Tuesday, October 10, 2017

                                                                ACCIDENT !!!
एउटाको गल्तिले अर्कोले दुख पनि पाउंछ​, र दुख मात्रै पाउँदैन कि कहिले कहि ज्यान पनि गुमाउन सक्छ​।
कति खेर ५ः३० होला र निस्किउँला भैराथ्यो अफिस बाट​। अझ अगाडि नै निस्कन मन थियो, काम पनि सबै सक्किसकेको थियो तर पनि, ५ः३० नभै निस्कने अनुमति न कसैले दिएको थियो र न केहि ननिस्कि नहुने काम थ्यो।
एकदम नर्मल वे मा हामी अघि बढ्दै थ्यौं, ठ्याक्कै थ्रि ब्रदर्स आयल स्टोर्स अगाडि पुगेको मात्र के थियौं बिचको लेनको अर्को साईडमा एक्सिडेन्ट पर्यो। हत्तनपत्त उता जान खोज्दा पनि १,२ मिनेट लाज्ञ्ो। डुक बाईक जुन तिन्कुनेबाट बानेश्वर जाँदै थियो , र स्कुटि जुन बानेश्वर बाट मिनभवन तर्फ जाँदै थियो एकाअपसमा ठोकिएका रहेछन​। बाईक त ऊठाईसकेका थिए, तर पनि चोटलागेका बाईक चालक र सवार हरु त्यसै थिए। एक जना दिदि र दाई रहेछन स्कुटिमा, दिदिको दाया घुँडामा गहिरै घाऊ भ​एको रहेछ, रगत पनि आईरहेको थियो।  अनि उहाँ रोइरहनु भ​एको थियो, अस्पताल जाउँ भन्दै।
उहाँ सङ्गै हुनु भ​एको दाईको अनुहारमा अलिअलि दर्खराएको थियो, नदेखिने केहि  चोट थियो भने, त्यो थहा पाइन्। दिदिलाई लिएर अर्को लेन मा ग​एर ट्याक्सि रोकि चढाए र उनि सङै रहेका दाइ पनि चढे, यता डुकबाइक चालक दाइ यसै थिए, मैले एकातर्फ बाट उनलाई काध दिएर उनलाई उठाएं, र अर्को तर्फबाट कसैलाई उठाउनु भनें, एकजना दाईले उता बाट उठाए उनलाई। दाईले चप्पल खोज्नु भयो उता दाईलाई उहालाई राम्रो सङ्ग समात्नु भनेर उहाँको स्कुटिमा अल्झिएको चप्पल उठाएर ल्याएँ। उहा चप्पल लगाउन खोज्दै हून्थ्यो। मैले भने "दाई तपाईंले चप्पल लगाउन सक्ने स्थितिमा हुनुन्न"​, र कारण थियो, उहाँको दायाँ खुट्टाको साईलि औलाँ भाँचिएर हड्डि बाहिर निस्किरहेको थियो र छाला कै भरमा औला खुट्टामा रहेको थियो। दुई तर्फबाट सपोर्ट गरेर उहाँलाई अर्को लेन सम्म लैजाँदा उहांले हल्का खुट्टा टेकिरहनु भ​एको थियो। त्यसैले होला उहाँ खुट्टाबाट रगत अत्याअधिक बग्न थाल्यो।
गोजिमा भ​एको रुमाल झिकेँ, उहाको घाऊ नजिकै लगेर थाम्न खोजे तर सकिन​, दाई घाउमा यो रुमाल ले समात्नुस्, रगत थामिन्छ भने। उहाँले त्यसै गर्नु भयो।
उहा अस्पताल जान नि मानिराख्नु भ​एको थिएन्। दाई ले बाईक साईड लगाएर आउछ अनि जान्छु भन्दै हुनुहुन्थ्यो।  यत्तिकैमा एक जना ट्राफिक दाई आए र भने, अस्पताल हिड भाइ, उहाले दाई आएपछि जाने प्रतिक्रिया दिए पछि लाइसेन्स र ब्लुबुक को कुरा निकालेर र झिक भने, सानै स्वरमा भ​एनि मैले पनि भने पहिला अस्पताल ग​एपछि मागे भैहाल्यो नि, उहा दाईले चै भन्दै हुनुन्थ्यो, तपाईलाइ चाहिने कागजपत्र सबै छन म सङ्ग​।
अघि अर्को तिर बाट उठाउने दाई हुनुन्थेन यो पालि अर्कै दाईले उहाँलाई बोक्नु भो देब्रे साईड बाट र मैले दाईने साईड बाट​। अगाडिको फार्मेसिमा दाई हुनुन्छ यहिं देखाऊँ भन्दै हुनुन्थ्यो, र मैले नि भने तपाईको यहा हुदैन दाई अस्पताल नै जानु पर्छ​। र मेडिकलका दाईले पनि भने,"अस्पताल नै जानु ठिक हुन्छ" ।
हामी अघि बढ्यौं, दाईले भन्दै हुनुन्थ्यो कम्मरमा लास्ट पेन भैराछ​। अर्को साईडमा अर्कै दाईले बोक्न थाले अस्पताल नजिकैको बस स्टप नजिकै बाट​। बिस्तरै हामिले उहाँलाई अस्पताल भित्र लज्ञ्ौँ। भित्र त्यि दिदि र दाई पनि रहेछन्। हेल्मेट लगाई रहनु भ​एको थियो बेडमा राखेर हेल्मेट खोलिदिएँ। प्रहरी रजिस्टर लिएर सोधपुछ गर्न थाले। पहिला फ्रस्ट एडमा ध्यान दिएर अनि सोधपुछ गर्न थालेको भ​ए राम्रो हुन्थ्यो।
त्यि दाइलाई जान्छु भने र अर्को साईडमा बोक्ने दाई भित्रै हुनुहुन्थ्यो, म भने निस्के, धन्यबाद बोकेर​। बाहिर निस्किदाँ एस्सो हेरेको  इमर्जन्सिको गेट देखि अस्पताल्को मुल गेट सम्मै रगत चुहिएको रहेछ​। अनि लाज्ञ्ो त्यो ट्याक्सि भित्र लगेनछ ति दिदि त्यहि बाट हिडेर वा कसैले बोकेर लगेको हुनुपर्छ ।
हिजो स्कुलमा रुमाल सधैं साथमा राख्नु पर्छ भनेर सिकाउने गुरुहरुले, के अर्थ त्यसो भन्नु भ​एको थियो थहा भएन​। तर मुख छोप्न र हात र नाक पुछ्न राखिएको रुमालले, जब कसैको रगत पुस्छ त्यो रुमालको सबै भन्दा ठुलो उपयोगिता हुदो रहेछ​। यो सहित मेरो रुमालले कसैको आइरहेको रगत थामेको दोस्रो पटक थियो।
#यात्री

Monday, September 11, 2017

के सुनाउ तिमीलाई मैले? यो रित्तो कहानि,
बिग्रेको घरको भत्केको चाल छ​, बुझन ए सानी,
रहरको शहर सजाए मैले, सपनाको संसारमा
डँडेलोले निलेको मसिनो बुटो जस्तै छ खरानी
#यात्री

Monday, August 28, 2017

म अझै बच्चा छु
होला मेरो दिमाग अझै कच्चा छ​
तर जे सुकै होस देशको लागि
सोच मेरो सच्चा छ​
भविषुअमा नेता हुने लक्ष्य मेरो
नेतालाइ त खालि मोज र मज्जा छ​
जनता रुवायो धरररर धरररर​
राष्ट्रकोशको ढुकुटि बजा छ बजाछ​

स्वास्थ्य भन्दै भमण भन्दै
पैसा जति उडाछ​
बिकासमा दौडिनु पर्ने देश्
व्हिलचियरमा गुडा छ​
युवा नेता देशको रे
५० बर्षे बुढा छ​
नेताहरु आफु बांच्ने
जन्ता मार्ने रहस्यमय कुरा छ​
के गर्न सक्छु र म अझि
बच्चा बबुरा छु
,
 देशले काँचुलि फेर्ला कि नाई
म हुँदा सम्म ठुलो
टालिन्छ कि देशको इज्जत​
कि हुन्छ झन ठुलो दुलो
टेबल मुनि बाट​
पैसाको बिटो खल्ति भित्र हुल्यो।
भत्ता पचाउन लखरलखर्
बिदेश मत्रै डुल्यो
नेता हुनु भो? बधाई छ​
तपाईको नि भाज्ञ खुल्यो
आलिसान घर​
छिल्लो पजेरो र प्राडोको गाडि
उद्घाटनमा ब्यस्त नेता
संसदभवन खालि
सिंगापुर र स्विजर्ल्यान्डको सपनाको
जनतामा भ्रम फाली
पिउछन ब्र्यान्डेड  रम्
जन्ताको आशु हालि
,
पैसा जति मेरो तर​
नाम चै तेरो
आम्दानि बाढौलां
तर नाम चै तेरै।
नेता जनता सङ्ग लुट्या पैसा लुकाउछन्
सत्ता पाउन बिदेशि शक्ति नि जुटाउँंछन्

