यो आवज पनि मानौ, निकै लामो समय पछि निकै लामो प्रतिक्षा पछि उन्को आवज सुन्न पाएको छु।
आफैँमा एउटा उर्जा थपिएको महसुस भयो।
म बोलेनछु सायद उनकै ख्याल्मा डुब्दै थिएँ र उता बाट फेरि आवाज आयो, हेल्लो,
"ओइ बुध्दु" म झन रनभुल्ल मा परेँ, अन्कनाउदै "हजुर्" बाहेक अरु शब्द मेरा मुखबाट निस्केनन । उनि हाँसिन ,"म ऐले पानिपुरि खाँदै छु एकै छिनमा कल गर है"। भनेर राख्ने अनुमति मागिन।
म के जान्दथेँ र के नै भन्न सक्थेँ र? तर उस्को त्यो अनुमति नभै एउटा सुचना थियो र मैले फोन राखेँ। उनले बाई भनिन, मैले भनिन मुड अफ त थिएन तर पनि उनलऐइ घुर्कि देखाएको झैँ गर्नु थियो । ट्राई गर्नु थियो मेरो घुर्किले उस्लाई फरक पार्छ कि नाई?
म पनि हिड्दा हिंड्दै ॐ शान्ति चोक पुगिसकेको रहेछु। अघिपछि कहिल्यै पानिपुरि चट्पटे नखाने मान्छे म आज भने उनलाई सुनाउन र सङ्गै खाएको कल्पना गर्न मात्रै भए पनि खान मन लाज्ञ्ो। त्यसो त कहिल्यै टेस्ट नै नगरेको भने होइन तर अलि अप्ठ्यारो लाग्थ्यो आज चैं बालै भएन खान्छु जस्तो लाज्ञ्ो। मन्मा मनगण्ते कुरा खेलाउदै,
पानिपुरिवाला दाइलाइ, एक प्लेट पानिपुरि भने,
प्लेट दिए दाइले, वरिपरि ४-५ जना थियो पालै पालो पुरिमा चोखा राख्दै पानिमा डुबाउदै दिंदै थिए। केटिहरु ३ जना रहेछन अनि एक जना केटा म बाहेक, लाज अलि कम भयो धन्न केटा नि रहेछ नत्र काग्को हुलमा बकुल्ल हुने रैछु ।
५ वटा भन्दा खानै सकिन, जेन्तेन खान खोजेँ गारो भयो अमिलो फेरि भर्खर खाजा खाको हुनाले। मैले पुज्ञ्ो दाइ मलाइ भनेँ, २५ रुपे प्लेट रहेछ दाइले २० मागे, मैले दिएँ अनि नोगेन्द्र कान्छा चोक हुदै कारेश्वर हुदै तरकारि पसल गएँ। अझै उन्को फोनको अत्तोपत्तो छैन बा। बेलुका को लागि च्याउ किनेँ १।२ केजि अनि फर्केँ, आउदै थिएँ फोन आयो। नम्बर थियो उहि। निकै समय सम्म उठाइन मिस्डकल पो गर्न खोजेको हुन कि भनेर अनि अन्त्यमा फोन ऊठाएँ।
"हेलो" भने
हेलो" उम के गर्दै छौ भनिन
मैले भने "डुल्दै तिमि के गर्दै"
उनले भनिन म त पढ्न लाको,
एह हो कुन किताब? फुस्कियो मेरो मुखबाट।
"बिसिनेस म्याथ" उनले भनिन।
म झसङ्ग भए, ल +२ को अर्थ उनि त १२ मै पो पढ्दि रहिछिन, म चै ११ लऐ नि +२ नै त भन्छ भनेर सोच्दै थिएँ।
उनले केहि सोध्न खोजे जस्तो गर्दै थीइन,
म पनि उनलाइ सहज होस भनि, केहि उनको कुरा सङ्गै बहने प्रयाशमा जिस्क्याउदै सोधे," म्याथ पनि पढिन्छ त त्यो त प्र्याक्टिस पो गर्ने हो त।"
उनलाइ दिन कसरि बित्यो भनेर सोधेँ, सरल उत्तर थियो ,"सेम एज युजुअल्"
लौ गफ गर्ने कुरै भेटिन मैले, उनको बारेमा धेरै कुरा जान्ने ईक्षा हुदाहुदै पनि, आफुलाइ तल पारिपारि धेरै प्रश्न राख्न रुचाउदिन थेँ म। उनि फेरि प्रश्नको सरल उत्तर दिन्थ्यिन अनि जसै उन्को उत्तर टुङ्गिन्थ्यो, जोडिन्थ्यो दुइवटा अरु शब्द (अनि तिमि)
उनसङ्ग केहि बेर कुरा भयो, अनि उनले फोन राख्छु अब पध्नु छ भनिन,
मैले पनि हुन्छ बाइ न टेककेयर भन्न भ्याईहालेँ। उनले फोन राखिन
म पनि खुशि नै थिएँ। निकै बेर कुरा भयो न ब्यालेन्स खर्च भयो। अनि यो ब्यालेन्स ले भोलिलाई पुग्ने भो। खुशि हुदै घर पुगेँ।
सहि मजा सङ्ग खाना बनाए, सारै मिठो भएछ। सबैले खानाको प्रशंशा पनि गर्न भ्याए, घरमा। अनि ठट्यौलि पारामा भन्दै थिए, "अब खाना बनाउने टेन्डर चैं सधैं यसैलाइ दिनु पर्छ। म पनि जिस्किदै भने,, ल्याओ न महिनाको १०००-१००० सबैले म बिहान बेलुकै बनाउछु नि।
कुरा यसै भयो… खाना खाइसकेर पढ्न बसें।
एक्छिन पढेर सुत्ने तर्खर गर्दै थिएँ।
"गुडनाईट स्विट ड्रिम्स्" म्यासेज आयो उता बाट्.
यु टू एन टि सि लेखेँ। अनि सेन्ड गरेँ।
उनि कस्ति होलिन, भनेर अब म कल्पना मा डुब्न थालेँ,
उनका केश कस्ता होलान्, उनको आखा, उनको अनुहार,कस्तो होला?
उनको स्वभाब चैँ चन्चले भएको थाहा थियो।
अनि उनको मुहारको आक्रिति उनको कल्पना गर्दागर्दै कति खेर भुस भएछु पत्तै भएन्।
#यात्री