ईमान र इज्जत हैन देश नै पो बेच्छन्
भुस्तिग्रेलाई किन्छन सोझालाई चै पेल्छन्
म्याजिकल चियर जस्तै गरि सत्ताको खेल खेल्छन्
कमेडि शो जस्तै गरि ठुल्ठुला गफ ठेल्छन ।
#यात्री

जिल्ला स्तरिय परिक्षाको तेस्रो दिन।

बिहानै ५ बजे नै उठेर मज्जाले घोक्दै थिएँ, चैत्रको १६ गते थियो, र जिल्ला स्तरिय परिक्षाको तेस्रो दिन। 
सामाजिक शिक्षाको परिक्षा, हरे शिब! मलाई घोक्ने भन्दा नि बुझ्ने बिषय मन पर्थ्यो। र सामाजिक शिक्षा यसर्थ मन पर्दैन थियो कि, यसमा गाऊ बिकास समिति, जिल्ला बिकास समिति, वडा कमिटिको पदाधिकारिहरु कसरि नियुक्त हुन्छन ? भन्ने कुरा सबै भन्दा बेफ्वाँक लाग्थ्यो, यसर्थ कि, म त्यि कुरा कहिल्यै बुझ्नै चहान्न थेँ, र घोक्दा पनि खालि अन्योलतामा रोमलिन्थें, र गञ्जागोल हुन्थ्यो सबै।
ऐले सम्झिदा पनि हाँसो लाग्छ सबै गफै दिने त थियो नि। ऐले जुन बिषय सबै भन्दा बढि मन पर्छ त्यो बिषय कुनै दिन सन्सार कै सबै भन्दा अल्टर बिषय भनेर सोच्थें।धेरै थोरै लग्भग तयारि गर्दै थिएँ। एक्कासि ६ बजे तिर बसन्तको फोन आयो, ममिको मोबाईलमा। कुरा गरेँ, यसरि कुरा गर्यो कि ल​, आईजो इक्जामको प्रश्नपत्र पाईयो, सङ्गै बसेर पढौं। हस्याँङ्ग फस्याङ्ग गर्दै आमा घर पुगेँ, बा को बुढो साईकल निकालेँ, र सोधें, "बा म ८ बजे तिर आउछु तपाईलाई त्यतिञ्जेल सम्म कहिकतै जानु त छैन नि?" र छैन भन्ने उत्तर आएपछि साईकल लिएर बडो रफ्तारमा खन्द्र्याङ्ग खन्द्र्याङ साईकल बजाउदै जङ्गलको बाटो नरबस्ति पुगें।
बसन्त हजुरबुबाको कोठामा बसेर प्रश्न पत्र हेर्दै रैछ​, साथ मै थियो लय पनि अनि थिए, कुन्नि कुन कुन स्कुलका केटाहरु। प्रश्न पत्र हेरेको माथि जिल्ला स्तरिय परिक्षा सामाजिक शिक्षा लेखिएको सबै कुरा फर्म्याट अनुसार नै थियो। एक्छिन बसियो मज्जाले प्रश्न पत्र हेरियो, एक्छिन छल्फल गरियो ८ बजे पछि निस्कने निदो गरें फेरि अब स्कुल जान ढिलो पनि हुन्थ्यो। ब्यागमा किताब हालें,
अनि बसन्तले भन्यो यो प्रश्न पत्रको १००० रे, ३-४ सय कति छ झिक त भन्यो। ट्वा परें, ल फसायो केटोले, अक्क न बक्क भ​एं। गोजि टक्टक्याउदा सम्म पनि २१५ भन्दा झरेन​, ल छोड्दे यत्ति भे नि दे अरु पछि मिलाउलाँ। भन्यो, म कालो निलो भ​एं, कति दिनको खाजा खर्च जोगाएर जम्मा गरेको थिएं। फेरि अर्को तर्फ थियो जिल्ला स्तरिय परिक्षाको प्रश्न पत्र​। त्यता तिर धेरै नसोछि घर पुगें, साइकल पुर्याएँ, अनि घर आएर खाना खाएर स्कुल ग​एँ। सबै साबिक झै हुँदै थियो। एक्दुईटा प्रश्न अत्ति नै मिल्ने साथिहरुलाई पनि सम्भावित प्रश्न भन्दै सुईको दिएँ।
परिक्षा सुरु भयो, प्रश्नपत्र पाए पछि एसो हेर्छु त एउटा प्रश्न पनि बिहान किनाईएको प्रश्नपत्र बाट थिएन​। तर त्यस्तो आत्तिन पर्ने प्रश्न नि थिएन्। आनन्दले गरियो। तर फोकटमा आफ्नो पैसा गको र फोक मटमा समय  बर्बाद भको देखेर आफै प्रति दया लागेर आयो। धन्न यो कुरा त्यति खेर खसै कसैलाई नि सुनाईन नत्र तलाइ महामुर्ख नै भनिदिन्थे सबैले।
त्यसपस्चात एस एल सि कै प्रश्नपत्र छ​, जेन्युन भनेर कसैले भनेको भ​ए नि बरु जति आउछ आफै गर्ने, तर यस्तो गल्ति कदापि नगर्ने प्रतिबद्दता गरें आफै सङ्ग​।
लगभग ब्याचलर्स सकिंनै लाग्दा, आज अकस्मात यो कुरा कहाँ बाट याद आयो त थहा छैन तर सम्झिंदा आफैलाई हासोको र दयाको पात्र बअनाएर हाँस्न र दया देखाउन मन लाग्दो रहेछ​, र आफ्नो मुर्खता प्रति थोरै करुणा पनि जाग्दो रहेछ​।
#यात्री
बिहानै ५ बजे नै उठेर मज्जाले घोक्दै थिएँ, चैत्रको १६ गते थियो, र जिल्ला स्तरिय परिक्षाको तेस्रो दिन।
सामाजिक शिक्षाको परिक्षा, हरे शिब!!
 मलाई घोक्ने भन्दा नि बुझ्ने बिषय मन पर्थ्यो। र सामाजिक शिक्षा यसर्थ मन पर्दैन थियो कि, यसमा गाऊ बिकास समिति, जिल्ला बिकास समिति, वडा कमिटिको पदाधिकारिहरु कसरि नियुक्त हुन्छन ? भन्ने कुरा सबै भन्दा बेफ्वाँक लाग्थ्यो, यसर्थ कि, म त्यि कुरा कहिल्यै बुझ्नै चहान्न थेँ, र घोक्दा पनि खालि अन्योलतामा रोमलिन्थें, र गञ्जागोल हुन्थ्यो सबै।
ऐले सम्झिदा पनि हाँसो लाग्छ सबै गफै दिने त थियो नि। ऐले जुन बिषय सबै भन्दा बढि मन पर्छ त्यो बिषय कुनै दिन सन्सार कै सबै भन्दा अल्टर बिषय भनेर सोच्थें।धेरै थोरै लग्भग तयारि गर्दै थिएँ। एक्कासि ६ बजे तिर बसन्तको फोन आयो, ममिको मोबाईलमा। कुरा गरेँ, यसरि कुरा गर्यो कि ल​, आईजो इक्जामको प्रश्नपत्र पाईयो, सङ्गै बसेर पढौं। हस्याँङ्ग फस्याङ्ग गर्दै आमा घर पुगेँ, बा को बुढो साईकल निकालेँ, र सोधें," बा म ८ बजे तिर आउछु तपाईलाई त्यतिञ्जेल सम्म कहिकतै जानु त छैन नि?" र छैन भन्ने उत्तर आएपछि साईकल लिएर बडो रफ्तारमा खन्द्र्याङ्ग खन्द्र्याङ साईकल बजाउदै जङ्गलको बाटो नरबस्ति पुगें।
बसन्त हजुरबुबाको कोठामा बसेर प्रश्न पत्र हेर्दै रैछ​, साथ मै थियो लय पनि अनि थिए, कुन्नि कुन कुन स्कुलका केटाहरु। प्रश्न पत्र हेरेको माथि जिल्ला स्तरिय परिक्षा सामाजिक शिक्षा लेखिएको सबै कुरा फर्म्याट अनुसार नै थियो। एक्छिन बसियो मज्जाले प्रश्न पत्र हेरियो, एक्छिन छल्फल गरियो ८ बजे पछि निस्कने निदो गरें फेरि अब स्कुल जान ढिलो पनिउ हुन्थ्यो। ब्यागमा किताब हालें,
अनि बसन्तले भन्यो यो प्रश्न पत्रको १००० रे, ३-४ सय कति छ झिक त भन्यो। ट्वा परें, ल फसायो केटोले, अक्क न बक्क भ​एं। गोजि टक्टक्याउदा सम्म पनि २१५ भन्दा झरेन​, ल छोड्दे यत्ति भे नि दे अरु पछि मिलाउलाँ। भन्यो, म कालो निलो भ​एं, कति दिनको खाजा खर्च जोगाएर जम्मा गरेको थिएं। फेरि अर्को तर्फ थियो जिल्ला स्तरिय परिक्षाको प्रश्न पत्र​। त्यता तिर धेरै नसोचि घर पुगें, साइकल पुर्याएँ आमा घर, अनि घर आएर खाना खाएर स्कुल ग​एँ। सबै साबिक झै हुँदै थियो। एक्दुईटा प्रश्न अत्ति नै मिल्ने साथिहरुलाई पनि सम्भावित प्रश्न भन्दै सुईको दिएँ।
परिक्षा सुरु भयो, प्रश्नपत्र पाए पछि एसो हेर्छु त एउटा प्रश्न पनि बिहान किनाईएको प्रश्नपत्र बाट थिएन​। तर त्यस्तो आत्तिन पर्ने प्रश्न नि थिएन्। आनन्दले गरियो। तर फोकटमा आफ्नो पैसा गको र फोकटमा समय  बर्बाद भको देखेर आफै प्रति दया लागेर आयो। धन्न यो कुरा त्यति खेर खसै कसैलाई नि सुनाईन नत्र त मलाइ महामुर्ख नै भनिदिन्थे सबैले।
त्यसपस्चात एस एल सि कै प्रश्नपत्र छ​, जेन्युन भनेर कसैले भनेको भ​ए नि बरु जति आउछ आफै गर्ने, तर यस्तो गल्ति कदापि नगर्ने प्रतिबद्दता गरें आफै सङ्ग​।
लगभग ब्याचलर्स सकिंनै लाग्दा, आज अकस्मात यो कुरा कहाँ बाट याद आयो त थहा छैन तर सम्झिंदा आफैलाई हासोको र दयाको पात्र बनाएर हाँस्न र दया देखाउन मन लाग्दो रहेछ​, र आफ्नो मुर्खता प्रति थोरै करुणा पनि जाग्दो रहेछ​।
#यात्री

Sunday, May 28, 2017

"हरि ए हरि,
हैन जति सुते पनि नमेटिने निद्रा कति लागेको हँ यस्लाई? " बा को आवाज ठोक्कियो कानमा, डर लाग्यो, बा यति भनेर गोठबाट घर भित्र छिर्दै गर्दा, म हत्तनपत्त जुरुक्क उठेँ र अगिनै उठेको झैं गरि मेरा कक्षा ६ को नेपाली किताब पल्टाउन थालें।
औधी डर लाग्छ मलाई बा सङ्ग प्रत्येक कुरामा अझ भनेको अटेर गरेर सुतिरहँदा त ओक्षान नै भिज्ने गरि पानी पनि खत्याईदिनु भएको छ ३ पटक! र त्यो गनेरै बसेको छु।
म चोटा बाट उत्रिएँ। आमाले आगो फुक्दै हुनुन्थ्यो र हिजो परेको पानीले गोठको एउटा छेउमा राखिएको दाउरा पनि पुरै भिजाएको रहेछ, कागज पलास्टिक र मट्टितेल खन्याउँदा पनि आगो नबले पछि, आमाले मलाई रोटि पकाउने ताइ दिंदै भन्नू भो, जा त पल्ला घर बाट अलिकती भुङ्रो लिएर आइजो। म ताई बोकेर लागें बिरे को घरमा त्यहा त काकिले आगो फुकि होरि दूध पनि उमाली सक्नु भएको रहेछ। भुङ्ग्रो लिएर घर आएँ, बिरेको घर पछाडी छ हाम्रो घर त्यहिंबाट आउंदै गर्दा एउटा चिर्पट  पनि ल्याएं। आगो सल्काउन सजिलो हुन्छ भनेर। डर पनि लागिरहेको थियो फेरि काका काकिले देखे भने गाली गर्ने हो कि भनेर! आ भैरहोस आगो सल्काउन त ल्याको हो नि, गाली गरे भने, त्यही चिर्पट पनि पैंचो तिर्दिम्ला भन्ने तैयारिमा थिएं तर कसैलाई केही भन्नू परेन। घरमा ल्याएर आमालाई जिम्मा दिंदै, नाम्लो र खुर्पा ठिक पारें, घरपछाडी बाट ट्वाक नि लिएं र लागेँ जङ्गल तिर।
 नित्यकर्म सकिए पछि कालिकाठको एकाङ्गालो स्यौला झारें। यो रुख त्यही थियो जुनबाट लडेर मैले बायाँ हात भाँचेको थिएं २ बर्ष अगाडि। त्यसबेला देखि रुख चढ्नै डराउथेंरी तर पछि  अलि अलि भने चढ्न थालें।
स्यौला घर लिएर घर पुग्दा, आमाले भर्खर दूध तताएर राख्नु भएको रहेछ, आधा बटुका चिउरा लिएर टन्न दूध हालें अनि आमाले मदेख्ने गरि एक मुठ्ठी चिनी हाले। साह्रै मीठो भएछ। आमाले भन्दै हुनुन्थ्यो, अब चाँडो पानी लिएर आइजो। बा दुधको क्यान बोकेर अघिनै बजार लागि सक्नु भएको रहेछ। पानी ल्याउन भनेर बा ले आज साईकल पनि नलि कन जानू भएछ। आहा!
साईकल भएसी त दिउसभरी पानी ओसार भनेनी गर्छु जस्तो लाग्थ्यो। साईकल पनि हेरो थियो नाम जस्तै। दुईटा गाग्री क्यारियरको दुईतिर पारेर राखियो डोरिले  बानेर। धारा एउटा तर ओल्लो गाउँ देखि पल्लो गाउँ सम्म को मान्छे हरुले पानी थाप्ने यो एउटा धारो बाहेक बिकल्प थिएन। म आत्तिएं मान्छेको भिड देखेर तर धन्न लइन मै राखिएको थियो सबै भाडाहरु,। मैले नि सरक्क सबै भन्दा पछाडी राखें दुइवटै गाग्रो। दिमागमा उत्पट्याङ्ग बिचार आयो, मेरो पालो आउन्जेल सम्म, शंकरलाई बाले एक हप्ता अगाडि मत्रै किन्नु भको हाम्रो हिरो रोयाल साईकल देखाउंछु। उसको साईकल थोत्रो हुन लागेको थियो र खिस्याउनुको मजा नै बेग्लै थियो। म साईकल को सिटमा बसेर पाईडल पूरा नभेटे पनि गजब चलाउथें भनेर सबैले भन्थें बेला बेलामा त यसरी हुईकाउथें कि ठुला मान्छे हरुले चै गाली गर्थे, र मलाइ यो पटक्कै मन पर्दैन थियो। कत्तिन आफुले चलाउन जान्दैनन अरुलाई गाली गर्छन। शंकरको घर अगाडि पुगेर कृङ्कृङ्ग साईकलको घन्टी बजाएँ। उ आईपुग्यो साईकलको घन्टी सुन्ने बित्तिकै।
" वाह कस्तो राम्रो साइकल ले न म पनि चलाउँ" भन्न नि पछि परेन माथी बार्दली बाट काकीले हेरिरहनु भा रैछ, के छुच्चो बन्नु भनेर खुरुक्क उत्रेर दिएं साइकल उसले चलायो म पछाडी बसें एकै छिन स्कुलको चौरी तिर गयौं, उस्का बा ले पानी ल्याको देखेर झसङ्ग भएं, म हावाको बेग सङ्गै साईकलको रफ्तार बढाउँदै थिएं। धारामा पुग्दा त मेरा भन्दा अगाडिका कुनै भाँडा थिएनन त्यहाँ अनि अझै मेरा गाग्रीहरु चैं त्यहिं भोक लागेको जसरी क्वार्क्वार्ती धारामा एकनासले हेर्दै थिए। मलाई अब फेरि बाको डर लाग्दै थियो, आज नि डंडाल्नु भरी सुम्ला भेटिने भैयो। मन मुटु र शरीर पनि कापिराको थ्यो।  बल्ल बल्ल कुरेर गाग्री भरी सकें अब अगिन ल्याको डोरि पो काँ खस्यो कि यहिं राखेको थिएं कसैले लग्यो पत्तो लगाउन सकिन । भर्खर साइकल लिएर आईपुगेका गोथे काका सङ्ग डोरि मागें। पानी लिएर घर पुगें । थपक्क अर्को डोरि पनि बोकेर गाग्री लिएर फेरि लागें अर्को खेप पानी ल्याउन। काकाको नाम्लो फिर्ता दिएं। पालो मै बसेर अर्को खेप पानी भरें र घर पुगें। बा ले आज बजार बाट फर्कंदा मिठाई ल्याउनु भएको रैछ। तर त्यो मलाई पनि भाग लगाएर दिनु अगाडि वाक्य खस्यो बा को मुख बाट आज निकै अबेर गरिस त केटा। म सानो स्वरमा भन्न लागें, भिड धेरै थ्यो त्यही भएर हो। तर यति भनुन्जेल मेरो आखाले बाको आँखा त परको कुरा बा भए तिर समेत हेर्न सकिन।
बा ले कुनै प्रतिबाद गर्नु भएन। धन्न आफुले ठुलै तनाबबाट मुक्ती पाएको अनुभूति हुँदै थियो। एकै छिनमा ध्यान मिठाई तिर लाग्यो। आफ्नो भाग खाएं। आमासङ्ग भात मागेर खाइयो अनिभाईको भाग नि चोरचार पारेर अलिअली खाइयो। अलि अलि भाइलाई फकाएर।
अनि काखिमा एउटा कापी र एउटा किताब च्यापेर हिंड्न लागेको थिएं स्कुल तिर, बा ले भन्नु भयो, साइकल लैजान्नस
बा को मुखबाट साईकल लान्नस भन्ने वाक्यले यति खुशी बनायो नि, आज त बाको गालामा म्वाइ खानै मन लाग्यो, तर बा को अगाडि भद्र बनेर लान्छु भने, कुनै उत्सुक्ता, कौतुहलता नदेखाई बाहिर आएं।क्यारियरमा कापी र किताब च्यापें। बाहिर बाल्टिनमा भएको पानीले हात मुख धोएं अनि सर्टमा लागेका फोहोर एउटा टालो भोजाएर पुछें। आखिर हिरो साइकल चढेर स्कुल जान लागेको छु, हिरो त देखिनै पर्यो नि।
#यात्री