Sunday, January 31, 2016

आफु जन्मिएको ठाँऊ प्यारो,
हुर्के खेलेको गाँऊ प्यारो,
सन्सारमा जतिले,
जे भनि बोल​ए पनि
सधैं मेरी आमाले
बोलाउने नाऊँ प्यारो।
,
बुबाले गर्नुभको गाली प्यारो,
साथिभाईले दिएको ताली प्यारो,
आज बिरानो भुमिमा पसिना बेच्दै छु,
म आफ्नो होईन,
परिवारको नयाँ कथा रच्दै छु
बिरामि हुन्छु,
आमा सम्झेर रुन्छु,
शरिर गलेर जब गलित हुन्छ​
बाबालाइ सम्झेर फेरि मन रुन्छ​।
मैले जे भने,
मागेका हर कुरा पुग्थे।
नसक्ने होईन सायद्
मलाई नै अनावश्यक माग राख्दिनथेँ।
मेरो निम्ति
सारा जिबन सङ्घर्ष गर्ने बाबा आमा,
शायद म फर्कने दिन गन्दै बसेकि प्रिया,
गाली नगर्नु,
नरिसाउनु कुनै क्षण कुनै बखत​,
म आउनेछु चाँडै,
आमालाई रेशमी साडि,
बाबालाई एउटा घडि,
प्रियालाई न्यानो माया,
मायाले मत्रै नपुग्ला एउटा राम्रो मोबाइल​
अनि छोरोलाइ प्याकेटभरि बिदेशि चकलेट​
लिएर आउनेछु म​,
म सङ्गै नौलो जिबनको नौलो सपना
नया जिबनको नया कल्पना
का साथमा
केहि पैसा अनि खुशि उमङ्ग लिएर​
आउने छु म​,
आउदै छु म​।
परदेशिएको छोरा
परदेशिएको प्यारा
परदेशिएको बाबा॥।
#यात्री
#परदेशिको_भावनामा_डुब्ने_प्रयाश
#प्रतिक्रियाको_आश