Friday, May 26, 2017


Facebook चलाउदै थिएँ, newsfeed भरी आँखा डुलाउँदै, यो facebook ले पनि कति निकम्मा बनायो, नया नौलो केही हुँदैन तै पनि दिन र रात यसै बितिदिन्छ। मनमा तरङ्ग उठ्दै थियो, हुन त समाचार देखि बिश्वबारे नै जानिन्छ बुझिन्छ यहि facebook मा।
newsfeed scroll गर्दै like गर्दै थिएं, उमेशले share गरेको रहेछ, "Who loves you the most?" त्यस्मा उसको girlfriend कै नाम उल्लेख थियो। अचम्म लाग्यो एकछिन त, कसरी पत्ता लगाउँछ हो यस्तो कुरो?? फेरि सोचें सबै facebook chat र conversation अनुसार नै त calculation गरेर गर्छ होला, कि हचुवा comment like र react कै आधरमा गर्छ होला नि यो बिषयमा पनि म निश्चिन्त थिएँ।
मनमा कौतुहलता बढ्दै थियो, म पनि check गर्नु पर्‍यो, को चंही देखाउँदो रैछ कुन्नी? ल relationship मा भएको मान्छेको त देखायो, ऐले सम्म love नपरेको मान्छेको के देखाउँछ हेर्न मन थियो। हाहा love नपरेको आफैलाई प्रश्न गर्दै थिएं अरे यार, love  नपरेको कहाँ हुनु, परेर पनि नपरेको अर्थात मन परेको मन पराईएको तर माया प्रीती बाट चैं टाढै रहेको थिए।
Do you want this app to continue?
Yes option click गरें। एकैछिन calculating देखायो। अनि देखायो उनको नाम। म झसङ्ग भएँ। मैले को होला भन्ने कौतुहलता त मार्न सकेको थिईन तर पनि कसैको नाम सोचेको सम्म पनि थिईन यसर्थ पनि उनको नामले मलाई अलिक आश्चर्य चकित तुल्यायो, र अर्को कारण थियो। उनी सङ्गको conversation मा पुर्णबिराम लागेको पनि महिनौ भैसकेको थियो।
अनि ठूलो प्रुण बिराम पछि धेरै दिनमा online देख्दा message पठायो  Hello, Hy, के छ खबर? के गर्दै छौ? पढाइ कस्तो भैराछ? यो भन्दा पर कहिल्यै कुरा अघि बढेनन बिगतका ३ बर्ष यता। अनि यति बार्तालाप पछि नै एउटा नया अनुच्छेद रचना गर्ने सपना तुहिएर २ line मै अनुच्छेद परिवर्तनको सङ्केत पाइन्थ्यो र फेरि ठूलो पुर्ण बिरामले त्यस अनुच्छेद टुङ्गिन्थ्यो। र उनी अनि म दुबै स्तब्द रहन्थ्यौँ।
अचम्म लाग्यो यत्तिका बर्ष भैसक्दा पनि उनीसङ्गको मेरो conversation सायद अझै पनि सबै भन्दा लामो conversation रहेछ।  हाम्रा पुराना message हरु हेर्न मन लाग्यो। हेर्दै गर्दा पहिला उनलाई मैले facebook मा add हुनुपुर्ब गरेको पोके याद आयो। उनले त्यो pokeback गर्दै request पठाएकी थिईन। हामीले एक अर्कालाई धेरै अगाडि नै देखे पनि, चिन्जान र कुराकानी भने कहिल्यै भएको थिएन। जुन दिन उनी सङ्ग add भैयो हाम्रो कुराकानी हुँदै गयो, कसरी हामीले एकार्कालाई ख्याल गरेको रहेनछौं भन्ने देखि धेरै कुरा गरियो। उनी मैले चिनेको एउटा दाईको बहिनी रहिछिन। उहाँ दाइ निकै राम्रो cricket खेल्नु हुन्थ्यो। र encourage पनि गर्‍नु हुन्थ्यो भने बेला बेला मा क्रिकेट तेच्निकुएस पनि दिनु हुन्थ्यो।
बिस्तारै गफगाफ बढ्दै गए, उनी सङ्ग धेरै कुराहरु साटियो मनमा रहेका धेरै कुराहरु, उनी भन्थिन कसरी समाजसेवामा लाग्ने रहर छ भनेर हामी बिछ यी यावत कुराहरुमा पनि छलफल हुने गर्दथे।
कुरा बढ्दै गयो, दिन बित्दै गए र सम्बन्ध अझै प्रगाढ बन्दै थियो। हामी बिछ फोन मै पनि घन्टौं लामो कुराकानी हुन्थ्यो। तर उनी दाइ नभएको बेलामा मत्रै फोन चलाउँथीन। र म पनि उनका सङ्केत अनुसार आउथे online। उनि एक्लै हुँदा केही रातहरु लग्भग छर्लङ्गै उज्ज्यालो भएको उनी सङ्गै phone मा कुरा गर्दै। हो, उनी दाइ सङ्ग हुँदा phone चलाउन पनि निकै जो डराउथिन।
म उनको मायामा दिन्प्रतिदिन झन्झन डुब्दै थिएं। सायद उनी पनि मेरो मायामा या भनौ, हामी दुबै जना एकअर्काको मायामा। मलाई थहा थियो, यो उचित थिएन। किनकी उनको दाईले मलाई भाइ मान्नुहुन्छ, निकै सफा छ उहाँको सोच दाइ कै माध्यम बाट म उहाँको family मा पनि परिचित भैसकेको थिएं। उनको घरमा एक्दुई पटक गएको पनि थिएं दाइ सङ्ग तर उनलाई देखेको थिइन, उनी मामाघर बसेर पढ्दी जो रहिछिन। उनको बाबाममी , उहाँहरुको सोच र म प्रतिको दृष्टिकोण पानी परे पछिको आकाश जस्तै छर्लङ्ग खुल्ला थियो। सायद मैले उनी प्रती यस्तो सोच राख्नु वा मायामा झन डुब्दै जानू कतै उहाँहरुको बिस्वासलाई लात हान्दै भन्काउने प्रयास जस्तै पो हुन्थ्यो कि म अलि धेरै गम्भीर हुँदै थिए। हुन त मैले उनलाई खुलेर उनलाई म तिमीलाई मन पराउछु, माया गर्छु अनि सारा जिन्दगी सङ्गै काट्न चहान्छु यस्ता केही कुरा पनि प्रतक्ष्य भनेको त थिईन तर केही सङ्केत भने अवस्य दिएको थिएं, र उनका पनि धेरै सङ्केतहरु केलाउँदा उनितर्फबाट पनि प्रेमको प्रतिबाद नहुनेमा निश्चिन्त थिएं। तर यतिले हुँदैन थियो, मलाई छट्पटी हुन थालेको थियो कतै मैले केही गलत त गरिराखेको छैन? आखिर म केका लागि घरबाट बाहिर बसिरहेको छु? मेरो परिवारले ( बाबा आमाले)म बाट के अपेक्षा गरि राख्नु भएको छ? अनि उनका पनि त यस्तै छ, र उनका परिवारले अझै म सङ्ग पनि त यो कुराको अपेक्षा राख्नु भएको छैन। म यो कुरामा निस्चिन्त थिएं।
यसर्थ अब मैले केही भन्नू थियो उनलाई, " हामी अहिले यो भन्दा बढी नजिक नहौं है?"  सायद मेरो शब्द चयन गलत हुन सक्थ्यो, या facebookमा कुरा हुँदा यो वाक्य भनिएको भएर समय र माध्यम गलत हुनपुग्यो होला। मैले बिचमा उनलाई आफुलाई एकजनाले मनपराई रहेको कुरा नि खोलेको थिए। सायद उनको म प्रतिको बुझाइमा अलिकती नराम्रो impression पर्न गएको हुन सक्छ।
उनी अलि जिद्दी बन्दै थिइन। म बुझाउन असमर्थ भैरहेको थिए। हामीमा अझै परिपक्वता आईसकेको छैन, जिन्दगीका धेरै मोडहरुबाट यो जिन्दगी अघि बढाउनु छ। कैयौं दरार हरुको सामना गर्नु पर्छ भन्ने चै थहा थियो । सायद उनी सङ्ग त्यस बार्तालाप पछि सबै भन्दा ठूलो दरारको सृजना हाम्रो निश्चल कन्चन सम्बन्धमा आएको थियो, जुन सम्बन्ध कहिल्यै गाँसिएकै थिएन, त्यो सम्बन्ध त थियो केबल बिस्वास र समर्थनको जहाँ लाग्दै थियो, सम्बन्ध पनि आश्थाको धरहरा भन्दा नाजुक भएर जिन्दगीमा गएको 4रेक्टर scale को पराकम्पनले नै तहसनहस बनाएको थियो। जिन्दगीले मोड लियो। बिस्तारै हामिले केही समय parallelly हिँड्नुपर्छ भन्ने मेरा सोचमाथी तुशारापत हुन लागे। सायद केही समय त्यसैगरी भएको दुरि नै maintain गरेर हामी अघि बढ्न सकेको भए हाम्रो सम्बन्ध सायद सुध्रिन सक्ने सम्भावना निकै प्रबल हुन्थ्यो।  तर त्यसो भएन।
म केही दिन दुखी भएं र उनी पनि दुखी भएको म महशुस गर्न सक्थें। बिस्तारै हाम्रा जति मारे पनि नसकिने बातहरु मौनतामा र formality मा मात्र सिमित रहन थाले। बिस्तारै त्यही formality पनि कहिलेकाही औंशिपुर्णे लागे जस्तै हुन थाल्यो।
समय बित्यो, सायद ५-६ महिना अगाडि हुनुपर्छ उनले मलाई Thank you and sorry भनेर message पठाईन, पहिलाको कुराको लागि, मैले पनि उनी सङ्ग माफी मागे, उनका बिस्वासप्रती मेरा कदमले पुर्याउन गएको घात प्रती। र फेरि हाम्रो कुराकानी बन्द भो, अहिले पनि कहिलेकही online देखिन्छ, पहिले म नै message गर्छु! हेल्लो hy अनि सिमित २-४ प्रश्न अनि कुरा अघि बढाउने बिषयबस्तु नै भेट्दिन म सायद उनी पनि भेट्दिनन या खोज्न चाह्दिनन।
अझै पनि आफुमा परिपक्वता आईनसकेको महसुस गरिन्छ। र त्यस समयमा आफुले चालेको कदम ठिकै हो जस्तो लाग्छ तर उनको मनमा पर्न गएको चोटको पीडा र गहिराई सायद मैले चाहेर पनि महसुस गर्न सक्दिन। तर जे होस, मेरो जिन्दगिको एक सुन्दर सपना बनेर छाइन उनी। केही समयकै लागि भए पनि। sorry र Thank You!!! दुबै उनका लागि । 😍 #यात्री

Monday, May 22, 2017


We are Humans, we can do anything we want! We are the most intellectual animal but we aren't. This world is common home for all the living creatures in the world but, is being used only for human benefit. We kick the street dogs. We slutter animals keeping them  in pain for hours. We see many animals dying of wounds and starvation, still we just have a word, "poor animal". We love travelling,  and even a single scrath makes the journey unpleasent. But at the same time when we see 100s of buffalos loaded on truck tying their tails and heads upward, that just makes us see them buff momos. We don't even feel pity.
And we think we are superior of all. We are just an animal as they are. We need all animals and plants for sustaining this ecology. We know we all are selfish, atleast let's not be cruel. We can fulfill our wants for sure but let's not give them torture.
Respect animals, save humanity.
#यात्री

Tuesday, May 16, 2017

आज बिहानै mummy ले मेरो ब्यागमा मेरा लुगा हरु साथसाथै केही समानहरु पनि pack गरिदिँदै हुनुहुन्थ्यो। पुन्टेले bag pack गर्न लागेको देखेर झगडा गर्न सुरु गर्‍यो, mumy लाई समान पनि हाल्न नदिकन bag  टोकेर आफू तिर घिसार्‍यो। यो भन्दा अघिल्लो पटक दुई पल्ट सम्म पुन्टेलाई छोडेर यात्रा गर्दा उसलाई झुक्काएरै थहा नदिकन निस्किएको थिएँ म। तर यश पटक उस्ले चाल पायो, झन mumy ले थपिदिनु भो, तेरो सुमन दादा जान्छ आज काठ्माण्डौ। नबोले पनि सबै कुरा बुझ्छ पुन्टेले। अझ भनौ, जान्छु, bye, बस है! जस्ता शब्द बोल्नासाथ उसका आक्रोशहरु यसरी निस्कन्छन मानौ, उ म बिना एक पल पनि बस्नै सक्दैन र मान्दैन।
सोच्दै नसोचेको पनि हैन पुन्टेलाई यश पटक पुन काठ्माण्डौ ल्याउने भनेर, तर घर तिर गर्मीले उग्ररुप नलिनु, उसले mumy लाई अत्याधिक पछ्याउनु र Dad ले पनि भनेको मानु कारक तत्व बन्यो उसलाई उतै छोड्नु पर्ने, साथसाथै म एक्लै यात्रा गर्दै थिएं यसर्थ पनि उसलाई लिएर हिँड्नु फलामको चिउरा चपाउनु भन्दा कम हुँदैन थियो।
एकछिन उसलाई अङ्गाल्दै बसें। उसलाई जा सु गरेर आईजो भनेर बाटो तिर पठाएको बेलाँ bag अर्को कोठामा लगेर राखेँ। उ फर्कने बित्तिकै अघिको ठाँउमा राखिएको bag खोज्न थाल्यो, यताउता गरेर भुल्याएँ।
 mumy ले खुसुक्क केही पैसा हात्मा राखिदिनु भयो मेरो। म पनि सुरुक्क गोजिमा हालेँ। हरेक पटक घर जाँदा उहाँले मलाई Dad सङ्ग लुकाएर केही पैसा दिनु हुन्छ आमा को मायाले भरिएको। ९ बज्नै लागिसकेकोले mumy office को लागि हतारिँदै  हुनुन्थ्यो र ' ल राम्ररी जानू अनि पुगेर call गर्नु।  हुन्छ भनेर भने मैले। एकै छिन्मा Dad को phone आयो ल गाडी १० मिनेटमा आउँछ रे खाना खाएर बस।
मैले खाना खाएं, अलिकती आखिर बिहानै के रुच्थ्यो र धेरै न बानी नै थ्यो चाँडै खाने।
म kitchen जाँदा kitchen, baathroom जाँदा bathroom को ढोका सम्मै पछि लाग्दै थियो पुन्टे। लुगा लगाएर ready हुन्जेल सम्म Dad नि आईपुग्नु भयो र भाइ पनि कलेज बाट फर्किसकेछ।
Dad बाटो खर्छ दिनु भो, अघिल्लो पटक पठाउनु भएकै पैसा थियो यताको खर्चको लागि। अनि Bag बोकेर Dad घर बाट एकै मिनेट अगाडि main road मा निस्कनु भयो।
भाईले मुस्कुराउँदै केही पैसा राखिदियो हातमा! एस्सो खर्छ अलिअली भाईको पहिलो कमाई भन्दै।
भाइ intern गर्दै छ। पहिलो महिनामा पाएको थोरै तलब पनि उसले मेरो लागि पनि छुट्याएको देखेर साह्रै खुशी लाग्यो। यो माया प्रेम बिस्वास र सद्भाब ले झन मलाई अलि अलि कता कता emotional बनाउदै थियो। पुन्टेलाई भाइले कोठामै थुन्न लागेको थियो आफ्नो हातले उसको टाउको सुम्सुम्याउँदै ढोका ताने र निस्किएँ। भाइ पनि निस्कियो सङ्गसङ्गै म गाडी चढें। Dad र भाइ लाई bye गरे। जसै गाडी हुईकियो। मेरा आँखा रसाए तर आसुले आँखा भन्दा बाहिर आउन दिइन।
काठ्माण्डौ बस्न थालेको ६बर्ष पूरा भएर ७ बर्ष टेकिसकेछ। सुरुसुरुका दिन निकै नरमाईलो लाग्थ्यो। तर यसपाली जति घर छोड्दा नरमाईलो कहिल्यै लागेको थिएन लाग्दै थियो अझै २-४दिन बस्न पाए नि हुने।
#यात्री