Wednesday, January 27, 2016

पाकेटमारको कुटाइ

पाकेटमारको कुटाइ
४ बर्ष कटेर आज देखि ५ बर्षमा प्रवेश गरेछ, यो काठ्माण्डौ शहरमा पाकेटमारको कुटाइ खाएको। मिति याद थियो तर पनि मनस्प्टलमा चै आज सम्झना भने रहेनछ।
।सदाझैँ चाबहिलसम्मको गाडि चढेको थिए पुरानो बसपार्क बाट। एक जना कपाल फुलिसकेका ब्यक्ति अगाडि बर्नटको सिटमा बसेका थिए आज। दङ्ग पर्दै भन्दै थिए सङ्गै बसेका २ जना दाइहरुलाई "कति मजा आउछ बसेर गाडिमा यात्रा गर्न। फिस्स हासे ति दाइहरु पनि। कपाल फुलिसकेका अन्दाअजि ५५ बर्षका हुदाहुन ति मानिस , शिरमा कालो भादगाउले टोपि सुट-पाईन्ट, अनि नाकमाथि चस्मा अडाएका हेर्दै, कहि कतै प्रोफेसर जस्ता कता कता लागिरहेको थियो हाम्रो को-अर्डिनेटर सर जस्तै।
जसै गाडि भद्रकालिको मोड काटेर अगाडि बढ्यो, उनले जोडे," एक पटक कलङ्किबाट यहि पुरानो बसपार्क आउदै थिएँ, राति ९ बजे। रात्रि कक्षाका बिध्यार्थिहरु थिए, अनि भिड गाडि साथै जाडो महिना अंकललाई बिचमा राख तातो हुन्छ भने," अनि पचि त पर्स नै गायब बनाइदिये, त्यो पछि बिद्यार्थिको हुल्मुल मा बस्दिन। उनले गफ दिए कि के गरे? राति ९ बजे पनि गाडि चल्छ र ? अनि बिद्यार्थिमाथि त्यस्तो अपमान र सन्कोच द्रिष्टिकोण रहेछ,नरमाइलो लाज्ञ्ो अनि सारा बिद्यार्थि लाइ नै अपमानित बनाउने ति बिध्यार्थि कल्पेर रिस उठ्यो. गल्ति उनको कि ति बिध्यार्थिहरुको?हो कि घटना संयोग थियो भग्वान् जानुन्.....
हो
सम्झन पुगे आज भन्द ठ्याक्कै ४ बर्ष पहिले घटेको त्यो घटना।
म दिउस २ बजे त्रिपुरेश्वर सज्जन गोठ पुग्नु पर्ने थियो, आर्ट अफ लिभिङ्गको कोर्स गर्दै थिए। दिउस १ः१० भएको थियो रोड मा निस्कदा गाडि कुरे तर देखिएन बाग्मति यातायात निकै समय पछि आयो एउटा भिड भएको। रोकेँ र उक्लेँ, ठेलम्ठेल गर्दै थिए, एकदुइ जना खासै ध्यान गएन सोचे भिड छ स्वभाबिक हो। बानेस्वर कटेर बिजुलि बजार वारि तिर पुगेको थियो गाडि। एउटा केटाले ढाल्किढल्कि मैले लगाएको लुज जिन्स पाईन्टको गोजि नियाल्दै थियो। मलाई पक्का लाग्न थालेको थियो यो पाकेट्मार नै थियो भनेर। हुनत त्यस बखतमा एउटा चाइनिज मोबाइलसेट थियो त्यो नि स्विचअफ अनि गोजिमा बिरलै १०० भन्दा बढि रुपैयाँ। तर पनि आफुले पाकेटमार चिनिसके पछि वरिपरिका मानिसहरुले नि चिनुन र सतर्क हूउन भन्ने आशएले मैले बोलेँ।
"ओइ के हेर्या?"
मुक्काको बर्षात हुन लाज्ञ्ो मानौ यो बर्षायाम हो र बर्षदैछन असार श्रावणका आकाश आफ्ना सम्पुर्ण भार यसै धर्तिमा, उसै गरि ५-६ जना ले ढाडतिर मुका हाने। र भन्न थाले किन मुख छाडिस किन ह्यान गरिस ननथरि अपसब्द निकाल्दै, दङ्ग पारेँ वरपरका मनिस ले सायद मैले भनेको सुनेनन र पछि उनिहरुले सुनेको खण्डमा मेरो गल्ति छ भनेर देखाउन तथानाम गालि किन दिईस भन्दै थिए।
बिडम्बना कसैले एक सुँएको केहि बोलेन, आफैँ ,"सरि" भने। ति सबै थापाथलिमा उत्रिए," उत्रिए पस्चात खलासिले भन्दै थियो तिनिहरुको उसै समयको दैनिकि रहेछ ति पाकेटमारहरुको यो रुट अनि गन्तब्य कोटेश्वर देखि थापाथलि सम्म। अनि सहानुभुति देखाउन खोज्दै थे केहि ब्यक्तिहरु जब प्रतिकार गर्नु पर्ने समयमा लाटाले पापा हेर्या जसरि बस्दै थिए अनि म पनि खुरुखुरु झेलिरहेको थिएँ। त्यस पश्चात बल्ल भान हुन पुज्ञ्ो कि यो सहर नै यस्तै, आफ्नै अगाडि कोहि मर्दै छ, मर्न देउ, कोहि पिडामा छट्पटिदैछ छट्पटिन देउ। मुग्द दार्शक बन्न सिकाउदो रहेछ यस शहर मानबता को पर्बाह छैन। तर म अपवाद हुन चहान्थेँ, चहान्छु र हुनेछु।
‪#‎यात्री‬