Sunday, May 7, 2017

सडक सहरका गरिबहरुका निम्ति कमाई खाने ठाँउ मात्रै भ​एको छैन​। सैयौं घरबिहिनका निम्ति खुला आकाश मुनिको घर बनेको छ​। गरिबिले ब्याप्त र असहायका निम्ति एक मात्र आस्थाको धरहरा हो सडक​। कसैले दया गरेर केहि दिए त्यहि खाने रमाउने र त्यहि ठाउँलाई आफ्नो स्वप्न सन्सार ठान्छन उनिहरु।
आज करिब ९ बजेको हुनुपर्छ म बिर हस्पिटल बाट तेबह आउँदै थिएं। न्यु रोड गेटमा ६-७ जनाका सङ्ख्यामा खटिएका म्यादि प्रहरीहरुले केहि बाल्दै थिए। लाग्थ्यो जाडो भ​एर आगो बालेका होलन्। ब्यङ्यात्मक सोच आइरहेको थियो मनमा। जब अलिक छेउ पुगें, सडकपेटिमा बस्ने मानिसहरुका लुगाहरु जलाईएका रहेछन्। जलिरहेको (जलाईइरहेको) ह्रास बाट आफ्ना सामान र लुगा तान्न  खोज्दै थिईन त्यहि प्रहरि नजिकै बसिरहेकि महिला।
जब अझै उनिहरुको समानहरु बलिरहेको आगोमा थपियो म मा धैर्यताको बाँध टुट्यो अघि बढेँ र  एउटा पुलिसको काँधमा हात राख्दै भने, " यो त अत्ति भ​एन दाई" नजिकै अर्को प्रहरीले भुईमा झरेको ब्याग आगोमा जाकिदियो।
एउटाले भन्यो, "यिनिहरु चोर हुन​, ठग हुन​।"
अर्कोले जोड्यो "छोराछोरीले छोडेको रे,"
पहिलोले फेरि जोड्यो," दिउसभरि मागेको पैसाले होटलमा बस्नु नि"
कुरा बुझ्दै जाँदा त्यहा सडकपेटिमा बस्नेहरु आपसमा ढुङ्गा हानाहान भयो रे अनि फोर्स लगाएर भ​ए नि हटाउनु भनिएको थियो रे। त्यहि पालाना गर्दै रहेछन उनिहरु। तर यसरि भ​एको थोत्रो कपडा पनि जलाईदिनु चै मानबिय लागेन​।
म सङ्ग केहि बिकल्प थिएन​। त्यहाँबाट निस्कनु बाहेक​। बिबश अनि लाचार म​।
#यात्री

Sunday, April 30, 2017

अन्योलता

के गर्छस त अब #ब्याच्लर्स पनि सक्किन लाज्ञ्ो केहि सोचेको होलास नि? बुबाको प्रश्न थियो।
मलिन स्वरमा मैले भने, खै के गर्ने गर्ने? "
मैले यति भनि रहँदा बुबाको मुहार मलिन भैसकेको थियो। ऐले सम्म कुनै योजना नबनाएको देखेर​।
मैले हतपत उहाँको त्यो मलिनता दुर गर्ने उद्देश्यका साथ फेरि थपें, लोकसेवा आयोग भिड्छु। 
अनुहारमा अलिकति उज्यालोपना त देखियो तर अझै पनि पुरै दिलदेखि नै खुशि चैं हुनुहुन्न थियो यो पनि आंकलन गर्न सकिन्थ्यो। 
बास्तबमा अन्योलताको भुमरीमा झनझन भित्र भित्र भासिंदै थिएं।  ब्याच्लर्स पछि कोर्स चेञ्ज गर्ने कि भन्ने अर्को बिशाल निर्णयको योजना रच्दै थिएं म​। यसै पनि नेपाल बिकासोन्मुख राष्ट्रहरुको पनि पुछार तिर देखिने राष्ट्र पक्कै  पनि मास्टर्समा रुरल डेभेलप्मेन्ट, क्राईसिस म्यानेजमेन्ट केहि पढ्नु पर्छ कि भन्ने मानसिकता बनाईरहेको थिए। फेरि अर्को तिर फाईन्यान्स मेजर बनाएर बि बि ए गरिसके पछि एम बि ए नै गर्नु पो पर्छ कि भन्ने अर्को अन्योल्ता। अनि त्यो भन्दा ठुलो अन्योलता यहिं पढ्ने कि बाहिर अप्लाई गर्ने?? 
यि कुराहरु बुबा समक्ष राखिरहँदा बुबाको केहि बिचार बारे प्रष्ट हुनुन्छ भन्ने देखिन्थ्यो। उहाँले भन्नु भयो। के पढ्ने भन्ने कुरा तैले सोच्ने बिचार गर्ने कुरा हो। 
तर कहाँ पढ्ने भन्ने बारे चै स्पष्ट रहनु फोरेन कन्ट्रि टार्गेट गर्नु पर्छ​। 
म स्तब्द !!!! राज्नितिक अस्थिरता मात्रै हैन न्यापालिका नै बिभिन्न प्रकरणमा मुछाइन्छ वा मुछिन्छ अनि यहाँ बसेर के गर्ने? न कामको इज्जत छ​? दैनिक ज्याला मज्दुरि गरेर १००० कमाउँछन मानिस​, तर कोट पाईन्ट लगाएर अफिस जानेले मुस्किलले १५००० कमाउँछ मासिक​। भबिष्य सोच्नेबेला भैसक्यो, अझै बच्चा रहिएन। कमाएर आफु बाच्न त मुस्किलले पुग्ने कमाईले भबिष्यको जग उठाउने त परको कुरा नक्सा कोर्न पनि मुस्किल छ अनि बाहिर जानु पर्छ पनि किन नभन्नु होस त बुबाले। 
#यात्री

Thursday, April 27, 2017

ठेस लाग्छ मलाई तर रुन्छिन मेरी आमा,
चोट लाग्दा मलाई, आसुले मुहार धुन्छिन मेरि आमा
म हिँड्दै छु सन्सार कै ठुलो खुशि उनलाई उपहार दिन​,
मेरा सफलतामा सन्सार कै खुशि हुन्छिन मेरी आमा 
#यात्री 
सपनीमा बर्बराउंदै तिम्रै नाम बोलाउनुको कारण छ​,
एकान्तमा हराउँदै कल्पनामा टोलाउनुको कारण छ​।
मेरा भन्दा ठुला मलाई मेरा बाबाआमाका सपना लाग्छ​,
त्यसैले चाहेर पनि तिम्रो जिबनमा नआउनुको कारण छ​।
#यात्री

Thursday, March 16, 2017

ठुला घम्लङ्ग परेका 
#मीकी माउस देखि स्नूफ र अरु कार्टुनका 
पहिरन भित्रका आंशु, बेदना र पिडा लुकाएर 
बाहिर हासिरहेको मुखौटो मा सजिने,
ति दाई, 
ति दिदि,
ति काका,
को हुन?
मैले कहिल्यै उनको बास्तबिक अनुहार देखिन​!
मुटु काँप्ने जाडोमा पनि त्यहि पहिरन​!
पसिना छुट्ने पारिलो घाममा पनि उहि पहिरन​।
कहिले मुटु काप्थ्यो होला,
कहिले पसिनाले निथ्रुक्कै भिजाउँथ्यो होला,
तर अहँ कसैले बुझेन त्यो भावना
कसैले बुझेन त्यो बेदना
बोल्छन केहि बच्चा बच्चिहरु,
केहि युवायुवतिहरु
#सेल्फि प्लिज भन्दै
उभिदिन्छन उनि, लाचार मुर्ति बनेर​,
अहँ अहँ
सुन्दर फोटो को लागि एक पात्र बनेर​।
हो,
उनि खुशि बाँड्छन
तर आफ्ना यथार्थ लुकाँछन​,
अरुलाई हँसाउन​
अनि आफ्ना परिवारका र्निम्ति केहि कमाउन​,
छोराछोरिलाइ पढाउन​,
उनिहरुका उज्वल भविष्यको सपना सजाउन​!
सलाम तिमीलाई,
आफु भित्रै हाँसेर या रोएरै भ​ए पनि अरुलाई खुशि
बाँढ्ने तिमीलाई
यो सामर्थ्य सबै सङ्ग हुँंदैन​
त्यसैले भित्रि मन देखि सलाम छ तिमीलाई!
#यात्री

Monday, February 27, 2017

हामी मध्य धेरै राजनिती भन्ने बित्तिकै ओठ लेब्र्याउछौँ, र केहि कान ठाडो पर्दछौँ। र यो नितान्त आफ्नो ईक्षाको कुरा हो। तर पनि बर्तमान परिवेसमा के हुँदा उचित हुन्थ्यो र के भैराखेको छ​? यसले पक्कै पनि सबैको जिन्दगीमा महत्व राख्छ​। स्वतन्त्रता र पारदर्शिता प्रत्येक ब्यक्तिले खोजिरहेको हुन्छ​। 
अस्ति अर्थात शुक्रबार जब कलेज गेटबाट भित्र छिरेँ, म झुक्किएँ कि जस्त​ओ लाग्दै थियो, तर हैन म कलेज नै पसेको थिएं। यति ठुल्ठुला ब्यानर र पार्टिगत झन्डाहरु कलेज भरि टाँगिएको थियो मानौँ बिबाह घर मा टाङ्गिएका ध्वजापताकाहरु । अनि आस्चर्य पनि लाग्दै थियो २० बर्ष देखि राजनिती र स्व,ब्यु ले नछोएको कलेजलाई फेरि छोएको देखेर​।
कताकता अब पढाई भन्दा बाहिरको स्वतन्त्रता आउने भयो हाम्रो कलेजमा पनि, भनेर खुसि पनि लागि राखेको थियो, किन कि हामीलाई पढ्न, लेख्न र बिषयगत हिसाबले हेर्ने हो भने अरु कलेजले भन्दा धेरै राम्रो सुखसुबिधाका साथ्साथै राम्रो पुर्बाधार निर्माण गरेको छ​। यध्यपि धेरै कुराहरुमा कलेजले सिधै अस्विकार गर्दथ्यो, र हामी बिध्यार्थिको द्रिष्टिकोण बाट हेर्दा हामीलाई अनुचित लाग्थ्यो भने कलेज र सामुदायिक कलेज भ​एकै कारणले समुदायका द्रिष्टिकोण बाट हेर्दा निकै बुद्धिमानि ठहरिन्थ्यो। बि बि ए को बिध्यार्थि म थहा छैन बि बि एस मा के हुन्छ र कस्ता दुख भोग्छन उनिहरु।
सायद यस निर्वाचनले कलेजलाई छुनु र कलेजमा भित्रिनुले कलेजमा बिध्यार्थि स्वतन्त्रता र प्रत्येक कुरामा पक्कै पारदर्शिता भित्रिएला। तर पढ्ने ठाऊँमा राजनिति नछोरोस​, कक्षामा राजनिति नहोस​, यो फलानो पार्टिको र यो फलानो पार्टिको भनेर रिसराग नरहोस​। अनि सम्पुर्ण बिध्यार्थि साथीहरु, यो मेरो साथी हो यसलाई जिताउनु पर्छ भन्दा पनि, उसको निति र भाविरणनिति हेरौँ, र त्यो भन्दा पहिले, उ यो निर्वाचनमा उठ्नु पुर्व​, उसले के त्यस्तो कार्य गरेको छ​, कलेजको निम्ति, कलेजलाई बेला बेलामा सल्लाह सुझाब दिएको छ कि, कलेज प्रमुख्, कोअर्डिनेटर सर हरु सङ्ग आफ्ना केहि राय हरु राखेको छ कि? खैर कलेजले बेवास्ता गरेकै भ​ए पनि यि कुराहरु नियाल्ने हो भने हामी जो निर्वाचनमा आफ्नो अमुल्य भोटहाल्न जादैछौँ, हामीले अवस्य पनि असल नेत्रित्वलाई चुन्न सक्छौँ। कलेजमा आएर छाति फुलाएर म यो पार्टी बाट यसरी उठ्दैछु मलाई भोट चाहियो भनेकै भरमा भोट दियौँ भने हामी भन्दा मुर्ख कोहि हुँदैन्।
हाम्रो निर्णय कथमकदाचित गलत ठहरिन पुज्ञ्ो भने पक्कै पनि हामी त कलेजबाट बाहिरिन्छौँ, हामी आफु त अबको २-४ बर्षमा कहिँ पुग्छौँ र पुगौँला तर यदि असक्षम नेत्रित्वको हातमा पुज्ञ्ो भने पक्कै पनि आज कलेजको रहेको मान मर्यादा र बिकास फेरि केहि बर्ष अगाडिनै नधकेलिएला भन्न सकिन्न​।
अनि निर्वाचनमा जुट्नु भ​एका बिभिन्न पार्टिगत साथीहरुलाई, प्रचारप्रसारमा गरिने भब्य खर्च भन्दा पनि आफ्नो द्रिढता, आत्म बिश्वास र सुद्रिढ निति नियम र खाकाका साथ अघि बढ्नु होला!
पार्टिगत हिसाबले नसोचौँ, नत्र कलेज पनि देशकै हालतमा पुग्नेछ​।
#शुभचिन्तक
#यात्री

Saturday, February 25, 2017

20170225 221422

आमा
आमा हिजो भर्खर जस्तो लाग्छ
तिमिले हातैले मुछेर
डुलाई डुलाइ बुबु माम खुवाएको,
आमा हिजो जस्तै लाग्छ
म बिरामी भ​एर
तिमीलाई रुवाएको,
"नभिज" भन्दा भन्दै
म बर्षाको पानिमा रुझ्न जो ग​एथें
म झोला बोकेर काठमाण्डौ शहर पस्ने गाडि चढ्दै गर्दा,
तिम्रा गहभरि आशुं टिल्बिल टिल्बिल देखेको थें,
र गाडि जब हुईंक्यो,
ति मोति दाना आखाका छेउ बाट
गाला चिउँडो हुदैं,
भुईंमा खसे अरे।
तिमी त्यसबखत अझै धेरै रोएकि थियौ॥
तिमी आफ्ना गाँस साँचेर छोरोलाई पढाउँछौ,
प्रत्येक दिन आफ्ना न्यास्रो पना दुर गर्न
दुरसञ्चारलाई भेटि
चढाउँदै लामो बात मार्छ्यौ।
आमा!
आज हेर त तिम्रो छोरोलाई फेरि
बिदेशको भिसा लागेको छ​,
हातमा हरियो पासपोर्ट र गलामा खादा
अनि तिमीले नै उनिदिएको सयपत्रिको मालामा
तिम्रो छोरो अझै ह्याण्ड्सम बनेर गुट्काउने सुट्केश
साईडमा अड्याउँदै छ।
हेर त आमा!
काठमाण्डौ मा यतिका बर्ष बसें,
तिमीबाट दुर​,
आजसम्म तिमीलाई केहि उपहार दिन सकिन​,
सिवाए तिमीलाई एकसरो मुस्कान
र मनमा आनन्द
जुन म बिदा म घर जाँदा तिमिले पाउँथ्यौ!!
मलाई थहा छ आमा तिम्रा हातगोडा
अब साँझ बिहान कट्कट खान थालेका छन्,
घरि टाउको दुखेर भाउन्न भ​एर आउँछ​,
आखाका ज्योति कमजोर हुन लागे।
त्यसैले त आमा, तिम्रो बुढेस्कालमा तिम्रो सहारा बनेर बस्न​,
तिम्रा समिपमा तिमीले खोजेको बुहारी सङ्ग,
तिम्रो मुहारमा मुस्कान थप्न
म यो भिसा लागेको हरियो पासपोर्ट
बोकेर सात समुन्द्र पारि जाँदैछु आमा!
मलाई हाँसेर बिदा दिनु है,
फेरि त्यो गहको आशु लुकाईदिनु ल आमा!
नत्र म कसोरि पो तिमीलाई बुढेस्कालमा सुखले राख्न सकुँला!


#यात्री

Thursday, February 23, 2017

कयौं रात कोल्टे फेर्दै बिताएको छु,
कयौं दिन चोट हेर्दै बिताएको छु।
कयौं सांझ बिहान यस्तो आए,
 आँशुका शब्द केर्दै बिताएको छु।
#यात्री

Sunday, February 12, 2017

चहियो! चहियो!! चहियो!!!
सारा सन्सार भुलाएर चोखो माया लाउनि चाहियो।
है नि मलाइ माया गर्ने एउटि राम्रि बाउनि चाहियो।
भन्छौ भने प्रिय यदि सबै काम मै गरौला,
तै पनि कहिलेकहि चुलो-चौको,गर्न आउनि चाहियो।
धर्ममा भन्दा कर्ममा बिस्वास राख्छु मैले तर,
हाम्रो निम्ति खुसि मागि मठ्मन्दिर धाउनि चाहियो।
सधै सहि हुन्न होला म तर नि जिद्दि गर्न सक्छु,
मिठो बोलि बोलेर मलाइ मायाले सम्झाउनि चाहियो।
#यात्री
अहिले सम्म नझुकेको शिर अब झुकाउनु हुन्न,
लगाउनु पर्छ तिर, निशाना अब चुकाउनु हुन्न।
,
रामको भक्त भनि रावणको रुप देखाउने भारत।
कुलङ्गार पर्यो छिमेकि, चित्त अब दुखाउनु हुन्न।
,
धैर्यताको खाचों देख्छु नेपालीमा,डिजल पेट्रोल भन्दा,
गल्ती नभई स्वाभामानि शिर अब झुकाउनु हुन्न।
,
दुख-सुखमा आत्मसाथ अनि हातेमालो गर्नु पर्छ,
बिदेसिको निम्ति एकअर्काको साथ अब टुटाउनु हुन्न।
#यात्री

Sunday, February 5, 2017

तोडिएको दिल फेरि जोडिएला त​?
जोडियो भने फेरि साथ नछोडिएला त​?
दोबाटो अल्मलिएको एक बटुवा सरि,
आफ्नो गन्तब्य प्रेमसङ्गै मोडिएला त​?
मायाका खेतबारीमा पलाए लुँडे र सिस्नु,
माया फुलाउने आशमा खेतबारी गोडिएला त​?
मायाका खेतबारी गोड्दा जब गगन बर्षन्छ,
ओत लाग्नै दुबै शरीर एउटै घुम ओडिएला त​?
दुखसुखमा भेटेको साथ अमुल्य हुन्छ साथी,
मुटुले गाँसेको सम्बन्ध यसै चुँडिएला त​??
#यात्री

Saturday, January 21, 2017

अरे यार छोडिदेउ यो मेडियाका कुरा
च्याउ सरि बर्बर्ति उम्रिएका मेडियाका कुरा,
अनलाईन पोर्टल​,
अनलाईन च्यानेल अनि
अन्लाईन समाचार सम्प्रेषण गर्ने 
ति सम्पुर्ण मेडियाहरु!!!
यहाँ के भईरहेको छ 
बुझ्न गारो छ​
रहस्य नबुझि कसैमाथि 
औलाँ उठाउने,
केहि दुखद घटनालाई
अवसर बनाएर, आफ्नो
बिना सत्यको
बिना तथ्यको 
अफवाह र हल्लाहरु,
चियापसल मै भ​एका आपसि सल्लाह हरु
बिना कुनै तुक छापिदिने मेडियाका कुरा ।
सायद मेडियाको अर्थ मैले नबुझेको हो कि?
कसैले मलाई भनिदिनु पर्यो 
यो च्याउ सरि उम्रिएका १०००औँ
का न्युज च्यानेल​, 
अनलाईन पोर्टल र कसैको वेबसाईट 
कुन चहि सहि छ​???
सस्तो लोक्प्रियता कमाउनै कै निम्ति
अस्लिल फोटाहरु देखाउने,
हुँदै नभेको कुराहरुलाई हेडलाईन बनाउने
र ऐरे गैरे जस्को कुरा पनि बिना रिसर्चको
छापिदिने प्रब्रितिले
नेपालि मेडियालाई कहाँ सम्म पुर्याउलान​!
प्रत्येक मानिस फेसबुक र बिभिन्न सोसिएल साईटमा
सधैँ अपडेट भैरहन्छन 
तर समाचार मा कसैले बिस्वास रख्दैनन्।
युट्युब देखि फेसबुक अनि धेरै वेबसाइटमा
सत्यतथ्य समाचार सम्प्रेष्ण हुने आशै राख्दैनन्।
यो कस्को गल्ति, 
सरकारको ?
अरु मेडियाको कि 
त्यहि मेडियाको जो अफवाहको पछि दौडिंदै छ​।
जनतालाई सुसुचित गर​,
भबितब्य घटनाका बरेमा सचेत गर​।
बस आफ्नो दायरा
आफ्नो परिधि र​
आफ्नो जिम्मेवारि सधैं 
तिमि आफुमा बोध होस्।
अरुको घटनाको फाईदा न ऊठाउ
सक्छौ
तिमि पनि सत्य खोज सक्दैनौ,,,,,
छोडिदेउ त्यो काम अरु कोहि जस्ले केहि
सत्य पत्त लगाउन सक्छ र​
बास्तब मै मेडियाको भुमिका निभाउन सक्छ​
उसैलाइ त्यस काम को लागि!!! 
#यात्री
आज लग्भग एकहप्ता पछि, मेरा घर अगाडि बाटो तिर बस्ने दुइ कुकुरहरुका निम्ति भनेर रहेको केहि भात अनि
पुन्टेको निम्ति ल्याएको मासु मुछेर एउटा झोलामा हालेँ, र बाहिर ग​एँ॥।
साझमा गेटको आवाज सुन्ने बित्तिकै ति दुइ जहाँ भ​ए पनि आईपुग्थे आज आएनन्।
"तल पसले दाईले भने, कुकुरहरु खोजेको भाई"?
मैले भने, " उम्म अलिकति खाना रहेको थ्यो त्यहि दिउँ कि भनेर​"।
अस्ति अस्ति आफु नजाँदा भाईलाई पठाउँथे अलिकति रहेको खाना लिएर​।
,
तर ति डेरिको दाइले भने "एउटालाइ त अस्ति गाडिले हानेर मारिहाल्यो"॥॥
मलाई साह्रै नरमाईलो लाज्ञ्ो
म जहिल्यै घर बाट निस्कदा ति दुबै सङ्ग्सङ्गै आईपुग्थे। पसलमा भ​ए पसल सम्म अनि एक पुरिया बिस्कुट किनेर बाँडिदिन्थे ति दुइलाई
र कहिं बाहिर जान लगेको थिएं भने बाटोपल्तिर सम्म आउथे।
आज भोलि केहि दिन नभ्याको अनि सायद अरु नै केहि मा ब्यस्त भ​एकोले होला तिनिहरुको खासै याद नि आएको थिएन​। हिजो बिस्कुट दिँदा पनि एउटै थियो, कहिँकतै गको होला, भने जस्तो लज्ञ्ो। तर आज दाईले त्यसो भन्दा खङ्ग्रङ्गै भए।
तपाईंलाई जनावरहरु असाध्यै मन पर्छन भने उनिहरुलाई हजारौँ हालेर किनेर घरमा ल्याएर मत्रै केहि हुँदैन। बरु त्यसरि किनेर ल्याएर पाल्नु भन्दा, तपाईंको घरमा बढि भ​एका थोरै खाना जुन हामी निसन्कोच डस्टबिनमा हाल्छौं, हो तिनलाई बरु आफ्ना टोलमा रहेका बाटाको कुकुरलाई दिनु भयो भने केहि आशिस अवश्य पाउनु हुनेछ​। आशिस भन्दा कैयौँ गुना ठुलो आत्मसन्तुस्टि पाउनुहुनेछ तपाईलेँ।
तर यदि ति जनावरको माया लाग्दैन भने पनि कुट्ने पिट्ने र यातना दिने काम बन्द गर्नुहोस्॥॥
#यात्री

Friday, January 20, 2017

गुनासाका पोकाहरु थपिँदैछन दिन बदिन​,,,,,,,
अनि लाग्छ​,
कुनै मोड छैन​,
कुनै दिन छैन
कोहि मन्छे छैनन्
मेरा गुनासा बिनाका
दिनदिनै जब एउटै गुनासोका असङ्ख्य थैलाहरु भरिन्छन्
दिक्क लाग्छ​,
मन अझै भारि हुन्छ
फिक्का लाग्छ
यो समय
यो परिबेश्
अनि आफ्नै जिन्दगि पनि मानौँ
रङ्ग बिहिन #ब्ल्याक एन व्हाईट भ​एको छ
यो सारा सन्सार नै।
हो
मलाई याद छ​
मेरि आमा सङ्ग पनि गुनासो थियो मेरो,
किन म आफैंले गालि खान्थें
र एकदुई सिम्कना भेट्थेँ?
जब छिमेकि मेरा सथिहरुले
मलाई जिस्क्याँउदै झगडा गर्न आउँथे,
र म आमालाई कुरा लगाऊथेँ।
आज मैले बुझेको छु,
त्यहि सिम्कना र त्यहि गालिले,
आज मलाई झगडाबाट टाढा रखेको हुनु पर्छ​।
हो त्यस्तै आशमा छु म आज भोलि पनि,
अहिलेका बिभिन्न मान्छेहरुसङका गुनासाहरु पनि
कुनै समयमा मर्गदर्शक बनेर बाटो पहिल्याउन मद्दत गर्ने
अनि प्रेरणा दिने,
आशमा
तर
यहाँ जसले गुनासो गर्ने ठाँउ छोड्छन्
आमाको जस्तो कहाँ हुन्छ र तिनका मन​!!!
#यात्री